
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३ कात्तिक । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश…
झापा, ३ कात्तिक । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ८५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ६६ पैसा कायम गरिएको छ…
झापा, ३ कात्तिक । राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार नेपाल र भुटानले गोलरहित बराबरी खेल्दै एक–एक अङ्क बाँडेका हुन् । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलोपटक भुटानसँग गोलरहित बराबरीमा रोकिन पुगेको हो । खेलको अधिकांश समय बल नियन्त्रणमा राखे पनि नेपालले गोल गर्न भने सकेन् । समूह ‘बी’अन्तर्गत शुक्रबार नै भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १–० गोलअन्तरले हराएको थियो । यस नतिजासँगै समूह ‘बी’बाट श्रीलङ्का तीन अङ्कका साथ शीर्ष स्थानमा छ । नेपाल र भुटान एक एक अङ्कका साथ दोस्रो स्थानमा छन् ।
राजविराज, ३ कात्तिक । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको पाँचौ दिन शुक्रबार मधेश प्रदेशअन्तर्गत सप्तरीबाट १३ जनाको उद्धार भएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शुक्रबार राजविराज नगरपालिका वडा–७ बाट ४ जना, वडा–६ बाट ३ जना र वडा–१ बाट १ गरी ८ जना र त्यस्तै सप्तकोशी नगरपालिका–१ बाट ५ जनाको उद्धार गरिएको छ । उद्धार हुनुभएका ११ जना पुरुष र २ जना महिलालाई मानवसेवा आश्रम सर्लाही सेवाकेन्द्रमा गृह प्रवेशका लागि लगिएको छ । उद्धार टोली शनिबार लहान र…
झापा, २ कात्तिक । आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने अमेरिका जाने भएका छन् । उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि त्यसतर्फ जान लागेका उनलाई अमेरिकाले भिसा दिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । क्यानका अनुसार लामिछाने आज बेलुका नै अमेरिका प्रस्थान गर्नेछन् । यसअघि अमेरिकामा नै भएको आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि अमेरिकाले लामिछानेलाई भिसा दिन अस्वीकार गरेको थियो । आइसिसी विश्वकप क्रिकेट लिग–दुईको त्रिकोणात्मक शृङ्खला यही कात्तिक ९ देखि १९ गतेसम्म अमेरिकामा आयोजना हुँदैछ । शृङ्खलामा अमेरिका, नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।…
झापा, २ कात्तिक । नेपालले पहिलो टि–२० मा अमेरिकालाई पराजित गरेको छ । डालसस्थित ग्राण्डप्रेरी रङ्गशालामा भएको खेलमा नेपाल १७ रनले विजयी भएको हो । एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४७ रनमा समेटिएको थियो । अमेरिकाका लागि शायन जहानगिरले सर्वाधिक ६० रनको योगदान दिए । उनले ३४ बलमा छ चौका र दई छक्काको सहायाताले ६० रन बनाएका हुन् । आन्द्रेस गौसले ३० रन बनाए भने मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । कप्तान मोनाङ्क पटेल र आरोन जोन्स तीन–तीन र सैतेजा मुक्कामल्ला दुई रनमा आउट भएका थिए…
झापा, २ कात्तिक । बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापाले कात्तिक २ र ३ गते ५ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी कार्यक्रम गरिने बताउनुभयो । उहाँले सात सय ५३ स्थानीय तहमा यस्को व्यवस्था रहेको जनाउँदै पायक पर्ने स्थान विद्यालय, वडा कार्यालयमा स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको बताउनुभयो । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत हरेक वर्ष ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाइने गरिएको छ । उहाँले भन्नुभयो,“बालबालिकाको सर्वाङ्गीण विकासको लागि…
झापा, २ कात्तिक । झापा, सुनसरी, भोजपुर र धनकुटाबाट लागुऔषध ब्राउनसुगरसहित १० जनालाई प्रहरीले नियन्त्रणमा ल्एिको छ । कात्तिक १ गते दिउँसो सुनसरीको कोशी गाउँपालिका–१ स्थितमा इलाका प्रहरी कार्यालय लौकही र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले ५ ग्राम ९२० मिलिग्राम ब्राउनसुगरसहित बेचबिखनमा संलग्न सप्तरी राजवीराजका १९ बर्षीय रोहितकुमार मण्डल, इटहरीका ३६ वर्षीय अग्रदीप चौधरी र ३० वर्षीय नरेश चौधरीलाई पक्राउ गरेको छ । त्यसैगरी, प्रहरी चौकी हिले धनकुटाले धनकुटा नगरपालिका–१ बाट पैदल यात्री स्थानीय २५ वर्षीय फुर्वा तामाङ, २७ वर्षीय छितेन तामाङ, २७ वर्षीय सोनाम तामाङ र महालक्ष्मी नगरपालिका–९ का २८ वर्षीय मनोज भण्डारीलाई १८ ग्राम ५०० मिलिग्राम…
बनियानी, २ कात्तिक । झापामा दुई भिन्न घटनामा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । बिहीबार राति गाडी (छोटा हात्ती) को ठक्करबाट बिर्तामोडमा एक पैदल यात्री पुरुष र फलामको गेटले किचेर अर्जुनधारामा एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । अर्जुनधारा–६ स्थित मामाघर रिषी अग्रवालको घरमा पाहुना आएर फलामको गेटमा खेल्ने क्रममा उक्त गेट पल्टिएर किच्दा दुई वर्षीय बालक शिवयम मस्कराको मृत्यु भएको हो । बिहीबार राति गेटले किचेर गम्भीर घाइते भएका उनको आज बिहान उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैबीच,…
झापा, २ कात्तिक । मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१ अन्तरगत कोशी प्रदेशमा ४४ जनाको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा शुरु उद्धार यात्रामा कोशी प्रदेशबाट ३५ पुरुष र नौ महिला गरी ४४ जनाको उद्धार गरिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । उद्धार यात्राका क्रममा बिहीबार उदयपुर जिल्लाका विभिन्न स्थानबाट १६ जनाको उद्धार गरिएको उहाँले बताउनुभयो । उद्धार हुनुभएका आठ जना पुरुष र आठ जना महिलालाई बिहीबार नै मानव सेवा आश्रमको विराटनगर शाखामा लगिएको छ । असोज २८ गतेदेखि शुरु भएको उद्धार…