झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २३ कात्तिक । चितवनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । नारायणगढ मुग्लिन सडक खण्डको १७ किलो भन्ने स्थानमा आज बिहान ३ बजेतिर माइक्रोबस र बस ठोक्किएको थियो । मुग्लिङबाट नारायणगढ जाँदै गरेको बाप्र ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक माइक्रोबस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख २८१२ नम्बरको बस ठोक्किएको थियो । माइक्रोका चालक अन्दाजी ४० वर्षीय पुरूष, उक्त गाडीमा सवार गोरखा आरूघाट गाउँपालिका–१ मान्बु बस्ने ४० वर्षीय राजबहादुर गुरूङ, अन्दाजी ४० वर्षीया महिला, ३२ वर्षीया पुरूष र ३५ वर्षीय पुरूषको मृत्यु भएको छ।

Read More

झापा, २३ कात्तिक । झापाको बिर्तामोड नगरपालिकामा बिहीबार राति आगलागी हुँदा रू १० लाख बराबरको क्षति भएको छ । बिर्तामोड–८ प्याकुरेल चोकका शिवलाल गौतमको भान्सा कोठामा अचानक आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो । आगलागीबाट भान्सा पूर्ण रुपमा जलेर नष्ट भएको छ भने एक वटा वटा स्कुटर समेत जलेको छ । आगलागीबाट घरको दक्षिणतर्फको बरण्डाको भाग समेत जलेर क्षति पुगेको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा सोही स्थानका मोहन तिमल्सिनाको हात, खुट्टा, गाला र ढाडमा सामान्य पिल्सिएको छ । स्थानीय मेडिकलमा सामान्य उपचारपछि उहाँलाई डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको…

Read More

झापा, २३ कात्तिक । बिहीबार एकैदिन नेपाली बजारमा छाप भएको सुनको भाउ प्रतितोला ४ हजार रुपैयाँले घटेको छ । बिहीबार सुन प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । बुधवार सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भए लगतै अमेरिकी बजारमा डलरको भाउ बढ्दा सुनको भाउ घटन गएका कारण नेपाली बजारमा पनि सुनको भाउ घटेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एकैदिन ३।२ प्रतिशत हाराहारीमा घटेको छ । बुधबार सुरुवाती कारोबारमा प्रतिऔंस २७४५ अमेरिकी डलर रहेको सुन बिहीबार सुरुवाती समयमा २६५७ सम्म झरेको थियो ।…

Read More

तनहुँ, २३ कात्तिक । भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरेका छन् । श्रेष्ठले बिहीबार ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् । बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले बताए । हत्या अभियुक्त श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएको प्रनाउ थापाले बताए। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । घरायसी झगडाका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Read More

भद्रपुर, २२ कात्तिक । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचीपुलबाट लागुऔषधसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान मेची प्रहरी बिटबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ९२६६ नम्बरको स्कुटर र स्कुटर चालक भद्रपुर–९ का २८ वर्षीय एसिया लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले चेकजाचँ गर्ने क्रममा लिम्बुले प्लाष्टिकमा पोको पारी ढाँडमा राखी लुकाई छिपाई ल्याउँदै गरेको ब्राउनसुगर प्लाष्टिकसहित ७ ग्राम २७ मिलिग्राम, प्लाष्टिक बाहेक ५ ग्राम ११ मिलिग्राम फेला परेको छ ।

Read More

झापा, २२ कात्तिक । दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज साँझ ७ः५६ बजे दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि कात्तिक १० गते राति दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Read More

झापा, २० कात्तिक । झापाको बिरिङ खोलामा भव्यताका साथ छठ पर्व मनाइँदै छ । श्रद्धालु भक्तजनहरुले बेलुकाको अघ्र्य दिएका छन् । श्री छठ समाज सेवा समिति बिर्तामोडको आयोजनामा यहाँ छठ पर्व भइरहेको हो । आज खोलामा आयोजित औपचारिक कार्यक्रमममा प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी तथा ऊर्जा मन्त्री एकराज कार्कीले पछिल्लो समय छठ पर्व समावेशी हुँदै गएको बताउनुभयो । उहाँले चाडको विशेषताका बारेमा चर्चा गर्नुभएको थियो । श्री छठ समाज सेवा समिति बिर्तामोडका अध्यक्ष रामेश्वर द्विवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला र बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मेघराज बाँस्तोलाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।…

Read More

कनकाई, २२ कात्तिक । झापाको कनकाई नगरपालिका–९ स्थित घैलाडुब्बामा समावेशी रुपमा छठ पर्व मनाइँदैछ । बिरिङ खोलाको किनारमा यहाँका स्थानीयबासीले समावेशी रुपमा छठ पर्व मनाइरहेका हुन् । २०४५ सालदेखि नै यहाँ छठ पर्व गरिँदै आए पनि पछिल्लो समय सबै जातजाति मिलेर समावेशी रुपमा छठ पर्व मनाउँदै आएको श्री छठ पूजा समिति कनकाई–९ घैलाडुब्बाका अध्यक्ष राजेश शाहले बताउनुभयो । “मधेशी–पहाडी दुवै समुदायका मानिसले छठ गर्दै आएका छौं”, उहाँले भन्नुभयो, “आस्था हुने जोकोहीले छठ पर्व गर्न सक्छन् ।”पहिला मधेशी समुदायले छठ पर्व गरे पनि अहिले अन्य समुदायका मानिसले समेत छठ पर्व गर्न थालेको बताउँदै कनकाई–९ घैलाडुब्बाका भूमि पराजुलीले भन्नुभयो, “हामी पनि गर्दैछौं…

Read More

मोरङ, २२ कात्तिक । मोरङको रंगेली नगरपालिका–८ निचामारी स्थितमा पर्खालले किचेर नाबालिकाको मृत्यु भएको छ । कात्तिक २१ गते साँझ साढे ५ बजे कसरलाल ताजपुरियाको २ बर्षीया छोरी शोभा ताजपुरियालाई आफ्नै घरमा ईटाले बनेको मन्दिरको पर्खाल अचानक झरेर किच्दा घाइते भएकी उनलाई उपचारको लागि रंगेली अस्पताल मोरङ पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट कानूनी कारबाही भइरहेको छ ।

Read More

द्रोण अधिकारीभद्रपुर, २२ कात्तिक । कोशी प्रदेशको सर्वाधिक जनसहभागिता रहने छठ पूजा स्थलको पहिचान बनाएको भद्रपुर स्थित मेची नदीमा नेपाल तथा भारततिरबाट वारिपारि भव्य रूपमा छठ पूजा गरिएको छ । तराइबासीको महत्वपूर्ण पर्व मानिए पनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी मारवाडी, बंगाली लगायत अधिकाम्स जात जातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी रूपमा छठ पूजामा अस्ताउँदो सूर्यलाई अर्घ दिएर भव्य स्वरूपमा पूजा गरिएकोे हो । नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने झापाको सदरमुकाम भद्रपुर स्थित मेची नदीमा मनाउदै आएको छठ पर्वमा एक हजार बढी पूजा स्थल निर्माण गरी ३ किलो मिटर क्षेत्रमा नदीको वारिपारी दुवै पट्टिबाट हिमाल, पहाड र तराइका बासिन्दाले सहभागी भएर…

Read More