
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २८ भदौ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियालको भाउ वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदरअनुसार शुक्रबार डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२…
बिर्तामोड, २८ मंसिर । भोलिदेखि सुरु हुने झापा कपको उद्घाटन खेलमा काठमाडौँको त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, काठमाडौँको एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी हुने भएका छन् । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौँ जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, रुपन्देहीको गोर्खा ब्वाईज स्पोर्ट्स क्लब र झापा ११ सहभागी हुने भएका छन् । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताका लागि १० हजारजना दर्शक क्षमताको प्यारापिट निर्माण, खेलमैदान…
झापा, २८ भदौ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। आज देशभरको मौसम आंशिक बदली छ। तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा अहिले हुस्सुका साथै केही स्थानमा कुहिरो लागिरहेको छ। आज दिउँसो र राति पनि देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। आइतबार दिउँसो र राति देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। आज बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा हुस्सुका साथै केही स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिकरआंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले…
बनियानी, २८ मंसिर । झापाको कमल गाउँपालिका–३ बाट अमेरिकी डलरसहित एक जनालाई प्रहरीले हिजो दिउँसो पक्राउ गरेको छ । पूर्वपश्चिम लोकमार्ग अन्तरगत कमल–३ स्थित केर्खाबाट गौरादह नगरपालिका–५ का २५ वर्षीय मोहम्मद नौसाद मियालाई अमेरिकी डलरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । त्यहाँस्थित पूर्व–पश्चिम लोकमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५३० नम्बरको यात्रुबाहक बसमा सवार मियाले बोकेको कालो झोला चेकजाँच गर्दा स्रोत नखुलेको अमेरिकी डलर एक सय दरका २९७ थान फेला परेको उहाँले बताउनुभयो । आजको नेपाली दररेट अनुरसार उक्त डलरको नेपाली रू ४० लाख…
भद्रपुर, २७ मंसिर । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको अगुवाइमा भद्रपुर १० चन्द्रगढ स्थित देउनिया खोलामा दाहसंस्कार स्थल (मोक्षघाट) निर्माणका लागि श्रोत सुनिश्चित गर्दै निर्माण समिति गठन गरिएको छ । मोक्षघाटका लागि पहिलो चरणमा वन समितिले ३३ लाख, वडा नम्वर ९ ले दुई लाख, १० नम्वर वडाले एकलाख पचास हजार जेष्ठ नागरिक समितिबाट ४ लाख ८५ हजार, देउसीबाट संकलित ३२ हजार तथा अन्यदाताबाट सहयोग जुटाई ४० लाखको श्रोत सुनिश्चित गर्दै निर्माण समिति गठन गरेको हो । निर्माण समितिको अध्यक्षमा दुर्गाप्रसाद भट्टराई, उपाध्यक्ष गोकुलप्रसाद ढकाल, सचिव पार्वती मल्ल र कोषध्यक्ष अनुज खतिवडा चयन भएका छन् भने सदस्यहरूमा क्रमशः भद्रपुर ९ का…
झापा, २७ मंसिर । झापाको बिर्तामोडस्थित शमशेर एण्ड गंगादेवी टिस्टेटको कम्पाउण्ड नजिकै बिस्फोट भएको अवस्थामा फेला परेको प्रेसर कुकर बम राखेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा पालङटार नगरपालिका–७ घर भई हाल तनँहु ब्यास नगरपालिका–१४ मा बस्दै आएका ३६ वर्षीय अमृत सापकोटा (उपनाम गौरव) र खोटाङ खोटेहाङ गाँउपालिका–७ कातिके टोलका ३५ वर्षीय ्दिलिप भट्टराई (उपनाम समर्पण भट्टराई) लाई पक्राउ गरेको हो । गत भदौ २८ गते बिर्तामोड–६ स्थित शमशेर एण्ड गंगादेवी टिस्टेटको कम्पाउण्ड नजिकै बिस्फोट भएको अवस्थामा फेला परेको प्रेसर कुकर बम बरामद भएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा मंसिर २५ गते…
बिर्तामोड, २७ मंसिर । बिर्तामोड झापा कप–२०८१ को तयारी पूरा भएसँगै खेल तालिका सार्वजनिक गरिएको छ । झापा–११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताको आज डोमालाल राजबंशी रंगशालामा खेल तालिका सर्वजनिक गरेको हो । मंसिर २९ गतेदेखि हुन लागेको ‘झापा कप–२०८१’ प्रतियोगिताका लागि सहभागी टिमको खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगिताका संयोजक केशवराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा झापा ११ फुटवल क्लवका अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्य रहेको थियो भने झापा गोल्डकप अध्यक्ष अध्यक्ष बिनोद बस्नेत, झापा कप २०८१ का सल्लाहकार सन्तोष थोप्रा, खेलकूद पत्रकार मञ्च झापाका अध्यक्ष इन्द्रजीत मुखियालगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव चेतामणि खनालले गरेका…
-: नकुल काजी :-दाेस्राे जनआन्दाेलनकाे मूल र लगभग ‘कुल’ सफलता त केवल २३९ वर्षदखि देशवासीका मन-मस्तिष्कमा वंशानुगत रूपमा ‘देवत्व’-काे अनुभूति प्रत्याभूत गराउँदै आएकाे शाहवंशीय राजतन्त्रकाे ‘ठाउँ खाली’ मात्र गरेकाे रहेछ । र, तदाेपरान्त त्यस खाली ठाउँमा देश-शासनकाे ताला-चाबी तीनवटा दलकाे आलाेपालाे ‘एकाधिपत्य हैकम’-ले भर्ने काम हुँदै आएकाे क्रममा गणतन्त्राेत्तर त ‘देश’-रूपी बालीमा उनीहरूकै अङ्कुशहीन उफ्रीपाफ्री-बाँकट्टे र राइँदाइँ नै सदावहार बनेकाे छ । यसैलाई अझै पनि अघाेषितरूपमा ‘निमुखा प्रजा’-कै दर्जाम रहेका ‘नेपाली’-ले प्रजातान्त्रिक युगाभ्यास मान्नु परिरहेकाे छ । उस समय राजकुलवंशीय शासन थियाे र त्यसले एकाधिकार देश भाेगेकाे थियाेे भने अहिले आँखीभाै समेत फुलिसकेका ‘तीन टाउके’-काे ‘जहानियाँ’ शासन बहाल हुँदै आएकाे…
जाजरकोट, २७ मंसिर । जाजरकोटको नलगाड नगरपालिकामा बोलेरो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । कालीमाटीबाट करुवा जाँदै गरेको ग ३ च ९४४५ नम्बरको बोलेरो नलगाड नगरपालिकाको बिरखोलामा हिजो राति दुर्घटना भएको हो । दुर्घटनामा नलगाड नगरपालिका–३ का ३२ वर्षीय चालक द्वन्द्रजित थापा, ६५ वर्षीय शिला पुन, ३३ वर्षीय सारदा थापा, १८वबर्षीय लक्ष्मी पुन रोका र उनकी नाबालक छोरा आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार घाइते मध्य एक जनाको उपचार भइरहेको र एक जनालाई डिस्चार्ज गरिएको छ ।
भद्रपुर, २७ मंसिर । उच्च अदालत विराटनगर, इलाम इजलासमा झापा जिल्लाबाट नै बहस पैरवी हुँदै आएकोमा बुधबारद्ेखि इन्टरनेटको थप क्षमता बृद्धि गरिएको छ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतबाट अनलाइन (श्रब्यदृष्य) बहसको प्रभावकारिता बृद्धिका लागि निर्देशन भए बमोजिम इन्टरनेट क्षमता बिस्तार भएको हो । जिल्ला अदालत झापाले गरेका फैसला उपर चित्त नबुझेर उच्च अदालत विराटनगर इलाम इजलासमा पुनरावेदन गरेका मुद्दा र निवेदनमा बहस पैरवी गर्न झापा जिल्ला अदालतमा भिडियो कन्फरेन्स सेट जडान गरी जुम एप्स मार्फत भिडियो कनफरेन्सबाट बहस हुँदै आएको भए पनि इन्टरनेटको कमजोर क्षमताका कारण अनलाइन बहसको समयमा आवाज अड्किने रोकिने समस्या आउने गरेको थियो ।…