झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३ मंसिर । प्रादेशिक चिया समन्वय समितिले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई आज चिया क्षेत्रका समस्या समाधानका लागि ऐन बनाउन सहयोगको अपेक्षासहित ध्यानाकर्षण पत्र बुझाएको छ । समितिले चिया ऐन निर्माण, विनियोजित बजेट कार्यान्वयनलगायत विषयमा झापाका चिया सरोकारवालाले सभामुख घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । चिया समन्वय समितिका संयोजक आदित्य पराजुलीसहितको टोलीले उहाँको निजी निवासमा भेटघाट गरी पत्र बुझाएको हो । नेपालमा चिया रोपण भएको एक सय ६१ वर्ष पुग्दा चिया ऐन निर्माण नभएकोबारे सभामुख घिमिरेलाई अवगत गराएका थिए । उनीहरूले रु चार अर्ब विदेशी मुद्रासहित वार्षिक रु ११ अर्बको आर्थिक कारोबार हुने चिया क्षेत्र ऐन कानुनको अभावमा व्यवस्थित गर्न…

Read More

झापा, ३ मंसिर । झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट लागुऔषध खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट सिटिसफारीमा नेपाल तर्फ आउदैं गरेको पाँचथर फालेलुङ गाउँपालिका–६ घर भई हाल इलाम सूर्योदय नगरपालिका–८ फिक्कल श्रीअन्तु रोडमा बस्दै आएका २४ वर्षीय बसन्त राई खैरो हेरोइनसहित पक्राउ गरेको हो । उनीमाथि शंका लागेर चेकजाँच गर्दा प्लाष्टिकमा पोको पारी मलद्वारमा राखी लुकाई छिपाई ल्याउँदै गरेको खैरो हेरोइन प्लाष्टिकबाहेक ८ ग्राम फेला परेकोले उक्त लागुऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखि थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको…

Read More

झापा, ३ मंसिर । झापाको बिर्तामोडमा नेपाल एभरेष्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रालि सञ्चालनमा सञ्चालनमा आएको छ । स्वदेशी कृषिजन्य उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्यले बिर्तामोड–४ मा नेपाल एभरेष्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रालि सञ्चालनमा आएको हो । आज एक कार्यक्रमका बीच कोशी प्रदेशका कृष तथा सहकारी मन्त्री खेनगसिंह हाङ्गामले उक्त उद्योगको उद्घाटन गर्नुभयो । उद्योग उद्घाटन गर्दै मन्त्री हाङ्गामले प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो । नगदेबाली र कालो सुनको उपनामले चिनिने अलैंचीको कारोबारमा देखिने समस्या समाधानका लागि पहल गर्ने उहाँले बताउनुभयो । आफू अलैंची कृषक समेत रहेको बताउँदै उहाँले सरकारले स्पष्ट नीति नबनाउँदा समस्या दोहोरिरहेको उहाँले उल्लेख गर्नुभयो…

Read More

झापा, ३ कात्तिक । पूर्वी नाका काँकडभिट्टाबाट चन्द्रगढी विमानस्थल जाने धुलाबारी–भद्रपुर सडक हडिया पुलमा भ्वाङ परेका कारण अवरुद्ध भएको छ । भद्रपुर र मेचीनगर नगरपालिकाको सिमानामा रहेको हडिया नदीको पक्की पुलको पश्चिम भागमा विगत एक वर्षअघि भ्वाङ परेको थियो । मर्मतसम्भार नगरिँदा भ्वाङ बढेर अहिले पुलबाट चार चक्के सवारी साधनको आवतजावत अवरुद्ध भएको हो । भ्वाङ बढेर पुलबाट गाडी वारपार गर्न नसकिने अवस्था सिर्जना भएका कारण बस र सानो आकारका गाडीले सेवा बन्द गरेको मेचीनगर–१५ निवासी हिरण्य न्यौपानेले बताए । धुलाबारीबाट ज्यामिरगढी हुँदै भद्रपुर जाने टेम्पो, म्याजिक भ्यान लगायतका सवारी साधनले उत्तरी झापाका सर्वसाधारणलाई भद्रपुरस्थित प्रादेशिक अस्पताल, मेची बहुमुखी क्याम्पस,…

Read More

बिर्तामोड, ३ मंसिर । झापा ११ फुटबल क्लबले स्थापनापछि दोस्रोपटक ठुलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले यसअघि २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो । क्लबको आयोजनामा यही मंसिर २९ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता हुने भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । प्रतियोगिता सञ्चालन समितिका संयोजक केशवराज दाहालका अनुसार प्रतियोगितामा मोफसलका चर्चित टिम र भारतका दुई वा तीन टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेता टिमले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । फाइनल खेल पुस…

Read More

झापा, ३ मंसिर । स्थानीय तह उपनिर्वाचनअन्तर्गत सोमबार उम्मेदवारको विरोधमा उजुरी दिन सकिने भएको छ । निर्वाचन आयोगका अनुसार विहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ भने मङ्सिर ४ गते अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ । यस्तै मङ्सिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगको भनाइ छ । यही मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा…

Read More

झापा, ३ मंसिर । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार कोशी प्रदेशका सबै स्थानमा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ । कोशी प्रदेशका विभिन्न सात जिल्लाका नौ वटा पदका लागि ७७ जनाले उम्मेदवारी दिएका हुन् । ओखलढुङ्गा जिल्ला समन्वय समितिको सभापतिमा भने एकल उम्मेदवारी परेको छ । उक्त जिल्लामा जिल्ला समन्वय समितिको सभापतिका लागि नेपाली कांग्रेसबाट टेकराज भट्टराईको मात्रै उम्मेदवारी परेको हो । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दलका तर्फबाट १५ र एक जना स्वतन्त्र छन् । नेपाली काँग्रेसका बलराम सरदार थारु, नेकपा एमालेका तर्फबाट तुलसीराम विश्वास, नेकपा माओवादी केन्द्रबाट…

Read More

झापा, ३ मंसिर । झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीबाट प्रहरीले ठूलो परिमाणमा अवैध रक्सी बरामद गरेको छ । आइतबार राति मेचीनगर नगरपालिका–१० धुलाबारी चोकबाट इलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरी टोलीले विभिन्न सवारी साधन चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलेर लुकाई छिपाई नेपालतर्फ ल्याउँदै गरेको ३३७ पिस वल्ड मर्क बरामद गरेको हो । प्रतिबोतल २५४ रुपैयाँका दरले करिब १ लाख ३६ हजार ९५६ बराबरको रक्सी नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, ३ मंसिर । देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजश्व सङ्कलनको प्रवृत्तिले देखाएको छ । असोज महिनाको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा गिरावट आएको हो । असोजमा रु तीन अर्ब आठ करोड १२ लाख ४१ हजार चार सय ८१ बराबरको राजश्व सङ्कलन भएको थियो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चाड पर्वलगायतका कारणले गत असोजको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा कमी आएको हो । विभागका अनुसार, काठमाडौँ उपत्यकाभित्रका नौ वटा मालपोत कार्यालयहरुमध्ये…

Read More

झापा, ३ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन भएको छ । विवरणअनुसार, अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ । यूरोपियन यूरो एकको खरिददर एक सय ४२ रुपैयाँ चार पैसा, बिक्री दर एक सय ४२ रुपैयाँ ६७ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिद दर एक सय ७० रुपैयाँ चार पैसा र बिक्री दर एक सय ७० रुपैयाँ ८० पैसा निर्धारण भएको छ । केन्द्रीय बैंकले स्वीस…

Read More