झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ५ कात्तिक । झापाको कचनकवल गाउँपालिका-४ पूर्व लोदाबारी सीमाबाट सशस्त्र प्रहरी बल नेपाल, बिओपी केचनाका सशस्त्र प्रहरी निरीक्षक श्यामबहादुर लिम्बुको कमाण्डमा खटिएको गस्ती टोलीले सोमबार भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याइएका विभिन्न सामग्री नियन्त्रणमा लिएको छ । गस्ती टोलीले नम्बर नखुलेको ग्लामर मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेको १,३३,४०० रुपैयाँ मूल्यको लत्ताकपडा र ८०,००० रुपैयाँ मूल्यको मोटरसाइकल गरी जम्मा २,१३,४०० रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिएको हो । उक्त सामग्रीलाई भद्रपुर भन्सार कार्यालयमा बुझाइएको शप्रनी श्याम बहादुर लिम्बूले जानकारी दिएका छन् । त्यसैगरी, सोही स्थानबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याई सीमाअञ्चलमा स्टोर गरी राखेको ११,१०० रुपैयाँ…

Read More

चन्द्र बस्नेतकनकाई, ५ कार्तिक । तिहारलाई लक्षित गरेर झापाको कनकाई ३ सुरुङ्गामा रहेको हरिकुल नमूना माध्यमिक विद्यालयले तेस्रो खुला सामूहिक देउसी भैलो प्रतियोगिता २०८१ आयोजना गर्ने भएको छ । लोक संस्कृतिको प्रबन्धन हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ नेपालीहरूको महान पर्व बडादशै , शुभ – दिपावली , छट तथा नेपाल सम्वत् अवसर पारी आगामी कात्तिक १४ गते बुधवार विद्यालयको परिसरमा कार्यक्रमको आयोजना गर्ने निश्चित भएको विद्यालयकी प्रबन्ध निर्देशक ग्रीशा रावल थापाले जानकारी दिनुभयो । हरिकुल नमुना माध्यमिक विद्यालयले बालबालिकालाई नेपालीहरूको महान पर्वहरू बडा दशैँ , शुभ – दिपावली , छट तथा नेपाल सम्वत् लगायत थुप्रै चाडपर्वहरूको संरक्षण तथा संस्कृति बचाइराख्ने उद्देश्यका…

Read More

भद्रपुर, ५ कात्तिक । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२को पहिलो त्रैमासिकमा रु. तीन अर्ब ५८ करोड ९० लाख ११ हजार राजश्व सङ्कलन गरेको छ । उक्त रकम वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत हो । चालू आव २०८१/०८२मा उक्त कार्यालयले रु. १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिए । आव २०८०/०८१को सोही अवधिमा रु. तीन अर्ब ३९ करोड ७२ लाख ७० हजार सङ्कलन भएको थियो । उक्त रकमभन्दा चालू आवको पहिलो तीन महिनामा रु. १९ करोड १७ लाख ४१ हजारले बढी हो । आव २०८०/०८१ मा रु.…

Read More

झापा, ५ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैँया ८४ पैसा र बिक्रीदर एक सय ४६ रुपैँया ४९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैँया १६ पैसा र बिक्रीदर एक सय ७५ रुपैँया ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैँया १७ पैसा र बिक्रीदर एक सय ५५ रुपैँया ८४ पैसा कायम गरिएको छ…

Read More

झापा, ५ कात्तिक । महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलमा आइतबार राति चन्द्रमासँगै पतिको पूजा गर्दै मिथिलानीहरुले करबाचौथ पर्व मनाएका छन् । मिथिलाञ्चलमा बसोबास गर्ने विवाहित नारी अर्थात मिथिलानीहरुले राति पतिको दीर्घायुको कामना गर्दै करबाचौथ पर्व मनाएको महोत्तरीको सदरमुकाम जलेश्वर–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवका पूजारी पण्डित उपेन्द्र पाठकले बताउनुभयो । मिथिलानीहरुले आइतबार दिनभरि उपवास गरेर राति चन्द्रमा उदाएपछि पूजा अर्चना र दर्शनपछि पतिको पूजा अर्चना र दर्शन गरी पतिकै हातबाट जल ग्रहण गर्दै यस पर्वलाई समापन गरेका हुन् । पतिलाई प्रसाद र पकवानहरु खुवाउँदै आफू पनि प्रसाद खाएर व्रत समापन गरेको जलेश्वर–८ का पण्डित बद्रीनारायण झाले बताउनुभयो । यस पर्वमा चन्द्रमाको पूजा…

Read More

झापा, ५ कात्तिक । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। भोलि मंगलबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी…

Read More

झापा, ४ कात्तिक । सुनसरी र झापाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ९ जनालई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको इनरुवा नगरपालिका-६ हलेशी चौक स्थित हरिनगर गाउँपालिका-४ का २३ बर्षीय दिनेश रामलाई प्रतिबन्धित लागुऔषध ट्रामाडोल १२ हजार २०० ट्याब्लेट फेला पारी नियन्त्रणमा लिएको छ । यसैगरी सुनसरीको धरान उप-महानगर-१७ शान्ति टोल स्थित आफ्नै घरबाट लागुऔषध बिक्री बितरण गर्ने २९ बर्षीया सोफिया तामाङ र धरान-१४ का ४२ बर्षीय कमल कार्कीलाई अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीको टोलीले ५६० मिलिग्राम लागऔषध ब्राउन सुगर सहित कात्तिक ३ गते साँझ नियन्त्रणमा लिएको हो भने कात्तिक ३ गते राती धरान -८ भोटेपुल स्थितबाट ४० बर्षीय…

Read More

भोजपुर, ४ कात्तिक । भोजपुरको अरुण गाउँपालिका–१ स्थित एगुवा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा १ जनाको मृत्यु भएको छ । अरुण गाउँपालिका–१ याङपाङका ३२ वर्षीय रोशन मगरलाई ईन्भटर र व्याट्रीबाट खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारेमा जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय भोजपुरको प्रहरी टोलीले घटनास्थलको कानूनी प्रकृया पुरा गरी शबलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल भोजपुर पठाएको थियो ।

Read More

कचनकवल, ४ कात्तिक । झापाको कचनकवलमा रहेको दीपज्योति सामुदायिक वन उपभोक्ता समूहको नवनिर्वाचित कार्यसमितिलाई आइतबार एक कार्यक्रमका बीच शपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरिएको छ। सर्वसम्मत रूपमा चयन भएका कार्यसमितिका पदाधिकारीहरूलाई शपथ ग्रहण र प्रमाणपत्र वितरण गरिएको हो। कार्यक्रममा सामुदायिक वन जिल्ला महासंघका अध्यक्ष बेदप्रकाश भण्डारीले नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराएका थिए। निर्वाचनबाट हरि लिम्बू अध्यक्षमा, मदनकुमार घिमिरे उपाध्यक्षमा, रिता सापकोटा कोषाध्यक्षमा, पुष्पा घिमिरे कार्की सचिवमा, र भगवती राजवंशी सहसचिवमा निर्वाचित भएका छन्। यसैगरी सदस्यहरूमा पूर्णमाया सेलिङ, रुद्र उप्रेती, चनलाल राजवंशी, कमरुल मियाँ, ज्ञानबहादुर बस्नेत, जनार्दन थापा, सुजता पराजुली, सन्तोष भट्टराई, र जीतु राजवंशी चयन भएका छन्। शपथग्रहण कार्यक्रममा जिल्ला…

Read More

शिवसताक्षी, ४ कात्तिक । दुधे स्थानीय बजार व्यवस्थापन समितिले प्रथम दुधे मिनी मेलाको आय व्यय सार्वजनिक गरेको छ । बजार समितिले पत्रकार सम्मेलन गरी आय व्यय सार्वजनिक गरेको हो । मिनी मेलामा बजार समितिले १६ लाख आम्दानी गरेको सार्वजनिक गरेको हो । जसमा विभिन्न शिर्षकमा ६ लाख खर्च भई १० लाख खुद नाफा रहेको स्थानीय दुधे बजार विकास समितिका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए । गएको आश्विन १८ गतेदेखि २९ गतेसम्म दूधे बजारको हाटबजार लाग्ने स्थानमा मिनी महोत्सवको आयोजना गरिएको थियो । आयोजक दुधे बजार व्यवस्थपान समितिले मेलाबाट बचत भएको ५ लाख रकम दूधे बजारमा सुविधा सम्पन्न शौचालय निर्माणमा छुट्याएको…

Read More