
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १७ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गादेवीको…
झापा, १७ असोज । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहीबार बिहान ४ बजेको मापन अनुसार पछिल्लो ३ घण्टामा झापाको अनरमनी बिरता, शनिश्चरे र बाहुनडाँगीमा सामान्यदेखि मध्यम वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै इलामको कन्याम टी–स्टेट र बरफल्याङ, पाँचथरको फिदिम, मोरङको बाहुने र आसपास सामान्यदेखि मध्यम वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाई छ । उक्त क्षेत्रहरू भई बहने कन्काइ नदी, हेवा खोला, पूवा खोला, माई खोला, अदुवा खोला, बाहुने खोला लगायत अन्य स(साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने…
झापा, १७ असोज । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली भएको छभने कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यसैगरी, आज दिउँसो कोशी, मधेस ,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस बागमती र गण्डकी तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित…
भद्रपुर, १७ असोज । बुद्धशान्ति प्रेस क्लबको आयोजनामा आजदेखि सुरु हुने झापा मिडिया कपका लागि भद्रपुर नगरपालिकाले फुटबल जुत्ता प्रदान गरेको छ। आज प्रेस क्लब भद्रपुरको कार्यालयमा नगर प्रमुख गणेश पोखरेलले टिम क्याप्टेन गोपाल गिरी, प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकर लगायतलाई फुटबल बुट हस्तान्तरण गर्नुभयो। प्रतियोगितामा सहभागी हुने खेलाडीका लागि १८ जोर जुत्ता र मोजा प्रदान गरिएको हो। यसअघि उक्त प्रतियोगितामा सहभागी हुने खेलाडीका लागि भद्रपुर नगरपालिका वडा नं ८ कार्यालयले २० थान जर्सी प्रदान गरेको थियो
झापा, १६ असोज । पछिल्लो विपद्बाट मुलुकभर दुई सय ४२ जनाको मृत्यु भएको छ । बाढी, पहिरोमा परी २२ जना बेपत्ता र एक सय २८ जना घाइते भएका छन् । हालसम्म विपद्बाट कोसी प्रदेशमा २३, मधेसमा आठ, उपत्यकामा एक सय एक, बागमतीमा एक सय आठ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । बाढी पहिरोबाट मुलुकभर एक हजार सात सय ६९ घर र ५५ वटा पुलमा क्षति पुगेको छ । विपद्का घटनामा फसेका १३ हजार एक सय २९ जनाको उद्धार भएको सशस्त्र प्रहरीले जनाएको छ ।
भद्रपुर, १६ असोज । झापाको भद्रपुरमा आज सवारी दुर्घटना जोखिम न्यूनीकरण तथा प्रतिकार्य अभ्यास गरिएको छ । भद्रपुर–६ स्थित शान्ति चोकमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण हेडक्वाटर झापाको अगुवाइमा नेपाली सेना, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीको संयुक्त सहभागितामा सवारी दुर्घटना जोखिम न्यूनीकरण तथा प्रतिकार्य अभ्यास गरिएको हो । सडक दुर्घटनाका जोखिमलाई न्यूनीकरण गर्ने, दुर्घटनापछि प्रभावकारी उद्धार, राहत कार्य गर्ने तथा सुरक्षा निकायबीच समन्वय र सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले अभ्यास गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक महेशराज बिष्टले जानकारी दिनुभयो । ‘डेमो’ प्रदर्शनमा सवारी दुर्घटनाको समयमा ठूलो संख्यामा यात्रु घाइते हुने र सवारी साधनभित्र च्यापिएका घाइतेहरूको उद्धार गर्ने तरिकाहरू,…
झापा, १६ असोज । बिर्तामोड नगरपालिकाले आज बजार अनुगमन गरेको छ । दशैं, तिहार नजिकिएसंगै बजारमा हुने कालो बजारी, म्याद गुज्रिएका तथा अखाद्य वस्तुको विक्री वितरण हुन सक्ने भएकोले खाद्यान्न, मासु पसल तथा डिपार्टमेन्ट स्टोरहरुमा अनुगमन गरिएको हो । अनुगमन टोलीले बिर्तामोड–५ मा रहेको सतासी डिपार्टमेन्ट स्टोर र बिर्तामोड–४ को एभरेष्ट फ्रेस एण्ड फेसन मार्टबाट अखाद्य वस्तु मिसावट भएको एभरेष्ट मसला जफत गरेको छ । यो मसला खानका लागि अयोग्य रहेको जनाइएको छ । यस्तै, बिर्तामोड–५ को स्वरोजगार भवानी बचत ऋण सहकारी पसलबाट केही अखाद्य रंग मिसावट भएको फ्राइ मटर जफत गरेको छ । अनुगमनका क्रममा अधिकांस पसलहरुमा मूल्य सूची…
बिर्तामोड, १६ असोज । झापाको बिर्तामोड–४ स्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभाको सम्पन्न भएको छ । संस्थाको आज बिर्तामोडमा अन्तिम माइन्युट प्रमाणीकरण भेलासँगै १२ औं साधारण सभा सम्पन्न भएको हो । गत असोज ९ गतेदेखि इकाइगत साधारण सभा शुरु भएको संस्थाको आज अन्तिम माइन्युट प्रमाणीकरण गरिएको छ । छ वटा इकाइगत साधारण सभाबाट छनोट भएका १४ जना सेयर सदस्यले अन्तिम माइन्युट प्रमाणीकरण गरेका हुन् । संस्थाका अध्यक्ष सुब्रत न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला सहकारी संघका सञ्चालक सदस्य केशव बस्नेतको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै सञ्चालक सदस्य बस्नेतले सहकारी क्षेत्रमा निरन्तर प्रहार भइरहेकाले…
झापा, १६ असोज । जिल्ला प्रहरी कार्यालय झापाले चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । नजिकिँदै गरेको चाडपर्वहरु दशैँ, तिहार र छठ पर्वको अवसरमा हुन सक्ने विभिन्न किसिमका आपराधिक घटनाहरुलाई न्यूनीकरण तथा रोकथामका साथै सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाउन प्रहरीले सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो । नागरिकले भयरहित वातावरणमा आपसी सद्भावका साथ चाडपर्व मनाउने अवस्था सिर्जना गर्नका असोज १० गतेदेखि कात्तिक २९ गतेसम्म लागू हुने चाडपर्व लक्षित सुरक्षा योजना २०८१ तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त योजना अनुसार जिल्लामा १ हजार २६० जना प्रहरी परिचालित हुनेछन् । उनीहरु कमाण्ड पोष्ट, पिकेट,…
मोरङ, १६ असोज । मोरङको बेलबारी नगरपालिका–३ स्थित पूर्व–पश्चिम लोकमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । असोज १५ गते साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.२ ख १४९० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००१ ज ४२७७ नम्बरको सुमो गाडी आपसमा ठक्कर लागी दुर्घटना हुँदा सोमुका चालक बेलबारी नगरपालिका–९ का ३५ वर्षीय कृष्ण थापा गम्भीर घाइते भएकोमा उपचारका लागि न्यूरो अस्पताल विराटनगर लैजाने क्रममा बाटैमा नै उनको मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भइरहेको छ ।