झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २६ असोज । भारतीय गोर्खा सेनाबाट अवकास प्राप्त भुतपूर्व सैनिक संघका पूर्व अध्यक्ष डीके गुरुङको निधन भएको छ । खेलकुद क्षेत्रमा विशेषगरी फुटबलमा खेलमा लगाभ भएका उहाँको आज ६७ वर्षको उमेरमा निधन भएको हो । भारतीय गोर्खा सेनामा कार्यरत हुँदै फुटबल खेल्दै आउनुभएका उहाँ अवकास पछि बिर्तामोड–२ मा बसोबास गदै आउनुभएका थियो । सुकृति फुटबल क्लब बिर्तामोडका संस्थापक अध्यक्ष उहाँ पाँचथर जिल्लाको फिदिम नपा वडा नं. ७ (साविक रानीटार–२) मा २०१६ साल भदौ २४ गते जन्मनु भई हाल बिर्तामोड–२ स्थित चारपानेमा बसोबास गर्दै आउनुभएको थियो । उहाँले बिर्तामोड फुटबल क्लबका अध्यक्ष भई खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आइरहनु भएको…

Read More

झापा, २५ असोज । एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार उक्त सङ्ख्या आजसम्मको हो । अठार लाख मानिस दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विजय स्वारले राससलाई जानकारी दिनुभयो । “हामीले यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौँ”, उहाँले भन्नुभयो, “तर मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन् ।” अघिल्लो वर्षको दसैँमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए ।

Read More

झापा, २५ असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैँ अघि नै निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाउनुभएको भएपनि व्यवसायीले भुक्तानी रकम पाउन सकेनन् । मन्त्री दाहालले कात्तिकसम्म निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । “मैले दसैँ अगाडि भुक्तानी दिनुपर्छ भनेको थिएँ”, उहाँले भन्नुभयो, “हाम्रो मन्त्रालयले रु आठ अर्ब ६६ करोड भुक्तानी दिन बाँकी छ । हामीले रु पाँच अर्ब ५० करोड भुक्तानी दिइसकेका छौँ । रु तीन अर्ब ५० करोड जति भुक्तानी दिन बाँकी छ । भुक्तानीका लागि अर्थ मन्त्रालयसँग कुरा गरेका छौँ ।” मन्त्री दाहालले बक्यौता भुक्तानी सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्दा तीन…

Read More

ताप्लेजुङ, २५ असोज । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दसैँलाई थप उल्लासमय बनाउन र परम्परागत संस्कृतिको पुनरूत्थान गर्न लिङ्गेपिङ बनाइएको छ । वीरेन्द्र युवा क्लबका सदस्यले दसैँका अवसरमा समुदायका लागि यो विशेष पिङ निर्माण गरेका हुन् । दसैँको प्रमुख आकर्षणमध्ये लिङ्गेपिङ एक प्रमुख सांस्कृतिक प्रतीक हो । क्लबका अध्यक्ष लक्ष्मी काफ्ले बालबालिका, युवादेखि ज्येष्ठ नागरिकसम्मलाई सामूहिक रूपमा मनोरञ्जन दिने मात्रै नभइ संस्कृतिसँगको सामीप्य र हाम्रो परम्परागत धरोहरप्रति गर्व गर्न प्रेरित गर्ने उद्देश्यले क्लबले पिङ हालेको बताउँछन् । “लिङ्गेपिङ नेपाली पर्व संस्कृति र समाजको अभिन्न अङ्ग हो । दसैँका बेला यसको विशेष महत्व रहन्छ । पिङमा झुल्दा आउने आनन्दको अनुभूति…

Read More

सन्तोष शर्माबनियानी, २५ असोज । झापाको झापा गाउँपालिका–५ स्थित बिरिङ खोलामा फलामे पुल निर्माण भएको छ । गत असोज ११ गते अविरल वर्षासँगै खोलामा आएको बाढीले पुलको दक्षिणतर्फको करिब २४ मिटर सडक बाढीले बगाएको थियो । बाढीले सडक बगाएपछि सो स्थानमा अस्थायी फलामे पुल निर्माण गरिएको छ । चाडपर्वका बेलामा आवागतमा ठप्प भएपछि स्थायी फलामे पुल निर्माण गरिएको समाजिक व्यक्तित्व शेरबहादुर थापाले बताउनुभयो । “तत्कालको समस्या समाधान गर्न सबैको सहयोगबाट पुल बनेको छ”, पुल निर्माणमा विशेष पहल र अगुवाइ गर्नुभएका उहाँले भन्नुभयो, “चाडपर्वका बेला आवागमन ठप्प हुँदा स्थानीयबासी समस्यामा परेका थिए ।” सम्बन्धित सरकारी निकायबाट अनुमति लिएर काम गरिएको उहाँले…

Read More

झापा, २५ असोज । कोशी प्रदेश लगायत मधेस प्रदेशको अधिकांश भू(भाग र बागमती प्रदेशको पूर्वी भू(भागमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । शुक्रबार कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने हुनाले…

Read More

झापा, २५ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ २४ पैसा , युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ १६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ६३ पैसा…

Read More

भद्रपुर, २५ असोज । बिहीबार राति झापा भद्रपुर नगरपालिका वडा नम्बर १० हनुमान चोकस्थित चारआली–चन्द्रगढी सडक खण्डमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । चारआलीबाट चन्द्रगढी तर्फ आउदै गरेको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको मे ८ प २८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो । प्रदेश १–०१–०१४ प ९९३ नम्वरको मोटरसाइकल चालक सोही स्थानका त्रिलोक भण्डारीको छोरा २४ वर्षीय आलोक भण्डारी गम्भीर घाइते भइ ओमसाई अस्पताल भद्रपुरमा पठाइएकोमा पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेको थियो । सोही मोटरसाइकलमा पछाडि सवार भद्रपुर–१० का…

Read More

झापा, २५ असोज । बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गर्नुभएछ । त्यो शब्द भगवतीलाई मन परेनछ । अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ । महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी…

Read More

झापा, २५ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका…

Read More