
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १९ असोज । ताप्लेजुङ झापा सरोकार समाज बिर्तामोड नगर समितिको दोस्रो अधिवेशनले तेजप्रसाद सिटौलालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । समितिको विर्तामोडमा सम्पन्न अधिवेशनले उपाध्यक्षत्रयमा देवीप्रसाद खरेल, तारा कार्की र तारा चापागाईं चयन भएका छन् । त्यस्तै सचिवमा विष्णुप्रसाद थापा, सहसचिवमा प्रकाश भट्टराई र कोषाध्यक्षमा पुष्पा प्रसाईं चयन भएको निर्वाचन समितिका संयोजक रुद्र सिटौलाले जानकारी दिनुभयो । समितिको सदस्यहरूमा हरि सिटौला, रत्नकुमार श्रेष्ठ, कृष्णकला खरेल, कमला कार्की, शेरबहादुुर मादेन र भिमबहादुर मोक्तान, तामाङ रहेका छन् । १९ सदस्यीय नगर कार्यसमितिमा प्रतिनिधित्व हुन नसकेका वडाबाट कार्यसमितिको बैठकले मनोनयन गर्ने बताइएको छ । नयाँ नेतृत्व चयनका लागि रुद्र सिटौलाको संयोजकत्वमा रेजिना…
झापा, १९ असोज । मकवानपुरको हेटौँडाबाट ११ करोड बढीको सुन बरामद गरिएको छ । हेटौँडा–१५ रातोमाटे चौकीबाट ८ किलो ४३.९७ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सुनको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा रहेको छ । सुनसहित भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने वर्ष २५ को अभिषेक अजिनाथ कुटी र सोही स्थान बस्ने वर्ष २७ को राहुल भिट्टिहाल बाड रहेका छन् ।
झापा, १९ असोज । अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिनुभयो । हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताउनुभयो ।
ताप्लेजुङ, १९ असोज । ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीका दुई बालबालिका खोलाले बगाएर बेपत्ता भएका छन् । आज मैवाखोलाको खार्तेस्थित दहमा पौडी खेल्ने क्रममा स्थानीय संजहाङ बराइलीको छोरा अन्दाजी ११ वर्षीय सन्देश बराइली र सोही ठाउँकै रिन्जिन शेर्पाको छोरी अन्दाजी १२ वर्षीय आइतारानी शेर्पा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पौडी खेल्नसँगै गएका आइतरानीका दाजु १४ वर्षीय कुसुले शेर्पाले घरमा गई खोलाले बगाएको भन्ने जानकारी गराएपछि आफन्तले प्रहरीलाई खबर गरेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
झापा, १९ असोज । देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । केही दिन अघि पानी परेका कारणले डेङ्गु सङ्क्रमण बढेको बताउनुभयो । हालसम्म हुम्लाबाहेक सबै जिल्लामा डेङ्गुको सङ्क्रमण देखिएको छ । डेङ्गुको सङ्क्रमणबाट हालसम्म सात जनाको निधन भइसकेको छ । डेङ्गुको सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा छ हजार नौ सय २० देखिएको छ । कोशी प्रदेशमा एक हजार तीन सय २९, मधेसमा दुई…
झापा, १९ असोज । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भू–भाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार कोशी, मधेस र बागमती प्रदेशको पूर्वी भू–भागमा साधारण बदली रही बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ…
झापा, १९ असोज । दसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजाआराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिनुभयो । मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि…
शिवसताक्षी, १८ असोज । झापा शिवसताक्षी नगरपालिकाले बजारमा अखाद्य वस्तुहरुको विक्री गरेको भेटिन थालेपछि बजार अनुगमनलाई झन तिब्र बनाएको छ । आज शिवसताक्षीको वडा नं. ८ रत्न चौकको एक किराना पसलबाट औषधि समेत नगरपालिकाले जफत गरेको छ । स्थानीय जानुका किराना पसलबाट अरसिल ११ बोतल, मेट्राजोन, पेन्ट्रापजोल २३ पत्ता निम्स, सिट्रिजन १० पत्ता औषधिहरु किराना पसलमा विक्री गर्न राखेको अवस्थामा अनुगमन टोलीले फेला पारेको हो । अनुगमन टोलीले सोही पसलबाट ४१ बोतल पेट्रोल समेत फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । पसलमा बालबालिकाले खाने कुरमुरे लगायत मिठाईहरु समेत म्याद गुुज्रिएको अवस्थामा फेला पारेको छ । फेला परेका सबै सामाग्री शिवसताक्षी…
इलाम, १८ असोज । इलामको फिक्कल गुप्ती नयाँबजार सडक खण्ड अन्तर्गत सूर्योदय नगरपालिका–९ ढोडेमा पहिरोको कारण अवरुद्ध भएको सडक आजबाट एकतर्फी रुपमा खुलाइएको छ । बाटोको ठेकेदार कम्पनी खनाल कन्स्ट्रक्सन, वडा कार्यालय, नगरपालिका लगायतको संयुक्त प्रयासले बाटोलाई मर्मत गरेर एकतर्फी गाडी खुलाइएको हो ।
झापा, १८ असोज । झापाको कनकाई नगरपालिका २ र १ स्थित जामुनबारी सामुदायिक बन उपभोक्ता समुह अन्तरगतको जामुनखाडी सिमसार एवम् पर्यटकीय क्षेत्रले भारतबाट अवार्ड प्राप्त गरेको छ । झापाको कनकाई–२ र १ मा फैलिएको बन समुहले यसअघि पनि बिभिन्न सम्मान र पुरस्कार प्राप्त गरिसकेको छ । समितिले भारतको पश्चिम बंगाल सरकार अन्तरगतको हिमालयन हस्पिटालिटी एण्ड टुरिजम डेभलोपमेन्ट नेटवर्कले सर्टिफिकेट एचिभमेन्ट प्रदान गरेको जानकारी दिएको हो । सस्टिनेबल टुरिजम डेस्टिनेशन अफ द इयर शिर्षकमा अवार्ड हासिल गर्न सफले भएको मितिका अध्यक्ष पर्शुराम गिरीले जानकारी दिनुभयो । उक्त अवार्ड प्राप्तसँगै दुवै देशको पर्यटकीय क्षेत्रका लागि थप सहकार्य गर्न सहज हुने विश्वास गरिएको…