
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ७ कात्तिक । सामान्य घरायसी विवादमा झापाको बाह्रदशीमा कट्टी प्रहार गरी श्रीमतीले श्रीमानलाई घाइते बनाएकी छिन् । बाह्रदशी–६ बिहीबारे बजार निवासी ३९ वर्षीया विद्यादेवी आङ्वोले कट्टी प्रहार गर्दा ३६ वर्षीय श्रीमान ज्ञानेन्द्र लिम्बू घाइते भएका हुन् । उनको टाउकोमा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । घाइते लिम्बूको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । श्रीमानलाई कट्टी प्रहार गर्ने विद्यादेवीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको डीएसपी विष्टले बताए । उता दमक–९ का देशु भनिने यामु निरौलाको हत्यामा संलग्न व्यक्तिहरुको पहिचान भएको छ । उनीहरु फरार रहेकाले खोजी कार्य भइरहेको…
झापा, ७ कात्तिक । झापाको कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उहाँकी ११ वर्षीया नातिनी कृपा लिम्बू रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनप्रसाद सोडारीले जानकारी दिनुभयो । उहाँका अनुसार साँझ ५:३० बजेतिर काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको प्र १–०१–००१ ख ४३३१ नम्बरको यात्रुवाहक रात्रि बसले सडक पार गरिरहेको विद्युतीय साइकललाई ठक्कर दिँदा साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीचौकी केरखाले बस चालक विशाल ठटाललाई तत्कालै नियन्त्रणमा लिएको जनाइएको छ । घटनापछि स्थानीयवासीले राजमार्गमा यातायात…
कनकाई, ७ कात्तिक । झापाको कनकाईमा वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । होटल डिलाइट सुरुङ्गाको आयोजना र नेप्लिज मिलेट्री भेट्रान क्लब अमेरिकाको आर्थिक सहयोगमा आगामी कात्तिक ९ गतेदेखि १४ गतेसम्म प्रथम वडा स्तरीय दसैं तिहार कप (नकाउट) फुटलब प्रतियोगिता हुने भएको हो । पूर्व अमेरिकी सेना आशिस संग्रौलाले वडास्तरबाटै खेलाडी उत्पादन र प्रोत्साहन गर्न प्रतियोगिता गर्न लागिएको बताउनुभयो । उहाँले यो प्रतियोगितालाई निरन्तरता दिन कुनै कसर बाँकी नराख्ने समेत बताउनुभयो । आज सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक होटल डिलाइटका सञ्चालक ख्याम ओलीले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । पर्यटकीय नगरका रुपमा परिचित कनकाईलाई चाडपर्वका बेला खेलकुदमय बनाउन…
भद्रपुर, ७ कात्तिक । झापाको सदरमुकाम रहेको भद्रपुरमा बजार अनुगमनलाई तीव्रता दिइएको छ । खाद्य सामग्रीको बढी उपभोग हुने चाड तिहार नजिकिँदै गएको बेला नगरपालिकाले विभिन्न किराना तथा मिठाइका परिकारहरु बनाइने होटलहरुको अनुगमन गरेको छ । उपप्रमुख तथा अनुगमन समितिकी संयोजक राधा कार्कीको नेतृत्वमा लगातार दुई दिन गरिएको अनुगमनका क्रममा केही पसलहरुबाट म्याद गुज्रिएका, अखाद्य रङमिसाएर बनाइएका खाद्यपदार्थ फेला परेको र ती सामग्री जफत गरिएको नगरपालिकाको राजश्व शाखा प्रमुख तथा बजार अनुगमन समितिका सदस्य सचिव सुशील कर्णले जानकारी दिए । मंगलबार र बुधबार नगरका २८ वटा पसलमा अनुगमन गरिएको उनले जानकारी दिए । कर्णका अनुसार मंगलबार भद्रपुर १ को सीता…
मेष : इनाम र प्रतिष्ठा कमाउने बेला छ। गर्न लागेको काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ। तर, आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। धार्मिक, सांस्कृतिक तथा रीतिरिवाजका कार्यमा सहभागिता हुनेछ। वृष : व्यग्र प्रतिक्षित कार्यमा सफलता पाइनेछ। चलाखीपूर्ण बोलीले काम बन्नेछ। मनोरञ्जनमा सहभागी भइएला। सेयर बजारमा लगानीका लागि नयाँ योजना बन्नेछ। प्रेमीको सहयोग मिल्नेछ। आहार विहारमा भने सावधानी अपनाउनु पर्नेछ। मिथुन : शुभकार्यको चर्चा चल्नेछ। सहयोगी हातहरू अघि बढ्नेछन्। चिताएको कामले तीव्रता लिनेछ। पुँजी बजारले साथ दिनेछ। नयाँ कामको थालनी हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। पुनर्मिलनको योग छ। कर्कट : घरव्यवहारको समस्याले सताउन सक्छ। सामान हराउने वा चोरी हुने भय छ।…
झापा, ७ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ७७ पैसा कायम गरेको छ…
इलाम, ७ कात्तिक । इलामको रोङ गाउँपालिका–५ स्थित किरात पार्क पर्यटकको आकर्षणको केन्द्रमा रहेको छ । रोङ–५ चिसापानीमा नयाँ पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको किरात पार्क पर्यटकको आकर्षणको केन्द्रमा पर्दै गएको हो । प्राकृतिक सन्दर्यता र किरात सभ्यताको झल्काउने यस पार्कले आन्तरिक र बाह्य पर्यटकलाइ आकर्षित गर्न थालेको हो । यहाँ किरात सभ्यताको इतिहास झल्काउने संरचना र हरियाली वातावरण छ । पार्कले धार्मिक र सांस्कृतिक पर्यटन प्रबद्र्धनमा योगदान पुग्ने अपेक्षा छ । पार्कमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना हुन्े गरेका छन् भने पर्यटकको सुविधाका लागि सेवा समेत विस्तार भइरहेका छन् । रोङमा किरातको बसोबास धेरै रहेकाले पार्क स्थापना गरिएको जनाइएको…
वीरगञ्ज, ६ कात्तिक । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिनसम्म कोशी र मधेस प्रदेशबाट ८४ जना सडकमा आश्रित मानवको उद्धार गरिएको छ । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले अघि सारेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २६ गते प्रधानमन्त्री निवास बालुवाटारबाट शुभारम्भ गर्नुभएको थियो । उद्धारकार्य भने यही असोज २८ गतेदेखि मेचीपुलबाट थालनी गरिएको थियो । मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले मेची– महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिन सोमबारसम्म आइपुग्दा कोशी र मधेस प्रदेशमा गरेर ८४ जना सडकमा आश्रित मानवको उद्धार गरेको जानकारी दिनुभयो । “मेचीपुलबाट यात्रा थालेको उद्धार यात्रा आठौँ दिनसम्म…
भद्रपुर, ६ कात्तिक । आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिकमा रु ६९ करोड २८ लाख ५७ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम आव २०८०–८१ को सोही अवधिका तुलनामा नौ दशमलव ८१ प्रतिशतले बढी हो । कार्यालयको तथ्याङ्कानुसार गत आव २०८०–८१ को पहिलो त्रैमासिकमा रु ६३ करोड नौ लाख ३५ हजार राजस्व सङ्कलन गरेको थियो । अन्तरिक राजस्व कार्यालयले चालु आव २०८१र८२ मा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिनुभयो । “चालु आवको पहिलो त्रैमासिकमा रु ८१ करोड ४० लाख ५४ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा…
मोरङ, ६ कात्तिक । मोरङ जिल्लामा ९ वटा सहकारी समस्याग्रस्त अवस्थामा रहेका छन् । जिल्ला प्रशासन कार्यालय तथा प्रहरीमा आएको उजुरी तथा अध्ययन अनुसार जिल्लामा ९ वटा सहकारीसंस्था समस्याग्रस्त अवस्थामा रहेको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनुभयो । बचतकर्ताले दिएको उजुरीका आधारमा विराटनगर महानगरपालिकामा ६ बेलवारी नगरपालिकामा २ र धनपालथान गाउँपालिकामा एकवटा सहकारी समस्याग्रस्त अवस्थामा छन् । समस्याग्रस्त सहकारीमा विराटकृषि तथा उत्पादक बजारीकरण विशिष्ट सहकारी संघ, माछापुच्छ्रे तथा बचत ऋण सहकारी संस्था लिमिटेड, मिलनसार बचत सहकारी संस्था लिमिटेड, धरणिधर बहुमुखी संस्था लिमिटेड, आशमा नेपाल वहुउदेश्यि सहकारी लिमिटेड, जलजला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, धनपाल वहुउदेश्यिय सहकारी संस्था लिमिटेड,…