
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २९ असोज । जल तथा मौसम विभागले यो वर्षको मनसुन सकिएको र नदीहरूमा पानीको बहाव कम भएकोले बाढी पूर्वानुमानको काम अर्को मनसुन सम्मका लागि स्थगित गरेको छ । मंगलबार एक सूचना जारी गर्दै विभागले मनसुन पूर्ण रूपमा बाहिरिएको र अब नदीहरूमा बाढी नबढ्ने देखिएकोले बाढी पूर्वानुमान र पूर्वसूचना सम्बन्धी नियमित कार्य अर्को मनसुनसम्म स्थगन हुने जनाएको हो । विभागले भनेको छ, ‘२०८१ सालको मनसुन नेपालबाट असोज २६ गते देखि पूर्णरूपमा बाहिरिएको र नदीमा बहाव उल्लेख्य बढ्ने नदेखिएकाले बाढी पूर्वानुमान र पूर्वसूचना सम्बन्धी नियमित कार्य अर्को मनसुनसम्म स्थगन हुनेछ । बिहान ७ बजे बाढी पूर्वानुमान बुलेटिन जारी नहुने, बाढी पूर्वसूचनाको…
वीरगञ्ज, २९ असोज । पर्साको वीरगञ्ज महानगरपालिका–१६ मा रहेको मितेरी पुलको दक्षिण पट्टी दशगजामा गोली चलेको छ । भारतीय सीमा सुरक्षा बल एसएसबिले नेपालको सिमामा पसेर गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । कवाडीका मालसामान रहेका बोराहरू बोकी ल्याउने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबिले गोली चलाएको स्थानीयको भनाइ छ । पर्सा प्रहरीले गोलीको खोका बरामद भएको तर कस्ले चलाएको प्रष्ट नभएको जनाएको छ। प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन ।
झापा, २९ असोज । सर्लाही र महोत्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सर्लाहीको बसबरिया गाउँपालिका–६ पोखरीया टोलमा हिरापुरबाट मदनपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००१ स ३०३० नम्बरको अटो अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा अटोमा सवार कविलासी नगरपालिका–३ का ३९ वर्षीय भुवनारायण राय यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मंलगवामा उपचारको क्रममा मृत्यु भएको हो । अटोमा सवार ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ । यसैगरी सर्लाहीकै बागमती नगरपालिका–१२ बथानेस्थित सडकमा बथानेबाट बागमतीपुलतर्फ जाँदै गरेको प्र २–०३००८ प ३८४७…
झापा, २९ असोज । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित एक होटलबाट नगदसहित १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति शिवसतक्षी–९ दुधे स्थित बिनोद खरेलको घरमा रहेको सगरमाथा होटलमा जुवाजन्य खेल तास खेलाउँदै छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले एक बुक तास र रू पाँच लाख चार हजार ३० सहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । पक्राउ पर्नेमा शिवसताक्षी–६ का ५० वर्षीय मिलन भण्डारी, ४२ वर्षीय नविन तिम्सिना, शिवसताक्षी–९ का ४७ वर्षीय दिपक तामाङ, ३९ वर्षीय प्रकाश लिम्बू, ३७ वर्षीय भीमबहादुर भण्डारी, ४१ वर्षीय दिनेश बाराकोटी, ४१ वर्षीय…
झापा, २९ असोज । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोस्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविद्ले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ । गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागे पनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा पछिल्लो एक सातामा चिसो क्रमिक रूपमा बढिरहेको जल तथा मौसम विज्ञान विभाग…
झापा, २९ असोज । दसैँको सार्वजनिक बिदा मंगलबारदेखि सकिएको छ । जसअनुसार आजदेखि सरकारीसहितका कार्यालय खुल्दैछन् । सप्तमी अर्थात असोज २४ देखि सुरु भएको बिदा आज त्रियादशीका दिनदेखि खुल्न लागेको हो । यसैबीच विजयादशमीको टीका जमरा लगाउने क्रम भने पूर्णिमा अर्थात कात्तिक १ सम्मनै जारी रहनेछ । जसअनुसार आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहेको छ।
झापा, २९ असोज । आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि जारी रहनेछ । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् । आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ । निधारमा रातो टीका र जमरा लगाएका मानिस…
खोटाङ, २९ असोज । खोटाङ जिल्लामामा सोमबार राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर ३२ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु खोटाङको कुबिन्डे भन्ने स्थानमा रहेको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । यसअघि असोज १५ गते सिन्धुपाल्चोकको जलवीरे केन्द्रबिन्दु भएर भूकम्पको तीव्रता ३.६ म्याग्निच्युड र भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
झापा, २९ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । पछिल्लो तीन दिनयता अमेरिकी डलरस्थिर रहेको छ । आइतबार पनि अमेरिकी डलरको मूल्य समान थियो । अमेरिकी डलर, जापानी येन, युएई दिराम र हङकङ डलरको मूल्यमा भने आइतबार र सोमबार कुनै परिवर्तन भएन अर्थात समान मूल्य रहेको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ १४ पैसा,…
झापा, २९ असोज । ठूलो मात्रामा लागूऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो भद्रपुर–५ स्थित बसपार्कमा रहेको न्यू बान्तवा होटलबाट भारत विहार किसनगञ्ज जिल्ला ठाकुरगञ्ज पञ्चायत उर्दु कोलोनी–८ का ३८ वर्षीय जमकोद खान र उनका छोरा १८ वर्षीय आयान खानलाई ब्राउनसुगरसहित पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्लास्टिकसहित ५८ ग्राम १० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ । होटलमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले होटलमा पुगेर बाबु छोराको शरीर तलासी लिएको थियो । दुवैलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको प्रवक्ता तथा डीएसपी कृष्णकुमार चन्दले बताए ।