झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २५ असोज । झापाको बिर्तामोड–२ को नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान बहुप्राबिधिक शिक्षालयले औषधि विज्ञान विषयलाई थप गर्ने आगामी योजना गरेको जनाएको छ । संस्थाका अध्यक्ष ज्योतिसिंह दर्लामीले संस्थाको आगामी योजना औषधि विज्ञानलाई थप गर्ने रहेको बताउनुभयो । नेकपाका संस्थापक सदस्य नेता नरबहादुर कर्माचार्यको नाममा झापामा स्थापित शिक्षालय उत्साहजनक ढंगले सञ्चालन भइरहेको अवस्थामा कोरोना महामारीपछि देखिएको विश्व आर्थिक संकटका कारण केही आर्थिक समस्या भएपनि अवस्था सुधार हुँदै गएको अध्यक्ष दर्लामी बताउनुहुन्छ । आर्थिक संकट र अन्य चुनौतीहरुले समस्या सृजना गरे पनि संस्थाका सल्लाहकार, सामाजिक शैक्षिक व्यक्तित्वको सहयोग र सहभागीताका कारण संस्थामा उmर्जा थपिएको अध्यक्ष दर्लामीको भनाइ छ । चार वटा…

Read More

विराटनगर, २४ असोज । सुनसरी, झापा र धनकुटाबाट लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २३ गते साझ अस्थाई प्रहरी चौकी नडाहा सुनसरीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाका आधारमा सुनसरी बराहक्षेत्र नगरपालिका-४ का २२ वर्षिय अनिल बि.क, २३ बर्षीय कन्चन राई, २२ बर्षीय संदिप राई, २५ वर्षिय करण राई, २३ वर्षिय आकाश राई, २२ वर्षिय अस्मिन राई, २४ वर्षिय हेमन राईलाई TRAMADOL ३०५ पिस र DECOLIC २१० पिस सहित नियन्त्रणमा लिएको छ भने ईलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका- १५ परिवर्तित मार्ग स्थितबाट धरान उपमहानगरपालिका- १५ का २८ वर्षिय राजु थापा र २८ वर्षिय अभिशेक मगरको साथबाट ९ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको छ  । त्यसैगरी लागु औषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाले इलाम नगरपालिका- ९का ३२ बर्षीय दिपेन्द्र राणा मगरलाई ४ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने जिल्ला…

Read More

झापा, २४ असोज । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट एक युवालाई प्रहरीले लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ । हिजो बेलुका लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीपुल हुँदै भारतबाट सिटिसफारीमा नेपालतर्फ आउँदै गरेका इलाम नगरपालिका–९ का ३२ वर्षीय दिपेन्द्र राणा मगरलाई पक्राउ गरेको हो । उनीमाथि शंका लागेपछि चेकजाँच गर्दा खैरो हेरोइन प्लाष्टिकसहित ५ ग्राम २८० मिलिग्राम, प्लाष्टिक बाहेक ४ ग्राम फेला परेकोले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

डा रमेश ढकालदशैंको बेला घर जाँदा हवाईजहाज र बस दुई किसिमका यातायातका साधनमा गरिन्छ। त्यसमा पनि अधिकांश बसको यात्रा नै गर्ने गर्छन् । बसको यात्रा गर्दा धेरैजसो व्यक्तिलाई मोसन सिक्नेस (वाकवाकी आउने, रिंगटा लाग्ने) हुन्छ । अनि पेट उमठेर बान्ता हुने हुन्छ। बसको यात्रामा त्यस्तो समस्या हुने मान्छेले अदुवा खाने, पानी खाने, अनि हल्का (साधारण) खाना खाएर यात्रा गर्नु राम्रो हुन्छ। यात्राको बेलामा विभिन्न कारण बिरामी पर्ने पनि हुन्छ। जस्तो, बान्ता हुने, ग्याष्ट्रिक हुने, पखाला लाग्ने जस्ता समस्या आउन सक्छन्। यी समस्या समाधानका लागि आफैंले औषधि बोक्न सकिन्छ। यस्ता छन् यात्राका क्रममा बोक्नै पर्ने औषधि बान्ता रोक्ने ओषधि (मेटोकोलोप्राइमिड)बसको यात्रा…

Read More

पोखरा, २४ असोज । पोखरामा राँगोले हानेर एक जनाको मृत्यु भएको छ । पोखरा ३३ का धनन्जय आचार्यको आफ्नै दाजुको भैँसी फर्ममा गएका बेला राँगोले हानेर मृत्यु भएको हो । उनी मंगलबार दाजु अन्यत्रै गएका बेला घाँसपानीका लागि फर्ममा गएका थिए । ३७ वर्षका आचार्य पोखरा १७ बिरौटा बस्दै आएका थिए भने सिर्जना बोर्डिङ स्कुल र जनचेतन माविमा अध्यापनरत थिए । राँगोले हानेर उनको शव क्षतविक्षत अवस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ । मंगलबार नै शवको पोस्टमार्टम गरी अन्त्येष्टि समेत गरिसकिएको पारिवारिक श्रोतले जनाएको छ ।

Read More

झापा, २४ असोज (एजेन्सी) । अमेरिकामा मिल्टन आँधीका कारण विनाशको सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा तयारी तीव्र रूपमा भइरहेको छ । यो आँधी फ्लोरिडाको सारासोटा तिर सरेको देखिन्छ। आँधीलाई ध्यानमा राख्दै फ्लोरिडाको प्रशासनले तटीय क्षेत्रहरू खाली गर्न आदेश दिएको छ। करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ । फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसका अनुसार मानिसहरूलाई बाहिर निकाल्ने समय अब ​​सकिएको छ। लाखौँ मानिस पहिले नै आफ्नो घर छोडेर गइसकेका छन्। मिल्टन अहिले सारासोटा पुगेको छ । यसअघि राष्ट्रपति जो बाइडेनले जनतालाई यो शताब्दीकै सबैभन्दा विनाशकारी आँधी हुने चेतावनी दिएका थिए। उनले आँधीबाट जनतालाई बचाउने सरकारको प्रयासको विरुद्ध डोनाल्ड ट्रम्पको कथित…

Read More

झापा, २४ असोज । कोशी प्रदेश लगायत मधेस प्रदेशको अधिकांश भू–भाग र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ। देशको बाँकी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहीबार देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस वर्ष दसैँको अष्टमी–नवमी (२५ गते), र दशमी (२६ गते) का दिनहरूमा कोशी प्रदेश र मधेस प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा…

Read More

झापा, २४ असोज । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका…

Read More

झापा, १९ असोज । आज दिउँसो ताँजकोट गाउँपालिका–४ को पैमा खोलानजिक रहेको तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । लु १ ज २३४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । हुम्लाबाट नेपालगञ्जबाट जाँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालिका–२० घर भएकी ४९ वर्षीया विष्नु परियार र नाम नखुलेका अन्दाजी पाँच–छ वर्षका बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।गियर बस बिग्रीएर रोकिराखेको जीप ब्याक भई तीन सय मिटर तल खसेको बताइएको छ ।

Read More

झापा, १९ असोज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एकल उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने उद्घोष गर्नुभएको छ । नेकपा माओवादी केन्द्र दोलखा –काठमाडौँ सम्पर्क– समन्वय समितिले आज यहाँ आयोजना गरेको छलफलमा उहाँले विगतमा कांग्रेस र एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान कमजोर भएको बताउनुभयो । उहाँले अब एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको आरम्भ आगामी मङ्सिरमा हुने उपनिर्वाचनबाट गरिने बताउनुभयो । माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले पार्टीको सिङ्गो केन्द्रीय समिति अध्यक्ष दाहालको नेतृत्वमा एकताबद्ध रहेको उल्लेख गर्दै आगामी केन्द्रीय समितिको बैठकले…

Read More