
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १७ असोज । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा फुटबल प्रतियोगितामा वडा नम्बर ५ विजयी भएको छ । आज भएको दोस्रो खेलमा वडा नम्बर ७ लाई सडनडेथमा हराउँदै वडा नम्बर ५ क्वार्टर फाइनल प्रवेश गरेको हो । खेलको चौथो मिनेटमा वडा नम्बर ७ का सेसेहाङ लिम्बूले गोल गर्दै अग्रता दिलाए पनि खेलको २४ औँ मिनेटमा वडा नम्बर ५ का बिक्की चौधरीले गोल फर्काएका थिए । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रकरमा पनि खेल बराबरी भएपछि सडनडेथबाट निर्णय निस्किएको थियो । सडनडेथमा वडा नम्बर ५ ले वडा नम्बर ७ लाई…
शिवसताक्षी, १७ असोज । झापाको शिवसताक्षीको दूधेमा सञ्चालित आदर्श बचत तथा ऋण सहकारी संस्थाले १९ औं वार्षिक साधारण सभा गरेको छ । संस्थाले दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय परिसरमा शिवसताक्षी ७, ९, १० र ११ नं. वडाका शेयर सदस्यहरुलाई सहभागी गराई साधारण सभा गरेको हो । साधारण सभामा संस्थाका अध्यक्षद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा आ.व. २०८०/०८१ मा संस्थाले २१ लाख ३९ हजार ९९ रकम खुद नाफ भएको उल्लेख छ । २०६२ सालमा डिभिजन सहकारी कार्यालय भद्रपुरमा दर्ता भई २६ जना शेयर सदस्यको ५२ हजार रकमबाट कारोबार प्रारम्भ गरेको सहकारीले आफ्नो १८ वर्ष पुरा गर्दा २ हजार ७०९ सदस्य…
शिवसताक्षी, १७ असोज । शिवसताक्षी नगरपालिका सवारी चालक हक हित मञ्चले नयाँ कार्य समिति चयन गरेको छ । आज भएको प्रथम साधारण सभाबाट मञ्चले कमल आङ्देम्बेको संयोजकत्वमा ७ सदस्य कार्य समिति चयन गरेको हो । जसको सह संयोजकमा कर्णबहादुर राई, सचिवमा पवन राजवंशी, सह सचिवमा भुवन खतिवडा, कोषाध्यक्षमा हेमबहादुर पौडेल र सदस्यहरुमा मनोहर शाक्य र हरिकृष्ण घिमिरे रहेका छन् । सवारी चालक मञ्चको कार्य समितिको कार्यकाल २ वर्षको रहने प्रावधान छ । साधारण सभामा मञ्चले संस्थामा अभिभावकिय भूमिका निर्वाह गरेको भन्दै सदस्य मनोहर शाक्यलाई कदर पत्र प्रदान गरिएको थियो । सवारी चालक मञ्चले साधारण सभाको अवसरमा आज विहान शिवसताक्षीको दूधे…
चारपाने, १७ असोज । झापाको बिर्तामोडबाट सञ्चालित डिजिटल मिडिया शब्दपत्र डटकम चौथो बर्ष प्रवेश गरेको छ । चौथो बर्ष प्रवेशको अवसरमा शब्दपत्र डटकमले सहयोगीलाई सम्मान र सञ्चालकलाई प्रमाणपत्र बितरण गरेको छ । शब्दपत्र प्रकाश प्रा.लि.का अध्यक्ष वालकृष्ण गिरीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यमा बिर्तामोड–२ स्थित पर्शुराम पार्टी प्यालेसमा विजयादशमीको शुभकामना आदन–प्रदानसहित वार्षिकोत्सव मनाइएको थियो । कार्यक्रममा सनलाइट ह्युमन रिर्सोर्स प्रालि बिर्तामोड शाखाका प्रमुख विनोद राई, र मास ह्युमन रिर्सोर्स प्रालि बिर्तामोड शाखा प्रमुख विकास रेग्मीलाई सम्मान गरिएको थियो । त्यस्तै संस्थाका अध्यक्ष वालकृष्ण गिरी, सञ्चालक पावर्वता गिरी, अर्जुन गिरी, तारा दुलाल, उमेश भारती…
बनियानी, १७ असोज । झापामा पछिल्लो समय आएको अविरल वर्षाका कारण कृषि क्षेत्रमा पाँच करोड २१ लाख बढीको क्षति भएको छ । गत असोज ९ गतेदेखि आएको अविरल वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्न–तरकारी बालीमा क्षति पु¥याउँदा रू पाँच करोड २१ लाख ५१ हजार नौ सय बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । “अहिलेसम्म पाँच वटा पालिकाको क्षति विवरण आएको छ”, उहाँले भन्नुभयो, “विवरण संकलन गर्ने काम जारी छ ।” क्षति विवरण अझै बढ्ने उहाँले बताउनुभयो । झापा गाउँपालिका ४० दशमलव ५ हेक्टरमा लगाएको धान बाली क्षति हुँदा रू ४८ लाख, गौरीगञ्ज गाउँपालिका एक…
बनियानी, १७ असोज । झापाको हल्दिबारीमा आज हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट हल्दिबारी गाउँपालिका–३ का ६५ वर्षीया वाङ्दी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हल्दिबारी–३ स्थित रणकाली सामुदायिक जंगलमा घाँस काट फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो । झण्डै १० वटा हात्तीको समूहले लखेटेर लतारपछार पारेर कुल्चिँदा गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।
भद्रपुर, १७ असोज । गत साता अविरल वर्षाका कारण आएको बाढीमा डुबेर झापामा छ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार तीनजनाको गौरादहको कृष्णे खोलामा डुबेर ज्यान गएको छ भने कनकाई, मेची र जमुना नदीमा डुबेर एक–एक जनाको मृत्यु भएको छ । गौरीगञ्ज–२ बस्ने ५५ वर्षीय केनालाल ताजपुरिया, गौरीगञ्ज–२ कै ७५ वर्षीय महेश्वर न्यौपाने र कमल–१ बस्ने मुसे भनिने ३५ वर्षीय टिकाराम चौधरीको कृष्णे खोलामा डुबेर मृत्यु भएको हो । त्यस्तै, कचनकवलको जमुना खोलाले बगाएर कचनकवल–१ की १४ वर्षीया नेहारिका राजवंशीको मृत्यु भएको थियो । बेपत्ता चारै जनाको शव लामो खोजतलास पछि मात्र फेला परेको थियो ।…
झापा, १७ असोज । द ब्युटी वर्ल्ड मेकअप पार्लर एण्ड ट्रेनिङ सेन्टर झापाले आफ्नो फ्रेन्चाइज शाखा विस्तार गरेको छ । सीप सिकाएर महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्य सञ्चालित ट्रेनिङ सेन्टरले बुटवलस्थित किङ एण्ड क्वीन युनिसेक्स सैलुनसँग बुधबार औपचारिक सम्झौता गर्दै आफ्नो फ्रेन्चाइज शाखा विस्तार गरेको हो । हाल देशभर ४० वटा फ्रेन्चाइज बिस्तार गरेको ब्युटी वर्ल्डले वार्षिक चार सय महिलालाई निःशुल्क सीप प्रदान गरी आर्थिक रुपमा आत्मनिर्भर बनाउने योजनालाई अघि सारेको सञ्चालक वत्सल भट्टराईले जानकारी दिनुभयो । देशका विभिन्न शहरमा बिस्तार भएका फ्रेन्चाइजबाट कम्तिमा १० जना गरिब तथा विपन्न परिवारका महिलालाई छनोट गरी पार्लर सम्बन्धि सीप सिएकार देश–विदेशमा रोजगारका…
गुजरात, १७ असोज । यौन सम्पर्ककै क्रममा युवतीको मृत्यु भएपछि सम्बन्धित युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको गुजरात राज्यको नवसारीमा प्रहरीले २६ वर्षीय युवकलाई ‘मनसायरहित’ हत्याको आरोपमा पक्राउ गरेको हो । ती युवकले यौन सम्पर्कपछि अत्यधिक रक्तस्रावका बाबजुद युवतीलाई उपचारका लागि समयमै अस्पताल नलगेको प्रहरीको भनाइ छ । पीडित युवतीको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । आरोपितले प्रमाण नष्ट गरेकोबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले पीडित र पीडक दुवैको नाम गोप्य राखेको छ । नवसारी जिल्लाको जलालपुर निवासी युवकले एक परिचित युवतीसँग यौन सम्पर्क गरेको र रक्तस्राव भएर युवती सिकिस्त हुँदा पनि एम्बुलेन्स बोलाएर…
झापा, १७ असोज । हालैको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छभने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् । हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ । सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न गृह मन्त्रालयले आग्रह गरेको छ ।