झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र ९डोरो० बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने…

Read More

भद्रपुर, २ भदौ । कालीमन्दिर टोल विकास संस्था भद्रपुर–७ मा हुतराज(उत्तम) नेपालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । संस्थाले शनिबार आयोजना गरेको चौथो बार्षिक साधारणसभाले दुईबर्षे कार्यकालका लागि नयाँ समिति चयन गरेको हो । गठित समितिको उपाध्यक्षमा बालकुमारी (मिना) भट्टराई,सचिवमा जीवनमणि लम्साल ,सहसचिवमा हिमा न्यौपाने र कोषाध्यक्षमा दिक्षा विश्वकर्मा चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा विवेक लम्साल, रामविलास सहनी मुखिया,केशव ऋषिदेव र तिर्थराज पोखरेल चयन गरिएको निर्वाचन मण्डलका संयोजक जगन्नाथ खतिवडाले बताए । कार्यसमितिको पहिलो वैठकले दुई जना सदस्य मनोनयन गर्ने गरी हाल ९ जनाको समिति गठन गरिएको उनले बताए । गठित समितिलाइ निर्वतमान कार्यसमितिले पद हस्तान्तरण…

Read More

झापा, २ भदौ । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत मनसुनजन्य विपद्मा परी आज दिउँसोसम्म एक सय ८२ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५५, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी एक सय ८२ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँकाअनुसार बाढीपहिराका कारण काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेस प्रदेशमा १२, बागमती प्रदेशमा २३, गण्डकी प्रदेशमा ४६, लुम्बिनी प्रदेशमा १८,…

Read More

कचनकवल, २ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन तथा जनै पूर्णिमा (ऋषि तर्पणी) पर्वको अवसरमा कचनकवलमा सामूहिक गणस्नानको आयोजना गरिने भएको छ। वैदिक सनातन संरक्षण समिति कचनकवलको आयोजनामा यो विशेष स्नान कार्यक्रम भोलि बिहान ७ः३० बजे कचनकवल–५ स्थित मेची नदीको ब्रह्मघाटमा हुनेछ । समितिका अनुसार यस वर्ष पनि श्रावणिक स्नानमा स्थानीय जनसमुदायको ठूलो सहभागिता रहने अपेक्षा गरिएको छ । जनै पूर्णिमा सनातन धर्मावलम्बीहरूको लागि अत्यन्त महत्वपूर्ण पर्व हो । यस दिन धार्मिक रूपमा पवित्र मानिएको स्नान, ऋषि तर्पण र रक्षाबन्धनजस्ता धार्मिक कार्यहरू गरिन्छन् । यो स्नान कार्यक्रममा भाग लिँदै श्रद्धालुहरूले आफ्नो धार्मिक कर्तव्य पूरा गर्दै आस्थालाई…

Read More

झापा, २ भदौ । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मंगलबारेमा अस्थायी प्रहरी पोष्ट उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका बीच प्रतिनिधि सभाका सदस्य विश्वप्रकाश शर्माले अस्थायी प्रहरी पोष्टको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालय झापाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मिलन केसी लगायतको आतिथ्य रहेको थियो । प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा चार जना सुरक्षाकर्मी रहने जनाइएको छ ।

Read More

झापा, २ भदौ । हावाहुरीसँगै आएको वर्षाले झापाको मेचीनगर नगरपालिकास्थित एक चिया फ्याक्ट्रीमा साढे छ लाख बराबरको क्षति भएको छ । मेचीनगर नगरपालिका–१५ कालिका घारस्थित प्रदिप मितलले सञ्चालन गरेको बैभब टि स्टेट प्रालिमा पानीसँगै आएको हावाहुरीले फ्याक्ट्रिमा लगाएको ५५ वटा टिनको जस्ता पात्ता उडाई फ्याक्ट्रि भित्र रहेको ४ हजार केजी तयारी चिया पानीले भिज्दा करिब ६ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी चौकी ज्यामिरगढीबाट प्रहरी टोली खटिएको र घटनामका सम्बन्धमा थप बुझ्ने कार्य भइरहेको जनाइएको छ ।

Read More

महिलाको क्षमता बढाउन अनेमसंघको अभिमुखीकरणकाँकरभिट्टा, २ भदौ । महिलाहरुको क्षमता अभिबृद्धि र सशक्तीकरणका लागि नेपाल महिला संघ झापाको आयोजनामा जारी अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आज झापा क्षेत्र नं–१ मा सम्पन्न भएको छ । नेपाल महिला संघ झापाको आयोजना एवं १ नम्बर क्षेत्रीय समितिको संयोजनमा काकरभिट्टा खानेपानीको सभाहलमा सम्पन्न प्रशिक्षणमा महिलाहरुको नेतृत्व विकासका विषयमा बद्री कार्की, संविधान एवं कानुनमा महिलाका अधिकारका विषयमा अधिवक्ता बसन्त नेपाल र नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास र नेपाल महिला संघका विषयमा विकास उप्रेतीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महिलाहरुको सशक्त र अर्थपूर्ण सहभागीताले हरेक क्षेत्रमा परिवर्तन सम्भव रहेको बताउँदै क्षमतावान…

Read More

राष्ट्रिय परिचय पत्र विवरण दर्ताबारे बिर्तामोड नगरपालिकाको अत्यन्तै जरुरी सूचना !

Read More

द्रोण अधिकारी गुयेलीकवि, लेखक, विश्लेषक, सम्पादक/प्रकाशक तथा पत्रकारको पहिचान बनाएका राजेश ढुंगाना सडक कविता क्रान्तिकाल वि सं २०३६ सालदेखि विद्रोह बोकेर कविता रचना गरिरहेका स्रष्टा हुन् । यस अवधिमा नेपाली राजनीतिले उथलपुथलका दर्जन घटना पार गर्दा पनि ढुंगाना कविता लेखनको ४५ वर्षे यौवन पूरा गरेर निरन्तर विद्रोहका भाव ओकलिरहेका छन् । झापा भद्रपुर ८ निवासी कवि ढुंगाना कविता लेख्नकै लागि जन्मिएका व्यक्ति जस्तो आभाष उनका कविताले दिलाउँछन् । झापा भद्रपुरमा २०१९ मा जन्मिएका कवि ढुंगाना काव्य रचनामा कोमल हृदय भएका तर विकृति बिरूद्ध प्रहार गर्ने शसक्त सर्जक हुन् । स्वतन्त्रका लागि कठोर आवाज विद्रोह स्वरूप ओकल्ने कवि ढुंगानाको मन भने…

Read More

झापा, २ भदौ । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालले नयाँ भवनबाट बहिरंग (ओपीडी) सेवा शुरु गरेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामबाबु खड्काले आज वैदिक विधिबाट पूजाआजा गरी नयाँ भवनबाट ओपीडी सेवा शुरु गर्नुभएको हो । अस्पतालमा ओपीडीमा सेवा लिन आउने सेवाग्राहीको चाप अधित्याक हुने गरेको पहिलो चरणबाट नयाँ भवनबाट उक्त सेवा सुरुवात गरिएको निमित्त मेडिकल सुपरिटेन्डेट खड्काले बताउनुभयो । “भवन निर्माण भएर मात्र हुँदै अन्य स्वास्थ्य सामग्री र उपकरण पनि चाहिन्छ”, उहाँले भन्नुभयो, “त्यसैले ओपीडी सेवामात्र शुरु गरेका हौं ।” उहाँले केही सामग्री खरीद गरिए पनि त्यो अपर्याप्त भएको बताउनुभयो । पर्याप्त बजेट व्यवस्थापन गर्न सकिए नयाँ…

Read More