
झापा, २ भदौ । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालले नयाँ भवनबाट बहिरंग (ओपीडी) सेवा शुरु गरेको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामबाबु खड्काले आज वैदिक विधिबाट पूजाआजा गरी नयाँ भवनबाट ओपीडी सेवा शुरु गर्नुभएको हो । अस्पतालमा ओपीडीमा सेवा लिन आउने सेवाग्राहीको चाप अधित्याक हुने गरेको पहिलो चरणबाट नयाँ भवनबाट उक्त सेवा सुरुवात गरिएको निमित्त मेडिकल सुपरिटेन्डेट खड्काले बताउनुभयो ।
“भवन निर्माण भएर मात्र हुँदै अन्य स्वास्थ्य सामग्री र उपकरण पनि चाहिन्छ”, उहाँले भन्नुभयो, “त्यसैले ओपीडी सेवामात्र शुरु गरेका हौं ।” उहाँले केही सामग्री खरीद गरिए पनि त्यो अपर्याप्त भएको बताउनुभयो । पर्याप्त बजेट व्यवस्थापन गर्न सकिए नयाँ भवनबाट पूर्णरुपमा सेवा प्रवाह गर्न सकिने उहाँको भनाइ छ ।
नवनिर्मित अस्पताल भवनको तला थपका लागि सरकारले रू दुई करोड बजेट उपलब्ध गराइसकेको छ । भवनको ठेक्का प्रक्रिया शुरु भई काम अघि बढाइने खड्काले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



