
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २९ भदौ । झापाका अर्जुनधाराका पत्रकार अमित खम्बू सम्मानित भएका छन् । बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको पताल गंगा बचत तथा ऋण सहकारी संस्थाले वर्ष उत्कृष्ट सञ्चारकर्मीका रुपमा खम्बूलाई नगद सहित सम्मान गरेको हो । कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले सम्मान पत्र प्रदान गरेका थिए । सहकारीको क्षेत्रमा विगत लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार खम्बूलाई सहकारीको श्रीवृद्धिमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको बताइएको छ ।
बिर्तामोड, २९ भदौ । प्रेमिका भनिएकी युवतीको हत्या गर्ने कैलाली गौरीगंगा नगरपालिका–३ बस्ने २० वर्षीय अनिल विकको अवस्था गम्भीर रहेको छ । प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत विकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ‘उनको अवस्था क्रिटिकल नै छ ’ बिर्तामोड प्रहरीका डीएसपी प्रकाश विष्टले भने, ‘अहिलेसम्म बोल्न सकेका छैनन् । अचेत नै छन् ।’ उनले हिजो साँझ ६ः३० बजेतिर अर्जुनधारा ६ को महानन्द चोकमा आफ्नी प्रेमिका भनिएकी इलाम सूर्योदय नगरपालिका १० फिक्कलकी १९ वर्षीया मनीषा लोहारलाई छुरा प्रहार गरी हत्या गरेका थिए । छुरा प्रहार गर्ने विकलाई स्थानीयले प्रतिकार गर्दा उनी घाइते भएका हुन् । युवतीलाई छुरा प्रहार गरी…
सरोज भट्टराईशिवसताक्षी, २९ भदौ । पछिल्लो समय रोग निको भए पनि दीर्घकालीन रुपमा स्वास्थ्यमा असर नगर्ने भएपछि सर्वसाधारण बिरामीको आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको छ । झापाको शिवसताक्षीमा आयुर्वेद पद्धतिबाट उपचार गर्ने विरामीको संख्या विगतका वर्षहरुमा हेर्दा बढ्दो देखिन्छ । शिवसताक्षीको दूधेमा आयुर्वेद औषधालय छ । यो पुरानो औषधालय हो । जसमा उपचार गराउनेको विरामीको संख्यामा दिन प्रतिदिन बढ्दो रहेको औषधालयका डा. कविराज तथा निरिक्षक राजेन्द्र पोख्रेलले जानकारी दिए । ‘अहिले विकसित मुलुकमा हर्बल भनेर आयुर्वेदिक औषधिको प्रयोग बढेको छ’, उनले भने, ‘यहाँ भने पहिलेको तुलनामा यहाँ पनि बढ्दै छ ।’ आयुर्वेदको महत्व बुझ्दै गएपछि यसमा अझ आकर्षण बढ्दै जानेछ…
झापा, २९ भदौ । महाकाली नदीमा आएको बाढीले बगेर ल्याएको दाउरा तार्ने क्रममा कञ्चनपुरका दुई जना युवा बगेर बेपत्ता भएकोमा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । भिमदत्तनगरपालिका–१२ एरिका दुई जना युवामध्ये १८ वर्षीय सौरव दमाईको शव पिपरिया झेलुङगेपुल नजिक भेटिएको र अर्का १५ वर्षीय अबि दमाई को खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
झापा, २९ भदौ । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज र भोली झापा, मोरङ र सुनसरीमा व्यस्त हुने भएका छन् । प्रचण्ड आज विराटनगरको सिमानामा पर्ने कटहरीमा जारी कृषि एक्स्पोको अवलोकनमा जानेछन् । मेलाको अनुगमन पछि उनी बुढीगंगास्थित पूर्व मन्त्री तथा माओवादीका सांसद अमनलाल मोदीको घरमा खाना खाने कार्यक्रम छ । त्यसपछि उनले ग्रामथानको नेताचोकमा आयोजित पार्टी प्रवेश तथा जनसभामा सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि अध्यक्ष प्रचण्ड सुनसरीको इटहरीमा आजै हुने युवाहरूको जिल्ला प्रशिक्षणका लागि जानेछन् । त्यहाँको सम्बोधन पछि उनी बेलुका झापा पुग्ने माओवादी स्रोतले जनाएको छ । त्यस क्रममा कतिपय स्थानमा प्रचण्ड प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्धको…
झापा, २९ भदौ । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढाले बिहीबार मात्रै आफूलाई ‘शी लिड्स आइकन’को उत्कुष्ट महिला जनप्रतिनिधिमा जिताउन ‘फेसबुक’मार्फत भोट माग्नुभएको थियो । तर, उहाँको शी लिड्स आइकन बन्ने सपना शुक्रबार गलकोट नगरपालिका–२ मा भएको जिप दुर्घटनासँगै सधैँको लागि समाप्त भयो । आमाको खुट्टाको उपचारपछि घर फर्किँदै गर्नुभएका बुढाले आफ्नी आमासँगै दुर्घटनामा ज्यान गुमाउनुभयो । आमाको खुट्टाको उपचारपछि एकसाता लामो काठमाडाँै बसाइ सकेर रुकुम पूर्वतर्फ फर्कंदै गर्दा बागलुङको गलकोटमा भएको जिप दुर्घटनामा ३३ वर्षीया उपाध्यक्ष बुढा र उहाँकी आमा ६१ वर्षीया गोपीमाया बुढाको ज्यान गएको हो । उनीहरुसँगै सोही गाउँपालिका–२ का वडाअध्यक्ष जसबहादुर श्रीपालीको पनि घटनास्थलमा…
भद्रपुर, २८ भदौ । अदालतको अंश मुद्दाको फैसलाविपरीत भूमिसुधार तथा मालपोत कार्यालय झापाले एउटा परिवारको जमिन अर्को व्यक्तिको नाममा नामसारी गरिदिएको घटना बाहिर आएको छ । झापा जिल्ला अदालत भद्रपुरले जग्गा जमिनको अंश छुट्याई भूमिसुधार तथा मालपोत कार्यालय झापालाई समेत दाखिल खारेज दर्ता गरिदिने भनी गरेको लिखित निर्देशन विपरीत मालपोतका कर्मचारीले सो जग्गा अन्य व्यक्तिको नाममा नामसारी गरिदिएको खुलेको हो । अदालतको आदेशको उल्लङ्घन गर्दै मालपोतले आफूहरूको नाममा हुनुपर्ने जमिन अरूको नाममा पास गरिदिएपछि अहिले पीडित परिवार न्याय खोज्दै हिँडिरहेका छन् । घटना विवरण अनुसार साबिक महेशपुर गाविस–१ हाल भद्रपुर नगरपालिका–४ बस्ने श्यामबहादुर केसीले दुई वटा विवाह गरेका थिए ।…
झापा, २९ भदौ । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्य उत्तर प्रदेशको आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। भारी वर्षा हुने क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन…
झापा, २९ भदौ । शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अर्जुनधारा नगरपालिकामा शनिबार राति र शिवसताक्षीमा शुक्रबार राति गरी दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । उनका अनुसार अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोकमा शनिबार राति इलाम सूर्योदय नगरपालिका–१० फिक्कलकी १९ वर्षीया मनिषा लाहोरको छुरा प्रहार गरी हत्या गरिएको छ । लाहोर हत्याको आरोपमा कैलाली गौरीगञ्ज नगरपालिका–३ का २० वर्षीय अनिल विकलाई प्रहरीले पक्राउ गरेको छ । लोहारलाई पटक९पटक छुरा प्रहार गरी घाइते बनाएर भाग्ने क्रममा उनलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका…
झापा, २९ भदौ । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर ३६ मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो । भूकम्पको धक्का बझाङ र आसपासका क्षेत्रमा सामान्य महसुस भएको बताइएको छ ।