झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ८ असोज । आइसिसी विश्वकप लिग टूमा मङ्गलवार नेपालले ओमानविरुद्ध खेल्दै छ । क्यानडा भ्रमणमा रहेको राष्ट्रिय क्रिकेट टिमले दोस्रो पटक ओमानविरुद्ध खेल्न लागेको हो । खेल राति पौने ९ बजे सुरु हुनेछ । विश्वकप लिग टूमा निकै खराब सुरुवात गरेको नेपाल पछिल्ला ५ खेलमा पराजित छ । घरेलु टोली क्यानडासँग दुई खेल गुमाएको नेपालले ओमानविरुद्धको पहिलो खेल समेत हार्न पुगेको थियो । लिग टूका सुरुवात ७ मध्य नेपालले मात्र एक खेलमा जित निकाल्दै दुई अङ्क जोडेको छ । लिगको दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराउनु बाहेक नेपालले लिग टूमा जित देख्न पाएको छैन । नामिबिया र नेदरल्याण्ड्सँग घरेलु मैदानमा तीन…

Read More

झापा, ८ असोज । दशैंमा काठमाडौँबाट घर जानका लागि यही शनिबारदेखि बसको अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ । यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबिच आज भएको छलफलपछि यही असोज १२ गते शनिबारदेखि बसको अग्रिम टिकट बुकिङ खुला गरिने निर्णय भएको महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो । यस्तै यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला गर्ने तर, कुनै बाटोको विशेष प्रकृतिका कारण बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारीसाधनको बन्देज भने कायमै रहने निर्णय भएको छ । त्यस्तै घटस्थापना अगाडि नै सडकका खाल्डाखुल्डी पुरेर सुरक्षित पार्ने, चाडबाडपछि भाडा समायोजन गर्ने…

Read More

लेबनान, ८ साउन । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार भएको इजरायली आक्रमणमा लेबनानमा ३५ बालबालिकासहित कम्तीमा चार सय ९२ जनाको मृत्यु भएको छ । । यो अक्टोबर ७ मा गाजामा युद्ध सुरु भएयता सीमापार हिंसाको सबैभन्दा घातक दिन थियो । अरब मुलुकहरूले करिब एक वर्षयता नदेखिएको स्तरमा तीव्र भएको हिजबुल्लाहसँगको बढ्दो शत्रुताका लागि इजरायलको कडा निन्दा गरेका छन् ।हमास र अन्य प्यालेस्टिनी लडाकुहरूले हिजबुल्लाह र इरान समर्थित अन्य समूहलाई समावेश गर्दै इजरायलमाथि अक्टोबर ७ मा आक्रमण गरेपछि युद्ध सुरु भएको हो । इजरायलले दक्षिणी पूर्वी लेबनानका करिब एक हजार छ सय स्थानमा आक्रमण गर्दा ‘ठूलो सङ्ख्यामा’ हिजबुल्लाहका लडाकुहरू मारिएको बताएको…

Read More

चन्द्र बस्नेतकनकाई ६ असोज । अत्यधिक गर्मीका कारण झापासहित पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ । केही दिनदेखि बढिरहेको गर्मीका कारण मानिसहरू ढल्न थालेका छन् । केही दिन अघि गिरीबन्धु टी ई स्टेटनजिक मृत फेला परेकी महिलाको अत्यधिक गर्मीकै कारण मृत्यु भएको प्रहरीले जनाएको छ । गर्मीका कारण बिर्तामोड ६ की ३६ वर्षीया राधिका जोगीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिनुभयो । त्यस्तै कनकाईको कोटीहोम क्षेत्रमा एक जना वृद्धा आज अत्यधिक गर्मीका कारण ढलेकी छन् । कोटीहोम क्षेत्रमा लडिरहेको भेटेपछि उनलाई राधाकृष्ण मन्दिर श्याम कुटीमा केही समय राखेको र सुरुङ्गामा रहेकोे स्वास्थ्य केन्द्रमा लागिएको जनाएको…

Read More

अन्जान मुखियाझापा, ५ भदौ । याक्थुङ स्टार सिजन २ आज शनिबारबाट सुरु भएको छ। “याक्थुङ भाषा याक्थुङ लिपी याक्थुङहरुको मौलिकता र अस्तित्व बचाउने याक्थुङ स्टारको अभियान” भन्ने नाराका साथ अमर कृती म्युजिक प्रा.लिको आयोजनामा याक्थुङ स्टार सिजन २ सुरु भएको हो । आज औपचारिक रुपमा देश विदेश बाट आउनुभएका अथितीका बिच कार्यक्रमको उद्द्धाटन गरिएको आयोजकले जनाएको छ । सिजन २ मा नेपाल, भारत र भुटानका कलाकार सहभागी हुने छन् भने एउटा एपिसोड भारतको सिक्किममा समेत सञ्चालन हुने बताएको छ। प्रतियोगिताको फाइनल झापाको बिर्तामोडमा हुने याक्थुङ स्टार सिजन २ को संयोजक तथा अमर कृती म्युजिक प्रा.लि.का अध्यक्ष ब्रोसिस माबोहांगले जानकारी दिनुभयो…

Read More

बिर्तामोड, ५ असोज । टेरी मिकेस्का फाउण्डेसन टेक्सस अमेरिकाले बिर्तामोड नगर अस्पताललाई डिफिब्रिलेटर मेसिन हस्तान्तरण गरेको छ । नगरअस्पतालमा आयोजित एक कार्यक्रमका विचफाउण्डेसनका प्रमुख टेरी मिकेस्काले नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष पवित्रा महतारा प्रसाईंलाई मेशिन हस्तान्तरण गर्नु भयो । डिफिब्रिलेटर मुटुको धड्कन नभएको अवस्थामा प्रयोग गरिने कार्डियोअरेष्ट प्रविधि हो । फाउण्डेसनका अनुसार उक्त मेशिन ६ हजार अमेरिकी डलरमा खरिद गरिएको अस्पताल प्रशासन प्रमुख टिका अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले नगर अस्पतालमा भएको आवश्यकतालाई महसुस गरेर डिफिब्रिलेटर प्रदान गरेकोमा टेरी मिकेस्का फाउण्डेसनलाई धन्यवाद दिनु भयो । उहाँले नगरबासीको स्वास्थ्यलाई मध्यनजर गरेर नगरअस्पताललाई व्यवस्थित र सुविधासम्पन्न…

Read More

झापा, २ असोज । झापाको मेचीनगर नगरपालिकाबाट सशस्त्र प्रहरी बल नेपालले लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ । आज काँकरभिट्टा नाकास्थित मेचीपुलबाट भारतबाट नेपालतर्फ आउँदै गरेका कमल गापा–५ का ४१ वर्षीय दिपेन राईलाई ब्राउनसुगरसहित पक्राउ गरिएको हो । काँकडभिट्टामा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट परिचालन भएको Drugs Detection Trade को नं. A071 जात ल्याब्राडोर जोजो नामको लागुऔषध सम्बन्धी बिषेश तालिम प्राप्त Dog र Dog Handler सशस्त्र प्रहरी बरिष्ठ हवल्दार सुमन भण्डारी सहितको ४ जनाको टोलीले १० ग्राम लागुऔषध ब्राउनसुगरसहित राईलाई नियन्त्रणमा लिएको हो । विशेष तालिम प्राप्त कुकुरद्वारा तलासी लिँदा राईले लागुऔषध मलद्वारमा लुकाई ल्याएको…

Read More

झापा, २ असोज । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज १० बजेर ८ मिनेट जाँदा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत भदौ ३० गते ताप्लेजुङको ल्होनाक आसपास केन्द्रविन्दू भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ । नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पीय जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।

Read More

सुरुङ्गा, २ असोज । नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गाका संस्थापक सभापति तथा जग्गादाता गेहनाथ उप्रेतीको निधन भएको छ। सामाजिक कार्यमा सधैं अग्रसर रहनु भएका स्वर्गीय उप्रेतीले रेडक्रसका विभिन्न सेवाहरूमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए। उहाँको असोज १ गते निधन भएको हो । लामो समयसम्म कनकाई नगरपालिका–७ दुर्गापुरमा बसोबास गर्दै आएका उप्रेती हाल कनकाई नगरपालिका–३, रेडक्रस टोल सुरुङ्गामा बस्दै आएका थिए। स्व. उप्रेतीका धर्मपत्नी कमलादेवी, ३ भाइहरू पदम, गोपाल र गङ्गाप्रसाद, ३ छोराहरू डा. राजेन्द्र, शङ्कर र योगेन्द्र, र ४ छोरीहरू उर्मिला, ईश्वरा, जानुका र संजिता रहेका छन्। उप्रेतीको असोज १ गते नै कनकाई घाटमा वैदिक विधिपूर्वक दाहसंस्कार गरिएको छ ।

Read More

बिर्तामोड, २ असोज । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको नयाँ नेतृत्व चयन भएको छ । संस्थाको आज भएको १४ औं साधारणसभा अन्तर भएको निर्वाचनबाट पुरानै कार्यसमिति सर्वसम्मत चयन भएका छन् । चार वर्षे कार्यकालका लागि संस्थाको अध्यक्षमा सुवास भट्टराई पुनः सर्वसम्म निर्वाचित हुनुभएको हो । संस्थाको उपाध्यक्षमा किरण कपुरी, सचिवमा इन्द्रबहादुर कार्की, कोषाध्यक्षमा मेहरमान विष्ट चयन हुनुभएको छ । नौ सदस्यीय कार्यसमितिको सदस्यमा लीला अधिकारी मुखिया, सशीकला मुखिया सुनुवार, चन्द्रकला भट्टराई, प्रकाश भट्टराई र नविन योगी चयन हुनुभएको निर्वाचन समिति संयोजक अधिवक्ता पवन कार्कीले जानकारी दिनुभयो । त्यसैगरी संस्थाको तीन सदस्यीय लेखा समितिको संयोजकमा…

Read More