
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ११ असोज । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालमा उत्तरी मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदलीदेखि पूर्णतया बदली रहेको छ। सबै प्रदेशको एक– दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली देखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा धेरै वर्षाको…
भद्रपुर, ११ असोज । भारतमा हत्या गरी केरा बगान शव भेटिएकी झापा भद्रपुरकी ३२ वर्षीया बबिता राजवंशीको घर कोठा भारतीय प्रहरी आएर खानतलासी गरेको छ । नेपाल प्रहरीको उपस्थिति बिना सादा पोसाकमा आएका भारतीय प्रहरीले बबिताको कोठा खानतलासी गरेको हो । श्रीमानसँग छुट्टिएर छोराहरूसँगै भद्रपुर–६ स्थित गिरी चोकमा घर भाडा लिएर बस्दै आएकी बबिताको कोठाबाट भारतीय प्रहरीले विवाह दर्ता, भारतमा उपचार गराएको कागजात र लुगा कपडा लगेको एक प्रत्यक्षदर्शीले बताएका छन् । पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला अन्तरगतको खोरीबारी पुलिस थानाबाट आएका चार जना सादा पोसाकका प्रहरीले मृतक बबिताको आफन्तसँग समन्वय गरेर कोठा खानतलासी गरेको भद्रपुर–६ नम्बर वडाध्यक्ष रतिया राजवंशीले जानकारी…
भद्रपुर नगरपालिकाको कवाडी कर र ग्रेडर भाडामा लगाउने डाक बडावड सम्बन्धी सूचना !
झापा, ११ असोज । मोरङको उर्लाबारीमा नातिनीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आफ्नै हजुरबुवालाई पक्राउ गरेको छ । एक स्थानीय सामुदायिक विद्यालयमा–कक्षा १० मा अध्ययनरत १६ वर्षीया किशोरीलाई हजुरबुवाले बलात्कारको प्रयास गरेका थिए । प्रहरीले ७० वर्षका हजुरबुवालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । बलात्कारको प्रयास भएपछि छात्राले विद्यालयका आफ्ना शिक्षकलाई घटना बारेमा जानकारी गराएकी थिइन् । शिक्षकको ठाडो उजुरीमा हजुरबुवालाई बुधबार साँझ घरैबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
झापा, ११ असोज । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ । आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने नदीहरूको विवरण सार्वजनिक गरेको हो । असोज ११ गते नारायणी नदीमा उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहने विभागको अनुमान छ । यस्तै कन्काई नदी ११ गते उच्च जोखिम हुने र अरु समयमा मध्यम जोखिम हुने जनाइएको छ । कमला नदी असोज ११ गते उच्च र १२…
सन्तोष शर्मा झापा, १० असोज । झापाको अर्जुनधारा नगरपालिका–९ स्थित शनिश्चरे नगर अस्पताललाई रू ७६ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरिएको छ । संघीय सरकारबाट प्राप्त उक्त सामग्री आज एक कार्यक्रमका बीच अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देनले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.योगेश चेम्जोङलाई हस्तान्तरण गर्नुभएको हो । अस्पताललाई रू ७६ लाख बराबरको अत्याधुनिक प्रसूती शैय्या, ईसीजी मेसिन, फोटोथेरापी मेसिन एक÷एक थान, बिरामी शैय्या नौ थान, एक्स–रे मेसिन एक थान, बीपी सेट पाँच थान, ल्याब्रोटेरी माइक्रोस्कोप एक थान, सीटीजी मेसिन एक थान र पोर्टेबल भिडियो एक्स–रे मेसिन एक थान प्रदान गरिएको हो । सामग्री हस्तान्तरण कार्यक्रममा नगर प्रमुख गोम्देनले नगरपालिकाले आमा र…
झापा, १० असोज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षाबाट उच्च जोखिममा रहका जिल्लामा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै आज रातिदेखि आइतबारसम्म देशैभर धेरै वर्षा हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो । यसअघि जल तथा मौसम विज्ञान विभागले ५६ जिल्लामा धेरै वर्षा हुने जनाएको छ । विभागले ती जिल्लाहरूमा जनधनको क्षति हुनसक्ने भन्दै सजग गराएको थियो । विभागले चार दिन धेरै एवं अति धरै मनसुनी वर्षाबाट सातवटै प्रदेशका ५६ जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेको भन्दै प्राधिकरणले आवश्यक सतर्कता अपनाउन भनेको हो । प्राधिकरणले वर्षाको उच्च जोखिम रहेका हिमाली…
झापा, १० असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक व्यवस्था स्थापना र पूर्वाधार निर्माण लगायत सबै हिसाबले माओवादीले नै नेपालमा नयाँ युगको सुरुवात गरेको बताउनुभएको छ । अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय उद्घाटन गर्दै उहाँले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नयाँ समाजवादी क्रान्तिको नेतृत्व पनि माओवादीले गर्ने बताउनुभयो । ‘संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्वसहितको राज्य व्यवस्था नेपालमा माओवादीकै कारण स्थापित भएको हो भन्ने ऐतिहासिक तथ्यलाई अब कसैले अस्वीकार गर्न सक्ने अवस्था छैन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, संविधानसभाबाट संविधान निर्माण र त्यसमा आम सहमति जुटाएर कार्यान्वयन गर्ने काम मात्र होइन, माओवादीले सरकारको नेतृत्व गर्ने अवसर…
झापा, १० असोज । सुनसरीको कोसी ब्यारेजको ३४–३६ नम्बर ढोकाको बीचमा सप्तकोसी नदीमा खसेको बसमा सबार सबै यात्रुको उद्धार गरिएको छ । विराटनगरबाट गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बर बस नरसिंह डिलक्स यातायात बिहीबार साझ ५ः३० बजेको समयमा कोसी ब्यारेज स्थित सप्तकोसी नदीमा खसेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । बसमा सबार सबै जनाको सकुशल उद्धार भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयो । केही घाइते भएकालाई थप उपचारका लागि अस्पताल पठाइएको र यस विषयमा थप विवरण आउन बाँकी रहेको जिला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
धाइजन, १० असोज । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा अन्तरगत आज सदस्य सेवा केन्द्र दुहागढीको इकाइगत साधारण सभा सम्पन्न भएको छ । इकाइगत साधारणसभामा संस्थाका अध्यक्ष सुब्रत न्यौपानले वार्षिक प्रगति प्रतिवेदन, लेखा समिति सदस्य लक्ष्मी देवानले लेखा समितिको प्रतिवेदन र ऋण उपसमिति संयोजक हेमराज मिश्रले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका शेयर सदस्यहरुले संस्थाका गतिविधिका बारेमा जिज्ञासासमेत राख्नुभएको थियो । कार्यक्रममा चार जना सदस्यलाई सम्मान गरिएको थियो । उत्कृष्ट कर्जा कारोबारकर्ता उदयकुमार रानामगर, उत्कृष्ट आवधिक बचतकर्ता कान्छी राजवंशी, उत्कृष्ट साधारण बचतकर्ता हीरामणि राजवंशी र उत्कृष्ट शिक्षा बचतकर्ता…