झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३० भदौ । पेट्रोल र डिजेल दुवैको मूल्य घटेको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । नयाँ मूल्य अनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १५९ रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलमा १४९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यो मूल्य तेस्रो वर्ग अन्तर्गत पर्ने पोखरा र दिपायलमा समेत लागु हुनेछ । त्यस्तै दोस्रो वर्ग अन्तर्गत दाङ र सुर्खेतमा क्रमशः १५८ रुपैयाँ र १४८ रुपैयाँ तथा बाँकी पहिलो वर्ग अन्तर्गतका क्षेत्रहरूमा १५६.५ रुपैयाँ र १४६.५ रुपैयाँ मूल्य निर्धारण गरिएको निगमले जनाएको छ ।

Read More

दोलखा, ३० भदौ । दोलखाको गौरीशङ्कर गाउँपालिकामा आज भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा चार जना घाइते भएका छन् । दोलखाको उत्तरी सिंगटी बजारबाट गौरीशङ्कर गाउँपालिका जाँदै गरेको बा २० च ७२६६ नम्बरको बोलेरो जीप वडा नम्बर– ४ झ्याकुको कोठेडाँडामा दुर्घटना हुँदा गौरीशङ्कर गाउँपालिका–३ की ७५ वर्षीया काली शेर्पा र ५५ वर्षीय पसी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । दुर्घटनामा चालकसहित अन्य चार जना घाइते भएको र उनीहरूको अवस्था सामान्य रहेको छ ।

Read More

झापा, ३० भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बनाउने र भत्काउने खेलमा माओवादी पार्टी नलाग्ने बताउनुभएको छ । माओवादी केन्द्र झापाले आज बिर्तामोडमा आयोजना गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले अब माओवादी सरकारमा जाने र नयाँ समीकरण बनाउने पक्षमा नरहेको बताउनुभयो । “नेकपा माओवादी केन्द्र अब जनतासँग जाने र जनतालाई सङ्गठित गर्दै अघि बढ्ने काममा लाग्छ । सत्ताको खेलमा लाग्दैन”, अध्यक्ष दाहालले भन्नुभयो । उहाँले नेकपा (एमाले) र नेपाली काँग्रेससहितको सरकार अगाडि बढ्ने र फेरि आफूहरूसँग मिल्न नआइदिए हुन्थ्यो भन्ने लागेको धारणा राख्नुभयो । कार्यक्रममा पुराना कम्युनिष्ट नेता झापा बिर्तामोडका…

Read More

झापा, ३० भदौ । झापाका पुराना वामपन्थी नेता लोकबन्धु कन्दङ्वासहितका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्र झापाले बिर्तामोडमा आइतबार गरेको राजनीति प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई स्वागत गरेका हुन् । कन्दङ्वा दुई वर्षअघि नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यबाट राजीनामा दिएर स्वतन्त्र वामपन्थी बुद्धिजीवीको रुपमा सक्रिय थिए । पार्टी प्रवेश गर्दै कन्दङ्वाले जनताको भावना र ऐजेण्डा बुझेर आफ्नो कार्यदिशा तय गर्ने पार्टी माओवादी केन्द्र भएको बताए । ‘आज मुलुक जुन ठाउँमा छ, त्यो माओवादीका कारण सम्भव भएको हो । माओवादीसँग एजेन्डाको कमी छैन । त्यसको कार्यान्वयन भए माओवादीलाई कसैले छुन सक्दैन’,…

Read More

कचनकवल, ३० भदौ । झापाको कचनकवल गाउँपालिका–२ स्थित आदर्श प्राथमिक विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी विद्यालयका जग्गादाता तथा पूर्व प्रधानाध्यापकलाई विदाई र सम्मान गरेको छ । विद्यालय सञ्चालन र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका दुईजना जग्गादाता र एक पूर्व प्रधानाध्यापकलाई कार्यक्रमका बीच सम्मान गरिएको हो। विद्यालयको निर्माण र विस्तारका लागि हरिकृष्ण बजगाईँले दुई कट्ठा र रामप्रसाद ढुंगानाले पाँच कट्ठा जग्गा प्रदान गरेका थिए। विद्यालयले उनीहरूको अतुलनीय योगदानको कदर गर्दै दोसल्ला ओढाई र प्रमाणपत्र प्रदान गरी सम्मान गरेको हो। गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले जग्गादाताहरूलाई प्रशंसाका गर्दै विद्यालयको हितमा योगदान पुर्‍याउनेहरूलाई सधैं सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे। यसै अवसरमा विद्यालयका…

Read More

भद्रपुर, ३० भदौ । झापाको भद्रपुरमा आयोजित कोशी प्रदेशस्तरीय पुरुष भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि राजधानी ब्याडमिन्टन क्लबका जीवन बोगटी र सुनसरीका श्रवणकुमार चौधरीको जोडीले हात पारेको छ । आज भएको फाइनल खेलमा विराट ब्याडमिन्टन क्लबका चन्द्रकुवेर खापुङ र उत्तम सिंखडालाई हराउँदै बोगटी र चौधरीले उपाधि जितेका हुन् । उपाधिसँगै भेट्रान्स डबल्स विजेता बोगटी र चौधरीले नगद रु ४० हजार, ट्रफी र मेडल पाएका छन् भने उपविजेता खापुङ र सिंखडाले नगद रु ३० हजार, ट्रफी र मेडल पाएका छन् । त्यस्तै, तेस्रो भएका धनकुटाका किरण प्रधान र शिखर श्रेष्ठको जोडी तथा बिर्ता ब्याडमिन्टन क्लबका सञ्जय भक्तराज र विष्णु तामाङले नगद…

Read More

बिर्तामोड, ३० भदौ । म्यानपावरमा कार्यरत कर्मचारीको हत्याप्रति वैदेशिक रोजगार व्यवसायी संघ झापाले भत्सर्ना गरेको छ । गत साउन २८ गते त्रिवेणी एचआर सोलुशन प्रालिको शाखा कार्यालय बिर्तामोडमा रिसेप्सन पदमा कार्यरत कर्मचारी अन्दाजी १९ बर्षिया मनिषा लोहारको हत्याप्रति संघले आज (आइतवार) बिज्ञप्ती जारी गर्दै घोर भत्र्सना गरेको हो । गत शुक्रवार कार्यालयबाट आफ्नो डेरातर्फ फर्कने क्रममा अपरिचित व्यक्तिको पटक–पटकको छुरा प्रहारबाट सख्त घाइते भएकी लोहार उपचारार्थ अस्पताल पुर्याइएता पनि बीएण्डसी अस्पतालले मृत घोषणा गरेको थियो । उनको हत्याले वैदेशिक रोजगार व्यवसायी संघसहित झापा लगायत सिङ्गो वैदेशिक रोजगार व्यवसायीहरुलाई मर्माहत एवम् स्तव्ध तुल्याएको संघका अध्यक्ष धनबहादुर पन्धाकद्धारा हक्ष्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ…

Read More

झापा, ३० भदौ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज माइक्रोबसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भारदहबाट सुनसरीतर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६६ नं. को विङगरले सडक छेउ बच्चाका साथमा उभिरहेकी सोही ठाउँ बस्ने कारी अधिकारीको ५० वर्षीय श्रीमती अनितादेवि अधिकारी र उनकै १० महिनाको नाती आदर्श अधिकारीलाई ठक्कर दिएको थियो । उक्त ठक्करबाट गम्भीर घाइते भएका आदर्शको बिराट नर्सिङ होम बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दुण्डीराज न्यौपानेले जनाकारी दिनुभयो । ठक्करबाट घाइते भएका अनिता देवी अधिकारीको टाउको, छाति, बाया खुट्टालगायतका भागमा चोट लागेको…

Read More

झापा, ३० भदौ । ताप्लेजुङ जिल्लाको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरात १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर चार दशमलव छ रिक्टरस्केलको भूकम्प भएको हो । यसअघि यही भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रिक्टरस्केलको भूकम्प भएको थियो ।

Read More

झापा, ३० भदौ । नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले गिरी बन्धु टि स्टेट जस्ता बेथितिको विरुद्ध बोल्दा आफूले सरकारबाट बहिर्गमन हुनु परेको बताउनु भएको छ । आइतबार हुने पार्टी प्रशिक्षण तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्न बिर्तामोड पुग्नु भएका उहाँले स्थानीय बासीलाई सम्बोधन गर्दै बेथितिको विरुद्ध सदन,सडक जहाँ बाट भए पनि आवाज उठाएर न्यायका लागि निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्थानीयले बिर्तामोड बसपार्कको अनियमितता र चियाको बेथितिको बारे पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डसामु ध्यानाकर्षण पत्र समेत बुझाएका थिए । पार्टी प्रशिक्षण तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न उहाँ शनिबार नै बिर्तामोड पुग्नु भएको थियो ।

Read More