झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १४ भदौ । झापाको बिर्तामोड पहिलो सामुदायिक पुस्तकालयका रुपमा बिर्तामोड पब्लिक लाइब्रेरीको उद्घाटन भएको छ ।बिर्तामोड पश्चिम बसस्ट्यान्ड दक्षिण रिभर साइडको कार्यालयसँगै सञ्चालनमा आएको पुस्तकालयको बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उद्घाटन आज उद्घाटन गरेका हुन् । मिसन बिर्तामोडको अगुवाईमा सञ्चालनमा आएको पुस्तकालयको उद्घाटन पुस्तकालयको स्थापनमा संयोजनकारी भूमिका खेलेका माधवकुमार झाको जन्मदिनको अवसरमा गरिएको हो । कार्यक्रममा उपप्रमुख संग्रौलाले हरेक नगरबासीलाई आफ्नो जन्मदिनको दिन एकएकवटा पुस्तक लाइब्रेरीलाई उपहारस्वरुप प्रदान गर्न आग्रह गरे । उनले पुस्तकालयलाई नगरपालिकाले सहयोग गर्ने पनि प्रतिबद्धता जनाए । पुस्तकालय उद्घाटन कार्यक्रममा युनाइटेड रिभर साइड युवा फाउन्डेसनका अध्यक्ष ओमबहादुर खड्काले पुस्तकालयका लागि कोठा उपलब्ध गराउन पाउँदा खुसी…

Read More

बिर्तामोड, १४ भदौ । ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानले भदौ २५ गते रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बिर्तामोडस्थित हनुमान सेन्ट्रल परिसरमा प्रतिष्ठानले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो । प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद भट्टराईले भदौ २५ गते प्रतिष्ठान सार्वजनिकीकरणसँगै रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । यसअघि बसेको प्रतिष्ठानको बैठकले रक्तदान आयोजना गर्ने निर्णय गरेको थियो । प्रतिष्ठानले ज्ञानुराम प्रसाईको स्मृतिमा स्मृति ग्रन्थ पनि प्रकाशन गर्ने निर्णय गरेको छ । त्यसका लागि प्रतिष्ठानले सरोकारवाला सबैसँग लेख रचना उपलब्ध गराउन अनुरोध गरेको अध्यक्ष भट्टराईले बताए । बिर्तामोडका सामाजिक एवम् राजनीतिक व्यक्तित्व ज्ञानुराम प्रसाईको स्मृतिमा प्रतिष्ठान गठन भएको हो । प्रसाईकी धर्मपत्नी पवित्रा…

Read More

झापा, १४ भदौ । झापाको बुद्धशान्ति गाउँपालिकामा फोहोरमैला व्यवस्थापनका गर्न थालेको छ । यो कार्यका लागि इन्सिनरेटरको व्यवस्था गरेको छ भने बुद्धशान्ति–१ मा पाँच कठ्ठा जमिन २० वर्षका लागि लिजमा लिएर फोहोरमैला व्यवस्थापनमा गाउँपालिका जुटेको छ । राष्ट्रिय योजना आयोगबाट गत वर्ष ९० लाख रुपैयाँ विनियोजन भएर अहिलेका संरचना तयार भएको हो । यस वर्ष पनि आयोगबाट ८५ लाख रुपैयाँ विनियोजन भएको गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले जानकारी दिए । पालिका क्षेत्रमा जनघनत्व बढ्दै गएको अवस्थामा भावी दिनमा फोहोर मैला व्यबस्थापनमा इन्सिनरेटरसहित फोहोरमैला व्यबस्थापनका लागि यो काम गरिएको उनले बताए । प्रसाईंले भने, ‘अब हामी स्रोतमै फोहोरको वर्गीकरणमा लाग्छौँ । कुहिने…

Read More

झापा, १४ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। सातै प्रदेशको एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा…

Read More

अमेरिका, १४ भदौ । अमेरिकामा नेपाली युवती मुना पाण्डेको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन् । टेक्सासको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका हुन् । उनलाई राति ८ बजेपछि ट्राफिक स्टपबाट पक्राउ गरिएको हो । पक्राउ गरिएलगत्तै ह्युस्टन प्रहरीले शाहविरुद्ध हत्या मुद्दा दायर गरेको छ । ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीय मुना पाण्डे गत सोमबार साँझ गोली हानी हत्या गरिएको थियो। मुना नेपालको भोजपुरकी स्थायी बासिन्दा हुन् । पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् ।

Read More

झापा, १४ भदौ । बैदेशिक रोजगारीमा रहेका झापाका सागर पौडेलको कतारमा निधन भएको छ । डेढ वर्षअघि कतार गएका पौडेलको कतारमै निधन भएपछि उनको शव नेपाल ल्याइएको छ । बुद्धशान्ति–४ का ३५ वर्षीय पौडेलको उपचारका क्रममा कतारको सरकारी अस्पताल हमादमा निधन भएको थियो । लामो समयदेखि पेटको समस्याबाट ग्रसित पौडेल कतार आएको १५ दिनमै बिरामी परेका थिए । कतारमा रहुञ्जेल इन्स्योरेन्स तथा हेल्थ कार्डमार्फत उपचार गराएका पौडेलको गत शनिबार निधन भएको हो ।

Read More

झापा, १४ भदौ । पाँचथरको फालेलुङ गाउँपालिकामा ग्रिनेट पड्किँदा दुई बालबालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । फालेलुङ–५ डाँडागाउँमा बिहीबार दिउँसो स्थानीय आइतराज केरुङको घर नजिकै आँगनमा शंकास्पद बस्तु विस्फोट हुँदा चारजना बालबालिका घाइते भएको थिए । घाइतेमध्ये दिलिप साँवाका दुई वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिपशनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिनुभयो । विस्फोटमा परेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारको अस्पताल लैजाँदै गर्दा गए राति बाटोमै मृत्यु भएको हो । घाइते बालबालिकालाई जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि थप उपचारको लागि राति बीएण्डसी अस्पताल लगिएको…

Read More

झापा, १३ भदौ । विश्वमा भारत धनी देशको वरीयतामा सायदै आउँछ। तर पश्चिमी राज्य गुजरातको एउटा त्यस्तो गाउँ छ जुन एसियाकै धनीमा गनिन्छ। २०० जना अर्बपति भए पनि र अम्बानी परिवार गुजरातसँग जोडिए पनि यो गाउँमा उनीहरु बस्दैनन्, न त उनीहरु प्रत्यक्ष रुपमा नै जोडिएका छन् । यहाँ त्यस्तो ठूलो उद्योग वा व्यवसायहरु पनि छैनन् । यसका बाबजुद यो गाउँ सिंगापुर, यूएई र कतारजस्ता आर्थिक शक्तिकेन्द्र भएको एसिया महादेशकै धनी कसरी बन्न सक्यो ? द टाइम्स अफ इन्डिया, एनडीटीभी र अन्य रिपोर्टहरुका अनुसार गुजरातको कच्छ जिल्लामा रहेको माधपार गाउँ एसियाकै धनी गाउँ हो । यहाँ ३२ हजार मानिसहरु बस्छन् ।…

Read More

झापा, १३ भदौ । सुधार केन्द्रमा उपचारका लागि राखिएका व्यक्तिलाई घर लैजाने क्रममा विवाद हुँदा तीन जना घाइते भएका छन् । नयाँ सृष्टि पुनस्र्थापना केन्द्र बिर्तावजारमा उपचारका लागि उनीहरुलाई राखिएको थियो । पुनस्थापना केन्द्रमा रहेका उनीहरुलाई घर फर्काउनका लागि हरहिसाव मिलाउदा भएको विवादका क्रममा कुटपिट हुँदा अर्जुनधारा–१ की सविना तामाङ, बिर्तामोड–५ का मनकुमार फेदाङ र बाबुराम योङहाङ घाइते भएका हुन् । कुटपिटबाट घाइते भएका तीनैजनाको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । पुनस्थापना केन्द्र आकाश खड्काले सञ्चालन गरेका छन् । घटना अनुसार सविनाको देवर मदन तामाङलाई ६ महिना अघि सो पुनस्र्थापना केन्द्रमा उपचारका लागि भर्ना गरिएको थियो । पीडित परिवारका…

Read More