
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
शालिक भट्टराइ अन्तरेगाउँमा पाँचबर्ष अघि खुलेको सहकारीको साधारण सभा हुने टुङ्गो भएपछि सहकारीका सदस्य रहेका चिम्से, सान्ने लगायतले उजेलीका बा र दानावोटे लगायतलाई साथै लिएर त्यो सभामा गए । सहकारी संस्थाको जसै साधारण सभा शुरु भयो । विभिन्न संस्थासँग सम्बन्धित झण्डै पचास जति मानिसलाई मञ्चमा आसन ग्रहण गराईयो । सहकारीको प्रतिवेदन पढियो । आयव्ययको हिसाब पढियो । त्यसपछि भएका भाषणमा सबै बक्ताले सहकारीलाई एसोगर्ने उसोगर्ने बताए । कार्यक्रमको बिचमा टिम्मुरबोटे कान्छोलाई असल ऋणि भनेर एउटा खास्टो ओढाइदिए । बिचरा कान्छाको दुईहलको मेलो भएको बारी लिलाम हुने अवस्थामा पुगेको अवस्था छ । कान्छो अबिर घसेको रातो अनुहारमा धमिलो पोतेर फिस्स हाँस्दै…
झापा, १ भदौ । बाँकेमा नेपालमा कमै मात्रामा पाइने रातो सर्पको उद्धार गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जको टोलीले राप्तीसोनारी गाउँपालिका–८ पेरानीस्थित एक विद्यालयको कक्षाकोठाबाट ‘कोरल रेड कुक्री’ प्रजातिको सर्पलाई उद्धार गरेको हो । निकुञ्जका रेन्जर यामबहादुर रावतकानुसार यस प्रजातिको सर्प भारत र नेपालका केही स्थानमा मात्र पाइने गरेको छ । दुर्लभ नभए पनि अत्यन्त कम मात्रामा पाइने यो सर्प विशेष गरेर नरम माटोभित्र लुकेर बस्ने गरेको पाइएको उहाँले जानकारी दिनुभयो । “नेपालमा चितवन राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्जमा यस प्रजातिको सर्प पाइएको छ । बाँकेमा दुई वर्षअघि निकुञ्जकै कम्पाउन्डभित्र रातो सर्प पाइएको थियो”, उहाँले भन्नुभयो ।…
राजविराज, ३२ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–३ बरमझियामा आज तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुर बस्ने अन्दाजी ४१ वर्षीय महेशकुमार मेहता र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ४० वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ । महेशको घटनास्थलमा नै मृत्यु भएको छभने दुर्घटनामा घाइते जयप्रकाशको कञ्चनरूप १२ स्थित धर्मेश्वर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिए । पूर्वतर्फ जाँदै गरेको नेपाल आयल निगमको को १ ख ७४१४ नम्बरको तेल बोक्ने…
झापा, ३२ साउन । राज्य सत्ताको गलत क्रियाकलापका विरुद्ध भन्दै युवा अभियन्ताहरूले आन्दोलन गर्ने बताएका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै युवाहरूले राज्य सत्ताको गलत क्रियाकलापको विरुद्धमा शनिबार काठमाडौँमा प्रदर्शन गर्ने बताएका हुन् । देशमा भएको बेथिति, अन्याय, अत्याचार र भ्रष्टाचारको विरुद्धमा आन्दोलन गर्न लागिएको बताइएको छ । सरकारले भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गरेर भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद राख्न खोजेको र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई झुटा मुद्दा लगाएर उद्योगहरूलाई २२ अर्ब विद्युत् बक्यौता छुट दिन खोजिएको उनीहरूको आरोप छ । प्राधिकरणको २२ अर्ब बक्यौता उद्योगी व्यवसायीहरूले तिर्नुपर्ने र प्राधिकरण डुबाउने…
झापा, ३२ साउन । सरकारले ५९ जना राजपत्राङ्कित प्रथम श्रेणी सहसचिवहरूको सरुवा गरेको छ । साउन ३१ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरूबारे जानकारी दिन आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव वा सो सरहका ५९ जना कर्मचारीहरूको सरुवा गर्ने निर्णय गरेको बताउनुभयो । सरकारले काभा महिला भलिबल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी १४ जना खेलाडीलाई जनही ३ लाख रुपैयाँ प्रदान गरी सम्मान गर्न स्वीकृति दिएको छ । यस्तै, मुख्य प्रशिक्षक १ जनालाई २ लाख तथा व्यवस्थापक १, सहायक प्रशिक्षक १ र…
झापा, ३२ साउन । नेपाली कांग्रेस झापाका सदस्य बाबुराम बुढाथोकीको ६४ वर्षको उमेरमा निधन भएको छ । अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीस्थित निजी निवासमा बिहीबार साँझ उहाँको निधन भएको हो । विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसमा सक्रिय उहाँ २०४९ सालमा नेपाली कांग्रेसको तर्फबाट खुदुनाबारी गाविसको ३ नम्बर वडाको वडाध्यक्ष निर्वाचित हुनुभएको थियो । आज कांग्रेस नेता कार्यकर्ताले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उहाँको आज खुदुनाबारीस्थित कैदले घाटमा अन्त्येष्ठी गरियो । बुढाथोकीका दुई श्रीमती, तीन छोरा र पाँच जना छोरी रहेको पारिवारिक स्रोतले जनाएको छ ।
सोलुखुम्बु, ३२ साउन । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे स्थित रहेको भोटे कोशीको बहाव अचानक बढेको छ । आज दिउसो २ बजे भोटेकोशीको बहाव बढेर थामे एरियामा रहेको ३ वटा घर बगाएको छ भने १ वटा होस्टेल र ४–५ वटा घर जोखिममा रहेको छ भने तत्काल मानविय क्षति नभएको बुझिन आएको छ । घटनाको जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय थाम्बुचे र इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटिएको छ ।
कचनकवल, ३२ साउन । झापाको कचनकवल गाउँपालिका–७ फर्साडाँगीस्थित शिव माध्यमिक विद्यालयमा ८० जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ। समाजिक व्यक्तित्व सेलेतुन खातुन, विद्यार्थी र विद्यालयको त्रिपक्षीय साझेदारीमा पोसाक वितरण भएको हो । आज विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेष नारायण राजवंशीको अध्यक्षतामा पोशाक वितरण गरिएको छ । विद्यालयका प्रधानाध्यापक मित्रप्रसाद खनालले विद्यालयको सीमित आय स्रोतका कारण विपन्न तथा जेहनदार विद्यार्थीलाई सदनामत्मक पोशाक उपलब्ध गराउन कठिन भएको बताउँदै विद्यार्थीका लागि पोशाक उपलब्ध गराउने दाताहरुप्रति धन्यवाद ज्ञापन गरे । खनालले साना कक्षाका विद्यार्थीहरूबाट दुई सय र अलिक ठूला कक्षाका विद्यार्थीहरूबाट तीन सय रुपैयाँ संकलन गरी, अन्य खर्च दाताहरूबाट जुटाएर…
बिर्तामोड, ३२ साउन । झापाको बिर्तामोड नगरपालिका–४ स्थित भद्रपुर रोडमा ‘स्लाइस अफ स्पाइस’ क्याफे सञ्चालनमा आएको छ । दुई युवा व्यवसायी रजत साहेवाला र विशाल अग्रवालले संयुक्त लगानीमा उक्त क्याफे सञ्चालनमा आएको हो । आज एक कार्यक्रमका बीच प्रमुख अतिथि बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले ‘स्लाइस अफ स्पाइस’ क्याफे उद्घाटन गरेका हुन् । क्याफेको उद्घाटन गर्दै युवाहरु व्यवसायप्रति आकर्षित हुनु राम्रो पक्ष भएको उनले बताए । “अहिले धेरै युवा कुलतमा फसेका छन्”, उनले भने, “युवाहरु व्यावसायिक क्षेत्रमा लाग्दा आर्थिक आर्जनसँगै सही बाटोमा लाग्नसमेत सहयोग मिल्छ ।” व्यवसायीको हकहितका लागि आफू सदैव लागि पर्ने उनको भनाइ छ । सञ्चालक…
खोटाङ, ३२ साउन । खोटाङको रावाबेशी गाउँपालिका–३ स्थितमा पहिरोले पुरिएर स्थानीय ६० वर्षीया सावित्रादेवी नेवारको मृत्यु भएको छ । हिजो विश्वज्योति उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षिकाको विद्यालय जाने क्रममा बाटो माथिबाट खसेको पहिरोले पुरेर घटनास्थलमानै मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।