
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३० भदौ । चीनबाट गैरकानूनी रुपमा हङकङ प्रवेश गर्ने क्रममा दुर्घटनामा परेर हङकङमा निधन भएका झापा मेचीनगरका उत्तम थापाको शब नेपाल ल्याउने प्रक्रिया शुरु भएको छ । मेचीनगर–१० टीमाई भ्यालीका थापा चीनवाट हङकङ जाने क्रममा गत ४ मे २०२४ मा दुर्घटनामा परेका थिए । उनको भदौ १७ गते हङ्कङस्थित पिन्स मार्गेट हस्पिटलमा उपचारका क्रममानिधन भएको हो । उनी डुङ्गाबाट झरेर घाइते भएका थिए । चार महिनासम्म उनको हङ्कङस्थित अस्पतालमा उपचार गरिएको थियो । तर उनको उपचारकै क्रममा निधन भएको हो । घाइते थापालाई नेपाल ल्याउने तयारी गरिरहेका बेला उनको निधन भएको नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले बताए ।…
भद्रपुर, ३० भदौ । कोशी प्रदेश अन्तरगत भद्रपुर नगरपालिकालाई प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ उत्कृष्ट पालिका घोषित भएको छ । उत्कृष्ट पालिकामा छनौट भएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भद्रपुर नगरपालिकालाई सम्मानपत्र प्रदान गरेको छ । मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा मन्त्री शरदसिंह भण्डारीले नगरपालिकालाई सम्मान पत्र तथा भद्रपुरका रोजगार संयोजक टिकाराम पाण्डेलाई कदर पत्र प्रदान गरेको छ । सचिव मुकुन्दप्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रमका राष्ट्रिय निर्देशक सहसचिव डण्डुराज घिमिरे, उपसचिव वसन्त बोहोरा, शाखा अधिकृत पंकजलाभ कर्णसहित १३७ स्थानीय तहका रोजगार संयोजकहरूको उपस्थिति रहेको थियो । सो सम्मान पत्र नगरपालिमा शनिबार बसेको कार्यपालिका बैठकमा नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, निमित्त…
झापा, ३० भदौ । जुवा खेलिरहेको अवस्थामा नौ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एमाले नेता तथा मोरङ ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारायण माझीसमेत रहेका छन् । ग्रामथान–४ कटहरास्थित जुवाको अखडामा छापा हानेर पूर्व अध्यक्ष माझीसहित ९ जना जुवाडेको साथबाट १८ लाख ५१ हजार रुपैयाँ ५ सय रुपैयाँ बरामद गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । पक्राउ पर्नेहरुमा सुनसरीको दुहबी नगरपालिका–६ का ४५ वर्षीय जयकिशोर साह, सुन्दहरैचा–१ का ५० वर्षीय जनककुमार माझी, महोत्तरीका ४५ वर्षीय महेश साह, ग्रामथान गाउँपालिका–४ का आह्रलाल माझी, धरान–१५ का युवक राई, दमक–१० का कतुवर्न नेम्वाङ, लेटाङ–९ का लोकनाथ सापकोटा…
झापा, ३० भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरीसमेत चल्ने सम्भावना रहेको छ। यसैगरी आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी बागमती…
फुङ्लिङ, २९ भदौ । ताप्लेजुङमा पिकअपभ्यानमा माथिबाट खसेको पहिरो सहितको ढुङ्गा लाग्दा एक महिला मृत्यु भएको छ । मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका–३ निवासी २६ वर्षीया निर्मला गुरुङ रहेकी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतकानुसार फुङ्लिङदेखि फक्ताङलुङ गाउँपालिका जाँदै गरेको मे१ज १३६२ नंको पिकअपभ्यानमाथि फक्ताङलुङ गाउँपालिका—३ सिवा क्षेत्रमा पहिरोसहितको ढुङ्गा खसेको थियो । टाउकोमा गम्भीर चोट लागेपछि गुरुङलाई उपचारका लागि जिल्ला अस्पताल लगेकामा चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी बस्नेतले जानकारी दिए ।
झापा, २९ भदौ । जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा।अभियान गौतमले जापानिज इन्सेफ्लाइटिसले अहिलेसम्म १४ जनाको मृत्यु भएको जानकारी दिनुभयो । डा गौतमका अनुसार अहिलेसम्म ६१ जनालाई जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण देखिएको छ । ती सबैको नमूना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो । उहाँले भदौ १५ देखि असोज १५ सम्म जापानिज इन्सेफ्लाइटिस्को उच्च जोखिम रहेकाले सजकता अपनाउन आग्रह गर्नुभयो । सामान्यता साउनदेखि कात्तिकसम्म जापानिज इन्सेफ्लाइटिस देखिन्छ तर जापानिज इन्सेफ्लाइटिस सार्ने पोथी प्रजातिको ‘क्युलेक्स’ लामखुट्टेले पानी जम्ने र फुल पार्ने भएकाले असोज १५ गतेसम्म जोखिम…
भद्रपुर, २९ भदौ । २२ हजार ९७५ जना बालबालिकाको संख्या रहेको नेपालकै पुरानो नगरपालिकाको पहिचान बनाएको भद्रपुरका बालबालिकाले आफ्नो क्षेत्रका सांसदसित प्रश्नोत्तर गर्दै ६० औं बाल दिवस मनाएका छन् । झापा ३ नम्वर क्षेत्रका संघीय सांसाद राजेन्द्रप्रसाद लिङ्देन तथा कोशी प्रदेश सभा सदस्य छविलाल चुडालसित भद्रपुरका बालबालिकाले शिक्षा क्षेत्रका विकृत पक्ष र सुधारका विषयमा प्रश्नोत्तर गरेका हुन् । भद्रपुर ७ वडा बाल सञ्जालका अध्यक्ष नवीन तिम्सेनाको अध्यक्षता तथा संघीय सांंसद राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा भद्रपुरका बालबालिकाले सरकारी शिक्षा र निजी शिक्षाको विभेद, शिक्षालयको दुरावस्था, अंग्रेजी शिक्षाका नाममा भइरहेको व्रम्हालुट, शैक्षिक सुधारमा सरकारी उदासिनता, जीवन उपयोगी तथा व्यवहारिक…
द्रोण अधिकारीभद्रपुर, २९ भदौ । काठका साँघुरा कोठा भए पनि घाम पानीबाट ओत लागेर सहज पठनपाठन गरिरहेको अरनिको माध्यमिक विद्यालय भद्रपुर ३ ले १४ वर्षयता सुविधा सम्पन्न भवनको आशमा कष्ठकर पठनपाठन गरिहेको छ । भारतीय दुतावासको आर्थिक सहयोगमा सुविधा सम्पन्न भवन बन्ने आश देखाइएपछि २०६७ सालमा काठेभवन हटाएर पक्की भवन निर्माण थालिएको विद्यालय निर्माण अलपत्र पर्दा कष्टकर पठनपाठन गरिरहेको हो । २०६७ सालबाट निर्माण थालिएको विद्यालय भवन १४ वर्ष पार गर्दा समेत निर्माण सम्पन्न हुन नसकेपछि अलपत्र भवन मै कष्टकर पठनपाठन भइरहेको दृष्यले बालमैत्री भद्रपुर नगर सरकारलाई गिज्याइरहेको आभाष गराउँछ । भारतीय दुतावासको सहयोगमा निर्माणाधीन भद्रपुर ३ स्थित सूर्यनगरमा रहेकोअरनिको…
भद्रपुर, २७ भदौ । झापाको चन्द्रगढीमा केन्द्रीय कार्यालय रहेको बहुभाषिक साहित्य संगीतकला केन्द्रको दोश्रो अधिवेशनले प्राज्ञ सभा सदस्य हरिप्रसाद पौडेलको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । १७ सदस्यीय निर्विरोध नव निर्वाचित समितिमा प्राज्ञ पौडेललाई दोश्रो कार्यकालका लागि अध्यक्षको जिम्मेवारी दिइएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा हरिप्रसाद गौतम, उपाध्यक्षहरूमा क्रमशः मिलनकुमार ढुंगाना, जितेन्द्र श्रेष्ठ र गोविन्द रपाल, महासचिव कुमार अनुरागी, सचिव पुनित वंशल, गीता भट्टराई र कोषध्यक्षमा डिगबहादुर लिम्बूलाई निर्विरोध चयन गरिएको छ । यस्तै सदस्यहरूमा क्रमशः जयन्ती मानी, निरज पोखरेल, लक्ष्मी मिश्र, रमेश श्रेष्ठ, टोलीप्रसाद राजवंशी, पुनम राजवंशी, पवनलाल मेचे, भुपेश मर्डी चयन भएको निर्वाचन समितिकी संयोजक धनकुमारी खरेल…
चन्द्र बस्नेतकनकाई, २९ भदौ । बालबालिकाको समस्या निवारणमा सधैं लागिपर्ने कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभएको छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज ६० औँ राष्ट्रिय बाल दिवसको सन्दर्भमा नगर बाल सञ्जालको आयोजनामा नगरको सभहलमा आयोजित कार्यक्रमको समापनको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा नगर प्रमुख पोखरेलले सो कुरा बताउनुभएको हो । उहाँले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवद्र्धन, सम्मान, प्रवद्र्धन र परिपूर्ति गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको पनि बताउनुभएको थियो । “बालबालिका भोलिका देशका कर्णधार मात्र नभएर आझका साझेदार पनि हुन त्यसैले बालबालिका लाई आज बाट नै सहि निर्देशन सहित मार्गदर्शनमा हिडाउन हामीले पहल…