झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १३ भदौ । प्रतिनिधिसभाका सदस्य योगेश भट्टराईले माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेको प्रति योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) नेपाल झापाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । वाइसीएल झापाले बिहीबार एक विज्ञप्ती जारी गर्दै जनयुद्धलाई हिंसा भनेर दिएको अभिव्यक्तिप्रति वाइसीएल झापाको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । जनताको अधिकार प्राप्तिको लागि जनताद्वारा स्वतस्फुर्त रुपमा गरिएको आन्दोलनको जगबाट पटक-पटक लाभ लिनुका साथै आफ्‌ना ‘बा’लाई खुशी बनाउने उद्देश्यका साथ बोलिएको उक्त वाक्यांशप्रति वाइसीएलले घोर आपत्ति भएको जनाएको छ । ‘एमाले काग्रेसको पछिल्लो अव्यवहारिक गठजोड अघि प्रचण्ड नेतृत्वको माओवादी सरकारले गरेको देशको सुशासन, जनतालाई लोडसेडिङ मुक्त बनाउने अभियान र भ्रष्टचारीहरु विरुद्ध गरिएको कारबाहीहरुबाट आत्तिएको गिरीबन्धु,…

Read More

झापा, १३ भदौ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका ६३ नेताले पार्टी निर्माणका लागि सुझाव दिएका छन् । हिजोदेखि शुरु भएको दुई दिने प्रदेशस्तरीय परामर्श बैठकमा सुदूरपश्चिम प्रदेशका ६३ जना केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीले पार्टी निर्माणका लागि सुझाव दिएका हुन् । सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डासहित सुदृढ जनसङ्गठन निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिँदै प्रदेशका नेताहरूले आगामी केन्द्रीय समिति बैठकबाट ठोस कार्ययोजना ल्याउन नेतृत्वलाई आग्रह गरे । बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीहरूले पनि सम्बोधन गर्नुभएको थियो । केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत माओवादी केन्द्रले परामर्श बैठक सुरु गरिएको…

Read More

कनकाई, १३ भदौ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ८५ दशमलव ५० अंकका साथ कनकाई झापाको उत्कृष्ट नगरपालिका बनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ६ गते ७५३ स्थानीय तहको स्वमूल्यांकन नतिजा सार्वजनिक गरेको थियो । जसमा कनकाई नगरपालिका झापामा पहिलो बनेको हो । त्यसपछि ७७ अंकका साथ झापा गाउँपालिका दोस्रो, ७६ दशमलव ५० अंकका साथ दमक नगरपालिका तेस्रो र ७५ दशमलब ७५ अंकका साथ मेचीनगर नगरपालिका चौथो भएका छन् । यसैगरी, बाह्रदशीले ७३.७५ अंक, शिवसताक्षीले ७३ अंक, भद्रपुरले ७२.२५, कमलले ७१.२५, गौरादहले ६४.२५, गौरीगञ्जले ६३, कचनकवलले ६०.७५, अर्जुनधाराले ६०.२५, विर्तामोडले ५९.५०, हल्दिबारीले ५२.२५ र बुद्धशान्तिले ४३.७५…

Read More

झापा, १३ भदौ । महिनौंदेखि घरदेखि होटलसम्म पार्टी भोज गरेर मनाएर तिजको मर्म मरिरहेका बेला नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले महिला सदस्यले तिज मनाउन लाग्ने खर्च कटाएर स्वास्थ्य समस्यामा परेकी व्यवसायी महिलालाई सहयोग गरेको छ । संघका अध्यक्ष टंकबहादुर धामी नेतृत्वको पदाधिकारी र सदस्य सम्मिलित टोलीले संघका साधारण सदस्य कृष्णा शाहीलाई ७६ हजार तीन सय रुपैयाँ सहयोग गरेको हो । नेपालगन्ज औद्योगिक क्षेत्रभित्र कृष्णा चमेना गृह सञ्चालन गरिरहेकी शाही एपेन्डाइटिक्सको इन्फेक्सनबाट गम्भीर बिरामी हुनुहुन्छ । सङ्घको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ५१ हजार रुपैयाँ र कार्य समिति पदाधिकारी र सदस्यबाट सङ्कलन गरेको २५ हजार तीन सय रुपैयाँ औद्योगिक क्षेत्रभित्र रहेको निवासमै पुगेर…

Read More

झापा, १३ भदौ । भारतको गुजरात राज्यमा भारी मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण पछिल्लो तीन दिनमा कम्तीमा २८ जनाको मृत्यु भएको छ। मौसम विभागले पश्चिमी तटीय राज्यमा बिहीबार थप भारी वर्षा हुने चेतावनीसमेत दिएको छ। भारी बर्षाका कारण नदीको बहावहरू बढेका छन् भने नदी नजिक बसोबास रहेका ३० हजार भन्दा बढी मानिसहरू घर छोडेर सुरक्षित स्थानमा स्थानान्तरण भएका छन् । गुजरात सरकारले बुधबार १३ जनाको बाढीमा डुबेर मृत्यु भएको तथा बाँकीको घर वा रूखहरूले पुरिएर मृत्यु भएको जनाएको छ। इन्डियन एक्सप्रेसले राज्यभरि समाचार तयार पार्दासम्म बाढीका कारण ३५ जनाको मृत्यु भएको उल्लेख गरेको छ।

Read More

झापा, १३ भदौ । दैलेखमा चट्याङ लागेर नातिको मृत्यु भएको छ भने हजुरआमा घाइते भएका छन् । आठबिस नगरपालिका–५, पिपलकोटका दुई वर्षीय बालक रोशन विष्टको मृत्यु भएको हो भने उनकी हजुरआमा ४६ वर्षीय कमला विष्ट घाइते भएको दैलेख प्रहरीले जनाएको छ। बुधबार बेलुका पानी परेको समयमा आफन्तको घरमा ओत लाग्न गएमा बेला चट्याङ परेको थियो ।

Read More

हाम्रो आन्द्रा स्वस्थ रह्यो भने हाम्रो दिमाग पनि स्वस्थ रहन्छ। हामीले खाने खानेकुरा आन्द्रामा पच्छ र त्यसबाट पोषक तत्त्व निस्कन्छ र शरीरले प्रयोग गर्छ। पोषक तत्त्व निस्किसकेपछि फोहोर पदार्थ शरीरबाट बाहिर निस्कन्छ । तर जब यो फोहोर राम्रोसँग बाहिर निस्कँदैन तब यो फोहोर धेरै दिनसम्म आन्द्रामा सडिरहन्छ । यसले कब्जियत निम्त्याउँछ, जुन अन्य धेरै रोगहरूमा परिणत हुन्छ। त्यसैले यस्तो अवस्थाबाट बच्न हामीले जुस पिउनुपर्छ । तरकारीको जुसहेल्थलाइनको रिपोर्ट अनुसार यदि तपाईँको आन्द्रामा धेरै फोहोर जमेको छ भने तरकारीको जुस खानुहोस् । यसका लागि फाइबरयुक्त तरकारी प्रयोग गर्नुपर्छ । यसमा पालक, चुकन्दर, गाजर, शलगम, अमला आदि पर्छन् । जब तपाईं यसको…

Read More

झापा, १३ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपासमा अवस्थित छ। आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। गण्डकी र बागमती प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। देशका केही स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोसी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। आज राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया…

Read More

झापा, १२ भदौ । आफ्नी धोकेबाज पत्नीलाई विवाहेत्तर सम्बन्धमा रंगेहात पक्रिएबापत एकजना ताइबानी पुरुषलाई उल्टै जेल सजाय भएको छ । ती व्यक्तिले आफ्नी पत्नी परपुरुषसँगको अवैध सम्बन्धमा रहेको बेला रंगेहात समाएका थिए । तर, अदालतले भने घरमा गोप्य क्यामेरा जडान गरेर पत्नीको गोपनीयता हनन् गरेको भन्दै उल्टै ती पुरुषलाई ३ महिनाको जेल सजाय सुनाएको हो । फान नामक ती व्यक्तिको धेरै वर्षअघि बिहे भएको थियो र सो दम्पतीका २ वटा सन्तान छन् । तर, उनलाई केही महिनाअघिदेखि नै आफ्नी पत्नीको परपुरुषसँग अनैतिक सम्बन्ध रहेको शंका लाग्यो । त्यसपछि उनले पत्नीको कर्तुतको पर्दाफास गर्नका लागि घरको बैठक कोठामा राखिने पियानोमा गोप्य…

Read More

बिर्तामोड, १२ भदौ । पछिल्लो समय विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेको संख्या झापामा बढेको छ । दैनिकजसो हुने कार्यक्रममा पार्टीमा प्रवेश गर्नेहरुको लर्को नै लाग्ने गरेको छ । बुधबार झापाको अर्जुनधारामा आयोजित योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) नेपालको दोस्रो नगर सम्मेलनमा अर्जुनधारा वडा नम्बर १ का एमालेका पूर्व वडाध्यक्ष विरबहादुर राईसहित दर्जनौँ युवाले पार्टी प्रवेश गरे । पूर्व प्रहरीसमेत रहेका राईले दलित, जनजाति आदिवासीको मुद्धा, पहिचानको मुद्धा, सुकुम्बासी समस्या समाधानजस्ता जनताको सवाल नेकपा माओवादी केन्द्रले मात्र अगाडी बढाएका कारण पार्टी प्रवेश गरेको बताए । उनले संघीयता, समावेशीताको मुद्धालाई माओवादीले नै अगाडी सारेको र यसको पूर्ण कार्यान्वयनका लागि…

Read More