
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ६ भदौ । भारतको आन्ध्र प्रदेशस्थित अनकापल्ले जिल्लाको एसईजेड क्षेत्रमा रहेको एसेन्सिया एडभान्स साइन्स प्रालिमा बुधबार रिएक्टर विस्फोट हुँदा भवनको एक भाग ध्वस्त भएको छ। आन्ध्र प्रदेशका उपमुख्यमन्त्री पवन कल्याणले आफ्नो शोक सन्देशमा यस विस्फोटमा मृत्यु हुनेको संख्या १६ पुगेको बताएका छन्। यसअघि अनकापल्लेका जिल्ला कलेक्टर विजय कृष्णनले बीबीसी तेलुगुसँग कुरा गर्दै १५ जनाको मृत्यु भएको पुष्टि गरेका थिए। यस दुर्घटनामा ठूलो संख्यामा मानिसहरू घाइते समेत भएका छन्। दुर्घटनाको अवस्था हेर्दा मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
झापा, ६ भदौ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिप्रतिको नकारात्मक सोच त्याग्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल महिला संघ झापाको आयोजना र ३ नम्बर क्षेत्रीय समितिको संयोजनमा भद्रपुरमा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुुहुँदै नेता सिटौलाल सर्वोत्तम नीति नै राजनीति भएकाले राजनीतिप्रतिको नकारात्मक धारणा त्याग्नुपर्नेमा जोड दिनुभयो । “राजनीतिक बिना विकास र परिवर्तन सम्भव छैन”, उहाँले भन्नुभयो, “म सबै कांग्रेस नेता–कार्यकर्ता र आमनागरिकलाई राजनीतिप्रतिको नकारात्मक सोच त्याग्न आग्रह गर्छु ।” नेपाली कांग्रेस लोकतन्त्रको सम्वाहक भएकाले उल्लेख गर्नुहुँदै पूर्वमहामन्त्री एवम् राष्ट्रिय सभा सदस्य सिटौलाले आगामी दिनमा पनि परिवर्तनको नेतृत्व कांग्रेसले नै गर्नुपर्नेमा जोड दिनुभयो । “परिवर्तनको पक्षमा अग्रमोर्चामा रहेर कांग्रेसले नेतृत्व गरेको…
झापा, ६ भदौ । झापा मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट मुखभित्र लागुऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट सिटिसफारीमा चढी नेपालतर्फ आउँदै गरेका मोरङ उर्लाबारी नगरपालिका–२ का २४ वर्षीय खुमराज भण्डारीलाई पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्दा मुखभित्र राखि लुकाएर ल्याउँदै गरेको प्रतिबन्धित खैरो हेरोइन प्लाष्टिकसहित ५ ग्राम ८१० मिलिग्राम तथा प्लाष्टिक बाहेक ५ ग्राम फेला परेकोले निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाम, ६ भदौ । इलामको देउमाई नगरपालिकाका एकल पुरुषले २३ लाख २७ हजार सामाजिक सुरक्षा भत्ता पाएका छन् । आर्थिक वर्ष २०८०–८१ मा एक सय ९८ जना पुरुषले उक्त रकम पाएका हुन् । देउमाईले नगरभित्रका ६० वर्ष पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका ६० वर्ष पुगेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ६० वर्ष पुगेका पुरुषलाई एक हजार मासिक भत्ता वितरण गरेको हो । देउमाईले ‘एकल पुरुष भत्ता वितरण सम्बन्ध कार्यविधि’ पारित गरी एकल पुरुषलाई भत्ता वितरण गरेको लेखा अधिकृत गजेन्द्र एक्तेनले जानकारी दिए । त्यसैगरी, आव २०८०–८१ मा ४५ वर्ष पुगेका अविवाहित ९१ महिलालाई १० लाख ८९…
झापा, ६ भदौ । झापा मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट लागुऔषध खैरो हेरोइनसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट सिटीसफारीमा नेपालतर्फ आउँदै गरेका दमक नगरपालिका–११ का २४ वर्षीय निलजङ बस्नेतलाई पक्राउ गरेको हो । शंका लागि चेकजाँच गर्दा उनीसँग लागुऔषध खैरो हेरोइन प्लाष्टिकसहित ३ ग्राम २३० मिलिग्राम र प्लाष्टिकबाहेक २ ग्राम ४६० मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखि थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, ६ भदौ । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशामा अवस्थित रहेको छ जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी…
कनकाई, ५ भदौ । झापाको कनकाइ नगरपालिका वडा नम्बर ७ स्तरीय सरस्वती वडा बाल संजालको अध्यक्षमा रिजन तिम्सिना चयन भएका छन । कनकाई नगरपालिका ७ दुर्गापुर स्थित फक्तालुङ एजुकेसन फाउन्डेसनमा बुधबार (आज )सम्पन्न बाल संजाल पुर्न गठन तथा बालमैत्री अभिमुखीकरण कार्यक्रमबाट वडा स्तरिय बाल संजाल सरस्वती बाल सन्जालको अध्यक्षमा रिजन तिम्सिना चयन भएका हुन । तिम्सिनाको अध्यक्षतामा गठित कार्य समितिले अब बस्ने बैठकबाट एक जना सदस्य मनोनित गर्ने गरी गठित १३ सदस्यीय बाल सन्जालको उपाध्यक्षमा सुलभ रिमाल , सचिवमा अम्बिका गोस्वामी , सहसचिवमा सरोज रिजाल र कोषाध्यक्षमा रेश्मा घिमिरे चयन भएका हुन। त्यसै गरी सदस्यहरुमा सिखा सेन्चुरी , निरज सुवेदी…
झापा, ५ भदौ । इलाका प्रहरी बिर्तामोड कार्यालयका थुनुवा हातकडी फुस्काएर फरार भएका छन् । उपचारका लागि अस्पताल लगिएका उनी फरार भएका हुन् । लागूऔषध मुद्दामा पक्राउ परेका दमक–३ भुटानी शरणार्थी सेक्टर जी थ्री बस्दै आएका र हाल नं. १ मा डेरा गरी बस्ने २५ वर्षीय बिशाल राई हातकडी फुस्काई फरार भएका हुन् । उनलाई उपचारको लागि मंगलबार दिउँसो ४ बजे पेट दुख्ने बिरामी भएर बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएका थुनुवा राई हातकडी फुस्काई फरार भएका छन् । थुनुवा राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिएका थिए । घटनाको जानकारी गराउना साथ इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टको…
झापा, ५ भदौ । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित बाल निकुञ्ज माध्यमिक विद्यालयका शिक्षकले एक छात्रमाथि कुटपिट गरेका छन् । कक्षा–६ मा अध्ययनरत छात्रा अन्जली गुरुङलाई क्लास वर्क गर्न अटेर गरेको भन्दै नेपाली विषयका शिक्षक हेतिराज निरौलाले पाइपले पिटेका हुन् । छात्राको कम्मर माथिको भागमा ‘डढेँल्नु’ तीनवटा डाम ‘सुम्ला’ छन् । उनको विर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । छात्रालाई पिट्ने शिक्षक निरौला कानुन व्यवसायी हुन् । उनले आफूबाट गम्भीर त्रुटि भएको बताए । उनले विद्यार्थीको उपचार भइरहेको अस्पताल बिर्ता सिटीतर्फ गइरहेको बताए । कक्षा कोठामा नेपाली विषयको पढाइ भइरहेको थियो। विषय शिक्षक निरौलाले ‘क्लास वर्क’ का लागि सबै विद्यार्थीलाई अनुरोध…
झापा, ५ भदौ । देशका २८ स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन्। भदौको पहिलो हप्तासम्म पनि बजेट ल्याउन नसक्ने स्थानीय तहमध्ये २० गाउँपालिका र ८ नगरपालिका छन्। नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम स्थानीय सरकारहरूले हरेक वर्षको असार १० गतेसम्म आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नगर/गाउँसभामा पेस गरिसक्नुपर्ने व्यवस्था छ। पालिकाहरूले असार मसान्तसम्म बजेट पारित गरिसक्नुपर्छ। बजेट ल्याउन नसक्ने १४ वटा गाउँपालिका मधेस प्रदेशका छन् । बजेट पास गर्न नसकेका ८ नगरपालिकामध्ये ६ वटा मधेस प्रदेशकै छन् । बागमती प्रदेशका दुई नगरपालिका ललितपुरको गोदावरी र चितवनको राप्तीले बजेट…