
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
कचनकवल, ७ भदौ । किशोरी सशक्तिकरण कार्य समिति महेन्द्र रत्न मावि कचनकवल–४ को आयोजनामा आज “बाल विवाह रोकथाममा विद्यार्थीको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता भएको छ । प्रतियोगितामा कचनकवल गाउँपालिकाका नौ वटा विद्यालयका विद्यार्थीको सहभागिता थियो । प्रतियोगितामा महेन्द्र रत्न माविकी छात्रा नमिका गणेशले प्रथम स्थान हासिल गर्दै नगद तीन हजार र प्रमाणपत्र प्राप्त गरिन् । द्वितीय स्थानमा स्वर्णिम शिक्षा सदनकी रचना राजवंशीले दुई हजार र प्रमाणपत्र प्राप्त गरिन् भने तृतीय स्थानमा कचनकवल विद्या मन्दिरका खञ्जन राजवंशीले एक हजार र प्रमाणपत्र प्राप्त गरिन् । सान्त्वना पुरस्कार पथरिया माविकी मल्लिका धामीलाई ५०० र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको पुरस्कार वितरण कचनकवल…
झापा, ७ भदौ । झापा जिल्ला अदालतमा प्रमुख न्यायाधीशको रुपमा उमेशप्रसाद लुइँटेल आउनुभएको छ । दुई वर्षको कार्यकाल पूरा गरी प्रमुख न्यायाधीश अशोककुमार बस्नेतको सरूवा भएपछि उहाँ आउनुभएको हो । आज एक कार्यक्रमका बीच प्रमुख न्यायाधीश लुइँटेल लाई झापा जिल्ला अदालतमा स्वागत गरिएको छ । अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारी, तेजबहादुर खड्का, नविनकुमार जोशी, नगेन्द्रकेशरी पोखरेल, रामप्रसाद पौडेल, श्रेस्तेदार किरणकुमार सिंह लगायत अदालतका कर्मचारीको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन अदालतको प्रशासन शाखाका शाखा अधिकृत रामचन्द्र बस्नेतले गर्नुभएको थियो । अदालती काम–कारबाहीमा ढिलासुस्ती, पक्षपात हुन्छ भन्ने गुनासो कम गर्न अदालतबाट प्रवाह गरिने सेवामा अझ सुधार गरी पारदर्शी, छिटोछरितो, सरल एवम्…
बिर्तामोड, ७ भदौ । झापा बिर्तामोडका व्यवसायी महेन्द्र प्रसाईको मृत अवस्थामा फेला परेका छन् । बिर्तामोड–५ सगरमाथा टोल निवासी ६१ वर्षीय प्रसाई बिर्तामोड–१ सिनेप्लाजा अगाडि नरेन्द्र मैनालीको घरमा आज मृत फेला परेका हुन् । मैनालीको घरको दोस्रो तलाको कोठामा प्रसाई झुन्डिएको अवस्थामा भेटिएका थिए । सिलिङको पंखा झुन्ड्याउने हुकमा नाइलनको हरियो डोरीले घाँटीमा पासो लगाई झुन्डिरहेको अवस्थामा प्रसाईको शव फेला पारेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए । उनको शव पोष्टमार्टमका लागि मेची प्रादेसिक अस्पताल पठाइएको छ । यता, नरेन्द्र मैनालीविरुद्ध ‘आत्महत्या दुरुत्साहन’को जाहेरी दर्ता भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीमा प्रसाईका छोरा अर्जुनले मैनालीविरुद्ध…
गौरादह, ७ भदौ । नेपाल महिला संघ झापाको आयोजना र क्षेत्रीय समितिहरुको संयोजनमा झापाका पाँचवटै क्षेत्रमा महिलाहरुका लागि १–१ दिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गत भदौ १ गते झापा क्षेत्र नं–२ बाट शुरु भएको प्रशिक्षण आज क्षेत्र नं–५ को गौरादहमा समापन गरिएको हो । गौरादहस्थित वीपी स्मृति भवनमा आयोजित प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डेले लोकतन्त्र र कांग्रेस बलियो भएमात्रै मुलुक बलियो हुने धारणा राख्नुभयो । नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटीले महिला संघ नेपाली कांग्रेसको सबैभन्दा पुरानो भातृ संगठन भएपनि अहिलेसम्म चौथो महाधिवेशन मै अड्किएको तर सँगै स्थापना भएको नेपाली…
झापा, ७ भदौ । तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । प्रारम्भिक जानकारीअनुसार बस भारतीय भएको बुझिएको उहाँको भनाइ छ । शुक्रबार बिहान करिब ११ः३० बजे आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको हो । बस पानीमा तैरिइरहेको र उद्धार कार्य जारी रहेको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले बताउनुभयो । सो बसमा कति जना यात्रु थिए र तिनको अवस्थाका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।
इलाम, ७ भदौ । छेकी शेर्पा १९ वर्षकी हुनुभयो । उहाँ इलामको कच्ची सडकमा सवारी चलाउनुहुन्छ । साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै आउनुभएको छ । त्यसो त सवारी चलाउने महिला नभएका हैनन् । तर पहाडी जिल्लाको कच्ची बाटोमा सार्वजनिक यातायातको साधन चलाउने महिलाको सङ्ख्या नगण्य छ । यात्रुसहितको सवारी चलाउने उहाँ इलाम जिल्लाको मात्र नभई पूर्वी पहाडीकै एकमात्र किशोरी हुनुहुन्छ । पहाडको कच्ची सडकमा खोलानाला र भिरालो सडकमा गाडी चलाउन जो कोहीले हिम्मत गर्दैनन् । घरपरिवारले गाडी खरिद गरिदिएपछि उहाँले गाडी चलाउन थाल्नुभएको हो । बोलेरो डबल क्यापको जिपमा यात्रु र…
भद्रपुर, ७ भदौ । वितेको पाँच वर्षमा काँकरभिट्टा नाका भएर १० हजारबढी इलेक्ट्रिक रिक्सा आयात भएको छ । मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/०७७ देखि आर्थिक वर्ष २०८०/०८१ भित्र काँकरभिट्टा नाका भएर ८९ करोड ४३ लाख ३६ हजार ६४ रुपैयाँ बराबरको १० हजार १६४ थान इलेक्ट्रोनिक्स रिक्सा आयात भएका छन् । त्यसतको संख्यामा इलेक्ट्रिक इ–रिक्सा आयात हुँदा ३१ करोड ३७ लाख ३२९ रुपैयाँ राजस्व संकलन भएको मेची भन्सार कार्यालयका सूचना अधिकृत गणपति कँडेलले जानकारी दिनु भयो । यो नाका भएर साना र मझौला सवारीसाधन मात्र आयात हुने गरेको कार्यालयले जनाएको छ । अभिलेख अनुसार ट्रयाक्टर, फरक क्षमता…
चन्द्र बस्नेतकनकाई, ७ भदौ । झापाको कनकाई नगरपालिका–१ प्रजापतिस्थित पशुपति आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ। झापाको बिर्तामोडमा रहेको बालमिकी लिङ्कन कलेज परिवारले शैक्षिक सामग्री विद्यालयका सबै विद्यार्थीलाई वितरण गरेको हो । नर्सरीदेखि कक्षा–५ सम्म अध्यापन हुने पशुपति आविमा ७५ जना विद्यार्थी अध्यनरत छ्न् । विद्यालयमा ६ जना शिक्षक–शिक्षिकाले अध्यापन गराउँदै आएको प्रधानाध्यापक खेम कार्कीले जानकारी दिनुभयो । विद्यालयमा नयाँ प्रविधि अर्थात् प्रोजेक्टरको माध्यमबाटै विद्यालयमा पठनपाठन हुँदै आएको प्रधानध्यापक कार्कीले जानकारी दिनुभयो । विद्यालयमा भौतिक सुधारका प्रयास गरिँदै आएको बताउँदै उहाँले प्रदेश तथा नगरको सहयोगमा भवनमा छानो परिवर्तन गर्दै रङ्ग रोगन गरिएको सुनाउनुभयो । चट्याङ्ले पंखा, प्रोजेक्टर, इन्टरनेट,…
झापा, ७ भदौ । सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिँदैछ। पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सोधपुछका लागि समितिले आज दिउँसो २ बजे बोलाएको छ । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालिन प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन् । लामिछानेसँगै समितिले गोरखा नेटवर्कका सञ्चालक छविलाल बन्जाडे जोशीसँग पनि आजै बयान लिने तयारी गरेको छ। बयानका लागि उनलाई बिहान ११ बजे बोलाइएको समितिले जनाएको छ। काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम र चितवनको सहारा सहकारीबाट गोर्खा मिडियामार्फत रकम अपचलन गरेको आरोप लामिछानेमाथि छ।…
झापा, ७ भदौ । गोरखामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । गोरखा नगरपालिका–६, पाटेचौरस्थित निर्माणाधीन घरको छतमा रेलिङ राख्ने क्रममा करेन्ट लागेर गोरखा नगरपालिका–९ लक्ष्मीबजार घर भएका २४ वर्षीय सुनील मगरको मृत्यु भएको हो। करेन्ट लागेर गम्भीर घाइते भएका मगरको तत्काल उद्धार गरी गोरखा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर मेडिकल कलेजमा पु¥याइएको थियो । उनले उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ९डिएसपी० रमेशकुमार श्रेष्ठले जानकारी दिए। करेन्ट लागेसँगै काम गरिरहेका भारत घर भई गोरखा नगरपालिका–८, पेट्रोल पम्प बस्दै आएका २८ वर्षीय…