
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सन्तोष शर्माभद्रपुर, २८ असार । झापा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको छ । जिल्ला समन्वय समिति झापाको सभाहलमा आज आयोजित ‘झापा जिल्ला पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा एवम् महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका सम्मानजनक बिदाइ कार्यक्रम’का बीच झापा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले झापा जिल्ला पूर्ण खोप जिल्ला भएको घोषणा गर्नुभएको थियो । पूर्ण खोप घोषणापछि प्रतिबद्धता पत्रमा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका स्वास्थ्य मन्त्री राजेन्द्र कार्की लगायतका अतिथि हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री कार्कीले पूर्ण खोप जिल्ला घोषणामा ग्रामीण क्षेत्रमा अहोरात्र क्रियाशील स्वास्थ्य स्वयम्सेविकाको…
आज शुक्रबारबाट फिल्म ‘घरज्वाँइ’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएको यो फिल्मले देशभर एकल प्रदर्शन अवसर पाएको हो । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्मले देशभर राम्रो शो पाएको छ । देशकै ठुलो मल्टीप्लेक्स चेनले काठमाडौँमा २१ तथा मोफलसलमा ३७ शो दिएको फिल्मलाई दोस्रो ठुलो चेन आईएनआईले आफ्नो तीनवटा स्टेसनमा गरी १२ शोज तथा तेस्रो ठुलो चेन वान् सिनमाज्ले नयाँ बानेश्वर र कालिमाटीले गरी कूल ९ शोज दिएको छ । फिल्मले काठमाडौँका बिग मुभिज, एफक्युब, बिएसआर, विश्वज्योति सिनेमाज्, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज्, कीर्तिपुर सिनेमाज् जस्ता मल्टीप्लेक्सहरुमा पनि राम्रो शो पाएको छ…
विराटनगर, २८ असार । विदेशीहरुलाई मात्र प्राथमिकता दिँदा दक्ष जनशक्त्ति पलायन हुन बाध्य भैरहेको भन्दै स्वदेशमै रोजगार दिन विश्वविद्यालयले उद्योगहरुसँग आग्रह गरेको छ । मनमोहन प्राविधिक विश्विद्यालयले रोजगार दाताहरुसँग छलफल गर्दै उत्पादन भएका दक्ष प्राविधिक जनशक्त्तिहरुभरपर्दो अवसर नपाउँदा बैदेशिक रोजगारमा जान बाध्य हुनुपरिरहेकोले उनीहरुलाई स्वदेशमै रोजागार दिएर पलायन हुनबाट रोक्न उद्योगहरुसँग आग्रह गरेको हो । मनमोहन प्राविधिक विश्विद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले आफुहरुले व्यवहारिक रुपमा स्वदेशका उद्योगहरुका लागि सुहाउँदो जनशक्त्ति उत्पादन गरिरहेकोले उद्योगहरुले रोजगारमा प्राथमिकता दिनु आग्रह गरे । उनले प्राविधिक विश्विद्यालयबाट उत्पादित जनशक्त्ति स्वदेशका लागि मात्र नएर विदेशका लागि पनि दक्ष हुनेगरेकोले स्वदेशमै रोजगार पाए अझै धेरै गुणस्तरिय जनशक्त्ति…
काठमाडौं, २८ असार । गृहमन्त्रालयले रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ । यस प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा छलफल हुँदैछ । आज बिहान नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोले दुईवटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता भएपछि मन्त्रालयले बर्खामा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको हो । यो विषयमा यातायात व्यवसयीहरूसँग छलफल गर्न लागेको मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख एवम् सहसचिव डा।भीष्मकुमार भूसालले जानकारी दिए । बर्खाको समयमा रातिमा सवारी साधन सञ्चालन गर्दा थप जोखिम हुने भएकोले गृहमन्त्रलायले यो समय रोक लगाउने तयारीका साथ छलफल गर्न लागेको हो । यसअघि २०७९ साल साउनमा रातिको यात्रा जोखिमपूर्ण भएको भन्दै…
काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् बचाउन नेपाली काँग्रेसलाई आग्रह गरेका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेकाहरुले संसद् नै निल्ने प्रयास गर्ने बताए। उनले काँग्रेसलाई संविधान मिच्नेतिर नलाग्न आग्रह गरे। उनले नयाँ सरकार पनि संविधान नमिची बनाउन आग्रह गरे। उनले भने, ‘म काँग्रेस–एमालेका साथीहरूलाई पनि सहकार्यको बधाइसहित केही भन्न चाहन्छु। तपाईहरू संविधान मिच्नतिर नलाग्नुहोला। नयाँ सरकार पनि संविधान नमिची बनाउनुहोला। काँग्रेसका साथीहरूलाई बेग्लै मेरो अनुरोध छ, कृपया संसद् चाहिँ बचाउनुहोला। संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेका साथीहरूले संसद नै…
एजेन्सी, २८ असार । उत्तर भारतका चट्याङका घटनामा १०० भन्दा बढी मानिसको मृत्यु भएको छ। उत्तर प्रदेश, बिहार, झारखण्ड, तथा पश्चिम बंगालका विभिन्न क्षेत्रमा बिजुली चम्किँदा १०० भन्दा बढीको मृत्यु भएको र सयौँ मानिस घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उत्तर प्रदेशको प्रतापगढमा मात्रै ११ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। यस्ता घटनामा बिहारमा मात्रै ५४ जनाको मृत्यु भएको छ । यस्तै उत्तर प्रदेशमा चट्याङबाट ४३ जनाको मृत्यु भएको छ । कैयौा मानिस घाइते भएका छन्। उत्तर प्रदेशको प्रतापपुरमा १२, सुल्तानपुरमा ७ र चन्दौलीमा ६ जनाको मृत्यु भएको छ भने प्रयागराजमा चारजनाले ज्यान गुमाएका छन्। यस्तै झारखण्डमा ३५ जनाको मृत्यु…
काठमाडौँ, २८ असार । देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म एक सय एक जनाले ज्यान गुमाएका छन् ।गत जेठ २८ गते बिहान ९ बजेदेखि आज असार २८ गते बिहान ८ बजेसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परी एक सय एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनले भने “जेठ २८ गते बिहान ९ बजेदेखि आज बिहान ८ बजेसम्ममा बाढीपहिरामा परी एक सय एक जनाको मृत्यु, एक सय आठ जना घाइते र छ जना बेपत्ता भएका छन् ।” यसैगरी बाढीपहिरो तथा विपद्का कारण काठमाडौँमा एक जना,…
झापा, २८ असार । आज बिहान त्रिशूली नदीमा दुई वटा बस खस्दा बेपत्ता भएका ५४ जनामध्ये १७ जना यात्रुको नाम खुलेको छ। बेपत्ता हुने एउटा बसमा गाडी धनी पनि रहेका प्रहरीले जनाएको छ। प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आज बिहान दुईवटा वसलाई पहिरोले त्रिशूलीमा खसाउँदा करिब ५४ जना बेपत्ता भएका छन्। यसअघि प्रहरीले करिब ६५ जना त्रिशूलीमा बेपत्ता भएका जनाएको थियो। वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३ ००६ ख १५१६ नम्बरको बस धनी राजेन्द्र केसी पनि त्रिशूलीमा बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए। उक्त बसका चालक, सहचालक पनि यात्रुसँगै नारायणीमा बेपत्ता छन्। बेपत्ता…
झापा, २८ असार । झापाको कचनकवलमा उद्धारको क्रममा एक जङ्गली चित्तल (हरिण) मरेको छ। डिभिजन वन कार्यालयका अनुसार हिजो साँझ बस्तीमा छिरेको हरिणलाई समातेर वन समितिलाई बुझाउन खोज्दा हरिण मरेको हो। हिजो साँझ ६:२५ बजेको समयमा कचनकवल गाउँपालिका–७ बालुवाडीमा रहेको दिपज्योति सामुदायिक वनबाट निस्किएको करिब १०० केजी तौलको हरिण कचनकवल–७ बालुवाडीस्थित गोबरधन बस्तीतर्फ प्रवेश गर्दा स्थानीयले समातेका थिए। दिपज्योति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरि लिम्बू आफैले आफ्नो ट्याक्टरमा बोकी डिभिजन वन कार्यालयको निर्देशन अनुसार कचनकवल–३ स्थित दुर्गाभिट्टा सामुदायिक वन उपभोक्ता समितिलाई जिम्मा दिनका लागि लैजाने क्रममा बाटोमा नै सो हरिण मरेको हो। मरेको हरिण दुर्गाभिट्टा सामुदायिक वन उपभोक्ता समितिलाई…
झापा, २८ असार । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएका छन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् । नेपालको संसदीय इतिहासमा यसरी प्रधानमन्त्रीले डेढ वर्षमै पाँचौँ पटक विश्वासको मत लिनुपरेको सम्भवतः यो पहिलो घटना हो । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए । दुवै ठुला दलले आलोपालो सरकारको नेतृत्व लिने गरी सरकार गठनको सहमति र निर्णय गरेका छन् । प्रधानमन्त्री…