झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २८ असार । कास्कीका विभिन्न ठाउँमा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । पोखरा १९ तल्लाकोट टारीमा एकै परिवारका ६ सहित सात जनाको मृत्यु भएको छ भने पोखरा ३२ चैनपुरमा ३ जनाको मृत्यु भएको छ । यस्तै, मादी गाउँपालिका ११ तल्लो ताप्लेमा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गएराति १० बजेर २० मिनेटपछि तल्लाकोट टारीका कुल बहादुर परियारको घरमा पहिरो खसेको हो । मृत्यु हुनेमा ४६ वर्षीय कुल बहादुर परियार, ४३ वर्षीय मनु कुमारी परियार, ८५ वर्षीय लक्षीमा परियार, १५ वर्षीय प्रसना परियार छन् । विवाहपछि माइत गएकी कुल बहादुरकी छोरी २० वर्षीय…

Read More

मोरङ, २८ असार । मोरङ सुन्दरहरैंचा–९ का एक कुखुरा फर्म सञ्चालकको हत्या गरेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुन्दरहरैंचा–९ का ४९ वर्षीय सहदेव बजगाईँको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मोरङ उर्लाबारी–४ हाटखोला घर भई बजगाईंकै कुखुरा फर्ममा काम गर्ने ३६ वर्षीय छिरिङ भन्ने सुनिल तामाङ र उनकी श्रीमती ३३ वर्षकी प्रनिसा पाँचकोटीलाई पक्राउ गरेको हो । सुन्दरहरैंचा–१ कुमार गाउँस्थित कुखुरा फर्म भित्रै फर्मका सञ्चालक बजगाईंको बिहीबार बिहान शव फेला परेको थियो । कुखुरा फर्ममा काम गर्ने दम्पतीले नै उनको हत्या गरेको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको थियो । यद्यपि दुवैजना फरार थिए । प्रहरीले उनीहरुलाई सुनसरी…

Read More

झापा, २७ असार । जिल्लामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि ८३ उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयमा उक्त उजुरी दर्ता भएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि चापागाइँका अनुसार आयोगले पहिलो पटक सूचना सार्वजनिक गरेको मिति गत जेठ ११ गतेदेखि हालसम्म उक्त उजुरी परेका हुन् । उनले मिति आगामी साउन ४ गतेसम्मका लागि म्याद थप भएकाले उजुरी गर्नेको सङ्ख्या बढन्सक्ने बताए । सहायक प्रमुख जिल्ला अधिकारी चापागाइँले भने, “मेरो नेतृत्वमा जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकील कार्यालयको प्रतिनिधि रहेको संयन्त्र गठन भएको छ, जसले आयोगले सूचना आह्वान गरेपछि परेका उजुरी उपर आवश्यक…

Read More

बिर्तामोड, २७ असार । नेपाल मास्टर्स अफ स्नुकरको उपाधि हेटौंडाका सोम लामाले जितेका छन् । बिर्तामोड स्नुकरको आयोजनामा गत असार १५ गतेदेखि शुरु भएको राष्ट्रिय स्तरको प्रतियोगिताको उपाधि लामाले जितेसँगै नगद २ लाख रुपैयाँसहित ट्रफी हात पारेका छन् । आज भएको फाइनल खेल पछिको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास राज्य मन्त्री सिर्जना राईले लामासहित विजेता खेलाडीहरुलाई नगद र ट्रफी प्रदान गरिन् । स्नुकर नेपाल मास्टर्स प्रतियोगितामा काभ्रेका वाङ्चु आले तामाङ द्वितीय र हायसब्रेकर भए । उनले द्वितीय पुरस्कार ८० हजार हायस ब्रेकरको पुरस्कार ५० हजार नगद र ट्रफी प्राप्त गरे । त्यस्तै, सेमी फाइनलिस्टमा बुटबलका रेगन…

Read More

झापा, २७ असार । रेडियो सुनेर पैसा कमाउन सकिन्छ भन्दा पत्यार नलाग्न सक्छ, तर रेडियो सुनेरै एकजना स्रोताले पौने दुई लाख रुपैयाँ आम्दानी गरेका छन्। प्युठानको ऐरावती गाउँपालिका ६ का बघौडाका ऋषिराम पाण्डेले रेडियो सुनेर पौने दुई लाख आम्दानी गरेका छन्। देशभरका ६५ जिल्लाका विभिन्न रेडियोमा फोन गरेर विभिन्न हाजिरी जवाफ जस्ता पुरस्कार राशि राखिएका कार्यक्रम फोन गरेर उनले आम्दानी गरेका हुन्। २०६१ सालदेखि सीडीएमए फोन हुँदादेखि नै रेडियोमा फोन हान्ने विभिन्न कार्यक्रममा भाग लिने ऋषिरामले अहिले आफूले पाँचवटा फोन राखेर हाजिरजवाफ, गाउँखाने कथा, दोहोरी प्रतियोगिता लगायतका कार्यक्रममा भाग लिँदै आएका छन्। विभिन्न नगद पुरस्कार, रिचार्ड कार्ड र अन्य पुरस्कारबाट…

Read More

काठमाडौं, २७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षीमा मत दिने निर्णय गरेको सांसद धवलशमशेर राणाले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले भोलि, शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् ।

Read More

राजु अधिकारीविराटनगर,२७ असार । कोशी प्रदेशले पछिल्लो डेढ वर्षको बहुसंख्यक समय सरकार फेर्ने कसरतमा बिताइसकेको छ। यही अस्थिरताको परिणामस्वरूप छिटो–छिटो मुख्यमन्त्रीहरू फेरिइरहेका छन्। प्रदेश सभाको दोस्रो कार्यकालको १९ महिना पूरा हुँदै गर्दा कोशीमा ६ पटक मुख्यमन्त्री फेरिएका छन्। अनेकौं राजनीतिक बहानामा मुख्यमन्त्री फेरिए पनि सत्तारोहण गर्ने बेलामा हरेक मुख्यमन्त्रीहरूले दोहोर्याउने वाचा चाहिँ फरक हुँदैन। प्रदेशलाई समृद्ध बनाउनेदेखि संघीयता बलियो पार्नेसम्मका प्रतिबद्धता दोहोर्याइरहँदा मुख्यमन्त्रीहरूले भन्न नछुटाउने अर्को वाक्य पनि छ ुप्रदेशमा भइरहेको फजुल खर्च रोक्ने, मितव्ययी बन्ने।ु कोशी प्रदेश सभाको पहिलो कार्यकालका तीन जना र दोस्रो कार्यकालमा ६ पटक फेरिएका मुख्यमन्त्रीहरू सबैले यो वाक्य दोहोर्‍याएर प्रदेशमा फजुल खर्चको बाढी लाग्ने गरेको…

Read More

विराटनगर, २७ असार । बिहीबार विहान मोरङको बेलबारीमा एउटा कुकुरले आतंक मचाएको छ । बिहान साढे ९ बजे बेलबारी नगरपालिका– १ र ३ नम्बरमा आतंका मच्चाउँदै ९ जनालाई टोकेको हो । घर वरपर काम गरिरहेका र बाटो हिँडिरहेकालाई कुकुरले लखेटीलखेटी टोकेको थियो । कुकुरले गाउँका केही घरपालुवा कुकुरलाई पनि टोकेको थियो । बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईका अनुसार बेलबारी–३ का ८५ वर्षीय पदमबहादुर घिसिङ, उनकी श्रीमती ८० वर्षीया सावित्री घिसिङ, ८५ वर्षीया धनमाया मगर, ६२ वर्षीय दिलबहादुर गुरुङ, बेलबारी–१ का ७१ वर्षीय तुलसीप्रसाद दाहाल, ५३ वर्षीय तिलकबहादुर श्रेष्ठ, ४५ वर्षीय फिबुनन्द लावती, ३४ वर्षीय हरिचन्द्र कार्की र ३३ वर्षीय मिलन…

Read More

विराटनगर, २७ असार । झापा र मोरङबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती साढे ९ बजे झापाको दमक नगरपालिका १ फाल्गुनन्द चौक स्थितमा इलामको महमाई नगरपालिका १ घर भई हाल सोहि स्थानमा डेरा गरी बस्दै आएका २५ बर्षीय सन्तोष कुमार एक्तेन लिम्बुले लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र अस्थाई प्रहरी पोष्ट फागुनन्दबाट खटिएको प्रहरी टोलीले उक्त कोठाको खानतलासी गर्दा कोठाबाट ४ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेसगै बेचबिखनमा संलग्न निजकै श्रीमती २४ बर्षीया सनिता राई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै हिजो दिउसो साँढे २ बजे लागुऔषध नियन्त्रण ब्युरो…

Read More

झापा, २७ असार । झापाको गौरादह नगरपालिका १ सितापुरी स्थित मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । गत राति लु ९ प १२७१ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई सडकको छेउमा रहेको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना हुँदा घाइते भएका मोटरसाईकलमा पछाडी सवार देश भारतका ४१ वर्षीय कमल ठाकुरको निम्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न मोटरसाइकल चालक स्थानीय ३३ वर्षीय गोपाल ठाकुरलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Read More