झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

एजेन्सी, १७ फागुन । इरानको इस्लामिक रिभोलुशनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी सैन्य अड्डा र इजरायलमा आक्रमण गर्ने चेतावनी दिएको छ । आईआरजीसीले इरानी सशस्त्र सेनाको इतिहासकै सबैभन्दा खतरनाक आक्रमण शुरू हुने चेतावनी दिएको बीबीसीले जनाएको छ । इरानको सरकारी टेलिभिजनले इजरायल र अमेरिकाले संयुक्त रूपमा गरेको आक्रमणमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएका पुष्टि गरेपछि यो चेतावनी आएको हो । आक्रमणमा खामेनीका छोरी, ज्वाइँ तथा नातिनातिना र एक बुहारी पनि मारिएका इरानी सञ्चारमाध्मयले जनाएका छन् । खामेनी मारिएको शोकमा ४० दिने राष्ट्रिय शोकको घोषणा भएको छ । खामेनीको मृत्युपछि अब राष्ट्रपतिसहित तीन जनाले त्यहाँको सत्ता सञ्चालन गर्ने भएका छन्…

Read More

झापा, १७ फागुन । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । उनलाई भक्तपुर स्थित निवासबाटै पक्राउ गरिएको हो । प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा लगिएको छ । उनलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले बताए । यसअघि सर्वोच्च अदालतको आदेशमा उनी फागुन १३ मा रिहा भएका थिए । पछिल्लो समय चुनाव बिथोल्ने भूमिका खेल्ने आशङ्का प्रशासनले उनलाई पक्राउ गर्ने र अदालतको आदेशले छाड्ने गर्दै आएको छ । उनीबिरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिने डीएसपी जबेगुले बताए ।

Read More

बिर्तामोड, १७ फागुन । झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आधुनिक प्रविधिको प्रयोगलाई तीव्रता दिएको छ । वित्तीय कारोबारमा पारदर्शिता र सुशासन कायम राख्न संस्थाले शनिबार एक कार्यक्रमबीच सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने उद्देश्यले ‘ट्रस्टएमएल सिस्टम’को औपचारिक कार्यान्वयन प्रक्रिया सुरु गरेको हो । डेटम सिस्टम्स प्राइभेट लिमिटेडको प्राविधिक सहयोगमा सञ्चालनमा ल्याइएको यो प्रणालीले सहकारीको जोखिम व्यवस्थापनलाई थप चुस्त बनाउने विश्वास गरिएको छ । कार्यक्रममा संस्थाका व्यवस्थापक सरोज दाहालले बदलिँदो परिवेशमा सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउनु आजको आवश्यकता रहेको उल्लेख गर्दै सफ्टवेयरले संस्थाको विश्वसनीयतालाई अझ उचाइमा पुर्‍याउने बताउनु भयो। यो प्रणालीको प्रयोगले संस्थामा स्वचालित…

Read More

झापा, १७ फागुन । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए पनि यहाँ यथावत् राखेको छ । निगमले आज विज्ञप्ति जारी गरी उपभोक्तालाई राहत दिने उद्देश्यले मूल्य यथावत् राखिएको जनाएको हो । निगमका अनुसार, पेट्रोलमा दुई रुपैयाँ नौ पैसा, डिजेलमा दुई रुपैयाँ ४७ पैसा, ग्यासमा प्रतिसिलिन्डर १८ रुपैयाँ ५८ पैसा मूल्य बढेर आएको थियो ।

Read More

झापा, १७ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुरुप पास आवश्यक नपर्ने उल्लेख गरेको छ । आयोगबाट नेपाल सरकारलाई देहायबमोजिमका सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था मिलाउन सिफारिस गरिएको उल्लेख गरिएको छ । आयोगले दमकल, एम्बुलेन्स, शववाहन खानेपानीका, दूध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक पर्नेछैन । दूूरसञ्चार सेवा,…

Read More

झापा, १७ फागुन । मेचीनगर–१० धुलाबारीमा नवनिर्मित ‘तपस्याधाम’ आध्यात्मिक पर्यटनको नयाँ गन्तव्य बनेको छ । पूर्वपश्चिम राजमार्गको धुलाबारी मोडबाट डेढ किलोमिटर उत्तर लीलाबस्तीमा रु १३ करोडको लागतमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले धामको निर्माण गरेको हो । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र उहाँका दाजु राज्यप्रकाश शर्माले स्वर्गीय मातापिता पर्शुराम शर्मा र सावित्रादेवीको स्मृतिमा निःशुल्क प्रदान गर्नुभएको पाँच कट्ठा जग्गामा धामको आकर्षक संरचना निर्माण भएका छन् । धामकी सञ्चालिका एवं बह्माकुमारी राजयोग सेवा केन्द्र धुलाबारीकी प्रमुख अनुसा दिदीका अनुसार तपस्याधाममा ध्यान कक्ष, तपस्यास्थल, प्रजापिता बह्मा बाबाको स्मारक, आवास कक्ष र सेमिनार हल निर्माण गरिएका छन् । राजयोग र ध्यानका माध्यमबाट मानसिक…

Read More

झापा, १७ फागुन । इरानका सर्बोच्च नेता आयतुल्लाह अलि खामेनीको अमेरिकी आक्रमणमा परी मृत्यु भएको छ । अमेरिका र इजरायलले गरेको संयुक्त हवाइ आक्रमणमा नेता खामेनीको मृत्यु भएको सिबीएसलाई उद्दत गर्दै बिबीसीले जनाएको छ । बिबीसीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीको मृत्यु भएको पुष्टि गर्नुभएको छ । खामेनी लगायत अरु ४० जना इरानी उच्च अधिकारीहरुको पनि मृत्यु भएको छ । राष्ट्रपति ट्रम्पले इरानमाथिको आक्रमण शासन व्यवस्था परिवर्तका लागि भएको र अब परिवर्तनको नयाँ अवसर इरानी जनतालाई आएको उल्लेख गर्नुभएको छ । अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गएराति बहराइन, दोहा, दुबाई र कुवेतमाथि मिसाएल आक्रमण गरेको छ ।

Read More

झापा, १७ फागुन । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभाग, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल तथा अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको छ । तराई भागका केही स्थानमा तुँवालो लागेको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ भने देशका हिमाली भूभागमा साधरणतया…

Read More

झापा, १६ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानको दिन फागुन २१ गते सवारीसाधन सञ्चालन व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन विशेष व्यवस्था गरेको जनाएको छ। सवारीसाधनको अनुमति सम्बन्धी कार्यविधि, २०६२ को दफा ५ को खण्ड (त), दफा ९ र दफा ११ समेतका आधारमा आयोगले दमकल, एम्बुलेन्स, शव वाहन, खानेपानीको ट्याङ्कर, दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने तथा असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था मिलाउन सरकारलाई सिफारिस गरेको आयोगले जनाएको छ। आयोगका अनुसार दूरसञ्चार सेवा, खानेपानी, विद्युत् र ढल मर्मतका सवारीसाधन, अस्पताल सेवाका सवारीसाधन ९चिकित्सक र स्वास्थ्यकर्मीको…

Read More

झापा, १६ फागुन । नेपाल मुस्लिम नागरिक समाज केन्द्रिय समितिले झापासहित देशभरका १५ जना उम्मेद्वारलाई प्रतिनिधिसभा निर्वाचनमा समर्थन गर्ने भएको छ । समाजले आज झापा गाउँपालिका–४ मा पत्रकार सम्मेलननको आयोजना गरी झापाका ४ सहित १५ जना उम्मेद्वारलाई समर्थन गर्ने जनाएको हो । समाजले समर्थन गरेका उम्मेदवारलाई मतदान गरी विजयी गराउन आग्रहसमेत गरिएको छ । नेपाल मुस्लिम नागरिक समाज केन्द्रिय समितिका अध्यक्ष स्वर्गीय मसुरुद्दिन अन्सारीका माइला छोरा अब्दुल सद्दाम अन्सारीले पत्रकार सम्मेलनमा आफ्ना स्व. पिताले समाजमा गरेका सामाजिक कार्यका बारेमा जानकारी दिँदै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा १५ जना उम्मेद्वारलाई भोट दिन मुस्लिम समुदायलाई आह्वान गरेका हुन् । सामाजिक क्षेत्रमा…

Read More