
झापा, ३० जेठ । झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुल क्षेत्रमा लागुऔषधसहित बिर्तामोडका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले आज दिउँसो भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका बिर्तामोड नगरपालिका–७ का ३० वर्षीय विष्णुसिंह राजवंशीलाई लागुऔषधसहित पक्रउ गरेको हो ।
शंकाको आधारमा चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकबाहेक ५ ग्राम ४० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेका राजवंशीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


