झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

इलाम, ११ भदौ । दश वर्षअघि साउन–भदौमा कोदो काम रोप्ने धमाधम हुन्थ्यो । सूर्योदय नगरपालिका–१ मकरजुङका रमेश राईले भन्नुभयो, “अर्मपर्म गर्दै एक डेढ महिनासम्म गाउँभरि कोदो रोपिन्थ्यो । आजकाल त कोदो रोप्न छाडियो ।” कोदोबाट भन्दा चिया, अलैँची, अकबरे लगायतका कृषि उपजबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानले कोदो खेती छोड्दै गएका छन् । “कसै–कसैले घरमा जाँड बनाउन, पूजा गर्न भनेर अलिअलि लगाए पनि बिक्री गर्ने उद्देश्यले खेती हुन छोडेको छ ।” माइजोगमाई गाउँपालिका–३ का मिलन खड्काले भन्नुभयो, “पैले–पैले हाम्रै गाउँभरि कोदो हुन्थ्यो । अहिले खेतबारीमा कतै चिया, कतै अलैँची भरिएको छ । कोदोबाट नगद आम्दानी छैन । बरु अकबरेको…

Read More

झापा, ११ भदौ । विगत छ वर्षदेखि मुख्य भन्सारको मान्यता पाएको भद्रपुर नाकाबाट निर्यात व्यापार शून्य छ । सीमावर्ती भारतीय नाका गलगलियाको स्तरोन्नति नहुँदा भद्रपुरबाट नेपाली सामान निर्यात हुन नसकेको हो । विसं २००७ भन्दाअघिदेखि राणाकालीन व्यापारिक नाकाका रुपमा परिचित भद्रपुरको भन्सार नेपालकै पुरानो मानिन्छ । तर विसं २०७५ भदौ १९ गते मात्र यसले छोटी भन्सारबाट स्तरोन्नति हुँदै मुख्य भन्सारको मान्यता पाएको हो । मुख्य भन्सारको मान्यता पाएपछि भद्रपुर भन्सार कार्यालयको भौतिक पूर्वाधार, जनशक्ति र क्षेत्राधिकार बढेको छ । तर, निर्यात व्यापारको ढोका भने अहिलेसम्म खुल् नसकेको जनाइएको छ । नेपालले भन्सारको स्तरोन्नति गरे जस्तै सीमापारिको गलगलियास्थित भारतीय नाकाको स्तरोन्नति…

Read More

झापा, ११ भदौ । झापामा पछिल्लो छ महिनाको अवधिमा पाँच सयभन्दा बढी पशु चौपाया नियन्त्रणमा लिइएको छ । झापाका सीमा क्षेत्रबाट गत फागुन १ गतेदेखि भदौ ५ गतेसम्मको अवधिमा पाँच सय नौ वटा पशु चौपाया नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका डिएसपी सुमन पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा र मातहतका गुल्म र बिओपीले पाँच सय दुई वटा गाईगोरु र सात वटा राँगाभैँसी नियन्त्रणमा लिइएको छ । “सीमा क्षेत्रमा सक्रियाता बढाएका छौं”, उहाँले भन्नुभयो, “अवैध रुपमा भारत लैजान खोजिएका पशु चौपाया नियन्त्रणमा लिएर भन्सार बुझाइएको छ ।” सीमा…

Read More

झापा, ११ भदौ । झापाको मेचीनगर नगरपालिकामा एक जना नहरमा डुबेको अवस्थामा मृत फेला परेका छन् । सोमबार मेचीनगर–७ मदन बस्ति स्थित चन्द्र काफ्लेको जग्गा भाडामा लिई कृषि फार्म सञ्चालन गर्दै आएका मेचीनगर–६ काँकरभिट्टाका ५८ वर्षीय पुनेप्रसाद सत्याल आफ्नै कृषि फार्मको छेउमा रहेको नहरमा डुबेर मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी टोली खटी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, ११ भदौ । महिला उद्यमी संघ बिर्तामोडको अध्यक्षमा राधिका चुडाल हुमागाई चयान भएकी छिन् । बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी संघको तेस्रो अधिवेशनबाट हुमागाई सर्वसम्वत चयन भएकी हुन् । संघको वरिष्ठ उपाध्यक्षमा कमला उप्रेती श्रेष्ठ, उपाध्यक्षमा संगीता साह र आरती श्रेष्ठ चयन भएका छन् । संघको महासचिवमा लीला उप्रेती प्रसाई, सचिव शीला चुडाल, कोषाध्यक्ष गोमा दंगाल र सह कोषाध्यक्षमा अञ्जु लामिछाने चयन भएका हुन् । सदस्यहरुमा भने मुना कुमारी लिम्बू, रेणुका महत्तो, कविता अधिकारी पौडेल, कविता पोखरेल, गीता खतिवडा, सृजना अग्रवाल, गीता थापा विष्ट, निरुजा दहाल, विमला निरौला घिमिरे, इसरत परवीन शेख, दुर्गा पोखरेल, पुनम अधिकारी…

Read More

शिवसताक्षी, ११ भदौ । राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी नगर कमिटीले निःशुल्क एक दिवसय दन्त शिविर सञ्चालन गरेको छ । सोमबार शिवसताक्षीको शिवगञ्जमा सञ्चालन गरिएको शिविरमा १०६ जनाले दन्त परीक्षण गराएका छन् । युवा संघले ग्रामिण क्षेत्रका नागरिकलाई लक्षित गरी दन्त शिविर सञ्चालन गरेको जनाएको छ । शिविरको नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा झापा जिल्ला इन्चार्ज रोमनाथ ओलीले उद्घाटन गर्नु भएको थियो । उहाँले उद्घाटनका क्रममा आफ्नो दाँत समेत परीक्षण गराउनु भयो । दन्त शिविरमा ऊँ शान्ति डेण्डल हस्पिटलका डा. स्मारक दाहाल टोलीले सहजीकरण गरेको थियो । शिविरमा राष्ट्रिय युवा संघ स्थायी कमिटी सदस्य एवम झापा जिल्ला कमिटी सदस्य…

Read More

बिर्तामोड, १० भदौ । वाइसीएल नेपाल बिर्तामोड नगरको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ । सेवन दर्नालको अध्यक्षतामा ५१ सदस्यीय नगर समिति चयन गर्दै सोमबार दोस्रो नगर सम्मेलन सम्पन्न भएको हो । समितिको उपाध्यक्षत्रयमा विकास तामाङ, विजय तामाङ र विक्रम बोहोरा चयन भएका छन् । सचिव बिमल कन्दङवा, सहसचिव नर्बदा कार्की र कोषाध्यक्षमा सन्ध्या मास्के चयन भएका छन् । कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र कोशी अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो)ले युवाहरुको समृद्ध भविष्य निर्माण सबैको चाहना भएको बताए । ‘विदेशिने, अर्काको देश मा गएर चर्को घाममा काम गर्ने चाहना कसैको हुँदैन,’ उनले भने, ‘मुलुकमै कलकारखाना निर्माण गरी, उद्योग खोली युवाहरुलाई…

Read More

झापा, १० भदौ । झापाको पूर्वी नाका काँकरभिट्टाबाट ३२ करोड रुपैयाँ भन्दा बढीको सिमेन्ट निर्यात भएको छ । काँकरभिट्टा नाकाबाट गत आर्थिक वर्ष २०८०–०८१ मा ३२ करोड ६६ लाख पाँच हजार सात रुपैयाँ मूल्य बराबरको ४९ हजार ९५९ टन सिमेन्ट निर्यात भएको कार्यालयले जनाएको छ । नेपालमा उत्पादित सिमेन्टको गुणस्तर राम्रो भएका कारण भारतमा यसको माग सन्तोषजनक रहेको उद्योगीहरूको भनाइ छ । अहिले नेपालमै कच्चा पदार्थ क्लिंकर पाइने भएकाले निर्यात बढ्दै गएको कार्यालयका सूचना अधिकारी गणपति कँडेलले बताउनुभयो । सरकारले सिमेन्ट निर्यात बढाउन आठ प्रतिशतसम्म निर्यात अनुदान दिने व्यवस्था गरेको छ ।

Read More

बनियानी, १० भदौ । झापाको कचनवल गाउँपालिका–६ डम्बरगाछकी एक बृद्धाका लागि यहाँका युवाले घर बनाइदिएका छन् । राष्ट्रिय युवा संघ नेपाल कचनकवलले कचनकवल–६ डम्बरगाछकी ७० वर्षीया भोटेशरी राजवंशीका लागि घर निर्माण गरिदिएको हो । आज एक कार्यक्रमका बीच घर हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि युवा संघका केन्द्रीय सचिव पर्वतराज भण्डारीले रिबन काटेर घरको साँचो भोटेशरी राजवंशीलाई हस्तान्तरण गर्नुभयो । ‘दुःखीको घर, युवाको भर’ भन्ने नाराका ज्येष्ठ माता भोटेश्वरीको घर निर्माण गरिएको युवा संघ कचनकवलका अध्यक्ष नवराज ढुंगानाले बताउनुभयो । घर निर्माणमा विभिन्न दाताहरूको नगद र जिन्सी सहयोग प्राप्त भएको उहाँले बताउनुभयो । “सबैको साथ र सहयोगबाट घर बनाएर…

Read More

प्रकाश अधिकारीअहिलेसम्मका खोज र प्रमाणले कठोर दण्डको भयले मानिसलाई अपराध गर्नबाट हतोत्साहित पारेको पुष्टि गर्दैन । आफूले गर्ने कार्य कसूरजन्य हो हैन र कसुर भएमा कति दण्ड हुन्छ भनी हिसाब गरेर अपराध गर्ने बिरलै हुन्छन् । सबै मानिस एउटै प्रकृतिका हुँदैनन् । तिनको सामाजिक, सांस्कृतिक र आर्थिक पृष्ठभूमि पृथक् पृथक् हुन्छ । जुन दण्डले सामान्य समझको मानिसलाई भयभित गराउँछ त्यही दण्डले असामान्य समझको मानिसलाई हतोत्साहित नपार्न सक्छ । सामान्य समझकै मानिस पनि सानो निहुँमा अत्यधिक उत्तेजित हुने वा रिसाउने वा आत्मसंयम गुमाउने, इख वा बदलाको भावनाले प्रेरित हुने हुन्छन् । पेशेवर अपराधी आर्थिक लाभ वा प्रलोभनमा जस्तोसुकै अपराध गर्नमा पनि तत्पर हुन्छन् । लर्ड मैकालेले सन्…

Read More