
शिवसताक्षी, ११ भदौ । राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी नगर कमिटीले निःशुल्क एक दिवसय दन्त शिविर सञ्चालन गरेको छ ।
सोमबार शिवसताक्षीको शिवगञ्जमा सञ्चालन गरिएको शिविरमा १०६ जनाले दन्त परीक्षण गराएका छन् । युवा संघले ग्रामिण क्षेत्रका नागरिकलाई लक्षित गरी दन्त शिविर सञ्चालन गरेको जनाएको छ । शिविरको नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा झापा जिल्ला इन्चार्ज रोमनाथ ओलीले उद्घाटन गर्नु भएको थियो । उहाँले उद्घाटनका क्रममा आफ्नो दाँत समेत परीक्षण गराउनु भयो ।

दन्त शिविरमा ऊँ शान्ति डेण्डल हस्पिटलका डा. स्मारक दाहाल टोलीले सहजीकरण गरेको थियो । शिविरमा राष्ट्रिय युवा संघ स्थायी कमिटी सदस्य एवम झापा जिल्ला कमिटी सदस्य सागर पोर्तेल, निशा लिम्बु, नेकपा एमाले प्रदेश कमिटी सदस्य चन्द्रकुमार सेर्मा, भरत इन्दिरा बस्नेत, नेकपा एमाले केन्द्रिय महाधिवेशन प्रतिनिधि भैरबकुमार श्रेष्ठ, नेकपा एमाले प्रदेश सल्लाहकार समिति सदस्य डम्बर अधिकारी, नेकपा एमाले झापा जिल्ला सल्लाहकार संयोजक तथा प्रदेश सांसद राधाकृष्ण खनाल, नेकपा एमाले झापा जिल्ला सचिवालय सदस्य धनबहादुर थेवे लगायत जिल्ला कमिटी, नगर कमिटी, युवा संघ नेपाल शिवसताक्षी नगर कमिटीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



