झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

हल्दिबारी, २६ असार । झापाको हल्दिबारी गाउँपालिका क्षेत्रभित्र बिना दर्ता तथा स्वीकृत बिना अवैधानिक रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्था तथा ब्यावसायलाई कारवाही गरिने भएको छ । गाउँपालिकाभित्र दर्ताबिना सञ्चालनमा रहेको औषधि पसल, फार्मेसी, क्लिनिक, अस्पताल साथै विभिन्न व्यावसायहरु नियमानुसार मापदण्ड पूरा गरी सम्बन्धित निकायमा दर्ता, स्वीकृत भएपछि मात्र सञ्चालन गर्न पालिकाले भनेको छ । पालिकाभित्र कतिपय स्वास्थ्य सेवा, संघ, संस्था, फार्मेसी र क्लिनिकहरु सम्बन्धित निकायमा दर्ता÷स्वीकृत नभई सञ्चालन भइरहेको जनगुनासो प्राप्त भएको भन्दै त्यस्ता संस्थाप्रति पालिकाको गम्भीर ध्यानाकर्षण भएको हो । जनताका स्वास्थ्यमा प्रत्यक्ष खेलवाड गर्ने त्यस्ता कुनैपनि गतिविधि नगर्न र दर्ता स्वीकृति नभई कुनैपनि व्यवसाय सञ्चालन नगर्न पालिकाले १५…

Read More

झापा, २५ असार । झापाको मेचीनगर नगरपालिका–१ र ४ को सिमाना प्रसाद गैडा स्थित मेची खोलामा आएको बाढीले कटान गर्दा हात्ती छेक्ने तारबार बगाएको छ । आज बिहानदेखि परेको अविल बर्षाको कारण खोलामा आएको बाढीले कटान गर्दा त्यहाँ रहेको हात्ती तारबारको तीन ओटा पिलरसहित थिङकिङ तार समेत बगाएको छ । उक्त कटानबाट करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

Read More

झापा, २५ असार । झापाको गौरादह नगरपालिका–६ स्थित ताजपुरीया बस्तीको २५ घरमा पानी पसेको छ । आज दिउँसो गौरादह–६ स्थित रतुवा खोलामा पानीको बहाव बढेर सोही स्थानको टगुवा टोलमा रहेको ताजपुरीया बस्तीको २५ घरमा पानी पसेको हो । पानी पस्दा सामान्य क्षति पुर्‍याएको छ ।

Read More

झापा, २५ असार । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आज दिउँसोसम्म ८० जनाको मृत्यु भएको छ । अविरल वर्षाको कारण आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी कोशी प्रदेशमा १९ जना, काठमाडौँ उपत्यकामा १ जना, मधेस प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा २० जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी जम्मा ८० जनाको मृत्यु भएको हो । त्यस्तै, ९७ जना घाइते भएका छन् भने बाढी पहिरोमा परी ५ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ । बाढीको कारण जम्मा…

Read More

झापा, २५ असार । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी सङ्गठनलाई बलियो बनाउँदै जनताका अधिकारको रक्षा गर्ने ढङ्गले अघि बढ्ने बताएका छन् । पार्टीको पोखरा महानगर कमिटीले आज कास्कीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले सरकार, सदन र सडक तीनै मोर्चामा पार्टीलाई क्रियाशील बनाइने बताए । “पार्टी सङ्गठन निर्माण र सुदृढीकरण अबको हाम्रो पहिलो प्राथमिकता हो”, उपमहासचिव शर्माले भने, “संविधान संशोधन गरेर परिवर्तनका उपलब्धि खोस्ने षड्यन्त्र भए तीनवटै मोर्चाबाट सङ्घर्ष गर्छौं ।” पार्टी प्रतिपक्षमा बस्न तयार रहेको उल्लेख गर्दै उनले जनताका हक अधिकार गुम्न नदिन जहिले पनि सचेत भएर लाग्ने बताए । उपमहासचिव शर्माले विगतमा पार्टी निर्माण…

Read More

झापा, २५ असार । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडितहरूसँग छलफल गर्ने भएको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले बुधबार पीडितहरूसँग छलफल गर्ने निर्णय गरेको हो । सहकारीका पीडितहरूसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने निर्णय गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिए । बैठकमा सहकारी विभागका पदाधिकारीसँग छलफल गरिएको थियो । बुधबार पीडितहरूसँग छलफल गरी त्यहाँ भित्रको समस्या समाधानका लागि थप तथ्यहरूको खोजी गर्ने काम हुने पनि विशेष समितिले जनाएको छ । उनले भने, ‘भोलि हामीले पीडितका प्रतिनिधिहरूसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने योजना बनाएका छौँ । २९ वटै सहकारी र अरू पनि सहकारीका प्रतिनिधिमूलक पीडितहरूलाई…

Read More

झापा, २५ असार । झापामा मनसुनजन्य घटनाबाट चार जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि हालसम्म मनसुनजन्य घटनामा परी चार जनाको मत्यु भएको जिल्ला प्रहरी झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । खोलाले बगाएर र चट्याङ लागेर दुई÷दुई जनाको मृत्यु भएको उहाँले बताउनुभयो । त्यस्तै, जिल्लामा खोलाले बगाउँदा एक जना बालक बेपत्ता भएका छन् भने चट्याङले लागेर तीन जना महिला घाइते भएको प्रहरीले जनाएको छ । यस्तै, मनसुनजन्य घटनाबाट जिल्लाका विभिन्न ११ स्थानमा करिब रू एक करोड आठ लाख पाँच सय बराबरको भौतिक क्षति भएको छ । जिल्लाका विभिन्न स्थानमा बाढीका कारण एक सय ८६…

Read More

शिवसताक्षी, २५ असार । झापाको शिवसताक्षी नगरपालिकाले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ । आज नगरपालिका कार्यालयमा एक कार्यक्रमका बीच नगरका ७२ जनालाई ९ लाख ९९ हजार ७६० रुपैया छात्रबृत्ति प्रदान गरेको हो । जसमा शिवसताक्षीको झिलझिलेमा सञ्चालित गणेशमान अध्ययन प्रतिष्ठानका २४ जना ३ लाख प्रदान गरिएको छ । गणेशमानमा अध्ययन गर्ने ४ जनालाई नियमित र ३ जनालाई ५० प्रतिशत र १ जनालाई पूर्ण रुपमा छात्रबृत्ति प्रदान गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । त्यस्तै १० जनालाई जनही १० हजारका दरले प्रदान गरिएको छ । त्यसैगरी नरबहादुर कर्मचार्य प्राविधिक शिक्षालयमा अध्ययनरत ५ जना विद्यार्थीहरुलाई एकमुष्ठ ५० हजार, सताक्षीधाम बहुमुखी…

Read More

झापा, २५ असार । बाढीपहिराका कारण दमकबाट दक्षिणी इलाम तथा पाँचथरका ग्रामीण क्षेत्रसम्म जोडिने फाल्गुनन्द सडक अवरुद्ध भएको छ । इलामको माङसेबुङ गाउँपालिका–३ स्थित बाघमारा पुल छेउमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले जानकारी दिए । पहिराले बाटो अवरुद्ध गरेपछि दमकबाट छुटेका यात्रुवाहक सवारीसाधन बाटोमा रोकिएका छन् । माङसेबुङ पालिकाले पहिरोका कारण अवरुद्ध सडक खुलाउन एक्स्काभेटर पठाइसकेको र अब एक–डेढ घण्टाभित्रै बाटो पूर्ववत् रूपमा सञ्चालनमा आउने अध्यक्ष राईले बताए ।

Read More

काजु तथा बदाम खानमा जतिनै स्वादिष्ट हुन्छ त्यतिनै शरीरका लागि पनि फाइदाजनक हुन्छ । काजु तथा बदाममा शरीरलाई चाहिने पोषक तत्व पाइन्छ जसको सेवनले शरीर स्वस्थ हुनुका साथै दुब्ला तथा पातला ब्यक्तिहरुको तौल बढाउनमा मद्दत गर्छ । अन्य फाइदाहरु : काजु १. काजुमा प्रशस्त मात्रामा प्रोटिन तथा फाइबर पाइन्छ जसले शरीरको तौल बढानमा मद्दत गर्छ । २. काजुमा प्रशस्त मात्रामा प्राकृतिक एन्टी अक्सिडेन्ट हुन्छ जसको सेवनले शरीरमा ट्यूमर तथा क्यान्सर रोग लाग्नबाट बचाउँछ । ३. काजुबाट शरीरलाई चाहिने म्याग्नेसियम तथा क्याल्सियम प्राप्त हुन्छ । जसले हड्डीलाई मजबुत राख्नुका साथै मांशपेशीलाइै स्वस्थ बनाउन मद्दत गर्छ । बदाम १. बदाममा प्रशस्त मात्रामा…

Read More