
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २६ असार । झापाको बिर्तामोड–५ स्थित द रिजेन्सी हस्पिटालिटी कलेज अफ होटल म्यानेजमेन्टले डीप्लोमा इन होटल म्यानेजमेन्टको कक्षा सञ्चालनमा ल्याएको छ । हस्पिटालिटीको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालित कलेजले एक वर्षे डीएचएम कक्षा सञ्चालनमा ल्याएको हो । आज एक औपचारिक कार्यक्रमका बीच कक्षा सञ्चालनमा ल्याइएको हो । कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका–५ का वडा सदस्य दुर्गाप्रसाद शिवाकोटीले युवाको बढ्दो विदेश पलायन रोक्न स्वदेशमै टिक्न र बिक्न सक्ने शिक्षा वर्तमानको आवश्यकता रहेको औंल्याउनु भयो । स्वदेश तथा विदेशमा काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने कार्यको प्रशंसा गर्दै उहाँले कलेजको थप प्रगति कामना गर्नुभयो । कार्यक्रममा अतिथि हस्पिटालिटीका…
काठमाण्डौं , २६ असार । माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोडको अभियोगमा दुईजना पक्राउ परेका छन्। प्रहरी वृत्त महाराजगन्जको टोलीले बुढानीलकण्ठ नगरपालिका– ३ रुद्रेश्वर चोकस्थित माछापुच्छ्रे बैँकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा नुवाकोट किस्पाङ गाउँपालिका– १ घर भई हाल बुढानीलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एटिएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा उनीहरूलाई आज बिहान पक्राउ गरिएको जानकारी दिए। रासस
काठमाडौँ, २६ असार । नेपालमा गत वर्षको तुलनामा हालसम्म डेंगु सङ्क्रमण न्यून देखिएको छ । सन् २०२३ को जनवरीदेखि जुन महिनासम्म १ हजार ८०५ जना डेंगु सङ्क्रमित भेटिएका थिए भने यो वर्ष (सन् २०२४ को सोही अवधिमा) १ हजार ४८३ जनामा डेंगु सङ्क्रमण देखिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का अनुसार गत वर्ष जुन महिनादेखि डेंगु सङ्क्रमण उच्च भएको थियो । तर यो वर्ष जुनमा पनि गत वर्षको तुलनामा सङ्क्रमित सङ्ख्या कम छ । गत वर्ष जुन महिनामा १ हजार २६ जनामा डेंगु पुष्टि भएको थियो । यो वर्षको जुन महिनामा ३२० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको…
बिर्तामोड, २६ असार । झापाको शनिश्चरे–खुदुनाबारी सडकखण्ड जोड्ने बिरिङ खोलाको पुल चर्किएर क्षति पुगेपछि आवागमन बन्द भएको छ । गए रातिदेखिको अविरल वर्षाका कारण झापा अर्जुनधारा–७ को गढीस्थित शनिश्चरे–खुदुनाबारी सडकखण्ड जोड्ने बिरिङ खोलाको पुल चर्किएर क्षति पुगेको हो । उक्त पुलमा आउजाउ बन्द गरिएको र डाइभर्सन गरी वैकल्पिक बाटोबाट सवारी साधन आवागमन भइरहेको प्रहरीले जनाएको छ ।
झापा, २६ असार । बाँकेको राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा मंगलबार साँझ धान रोपिरहेको बेला चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३२ वर्षीया सम्झना विक र ३३ वर्षीया बसन्ती उपाध्याय रहेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते भएकी छन् । चट्याङले लागेर गम्भीर घाइते भएका विक र उपाध्यायको स्थानीय अस्पतालमा उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा मृत्यु भएको हो । घाइते विकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
झापा, २६ असार । कास्कीको पोखरा महानगरपालिका–२७ मा सुतिरहेका बेला घरमाथि पहिरो खस्दा छोराको मृत्यु भएको छ भने आमाको उद्धार गरिएको छ । आज बिहान ४ बजेतिर पोखरा–२७ को सहेलपाटा भन्ने ठाउँमा घरमा पहिरो खस्दा पुरिएर २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको हो। स्थानीय ५१ वर्षीय मनबहादुर थापाको कच्ची घर माथिबाट खसेको पहिरोमा परी उनका छोरा भीमबहादुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । भीमबहादुरकी आमा ५० वर्षीया कमला थापाको भने सकुशल उद्धार गरिएको डीएसपी वसन्तकुमार शर्माले बताउनुभयो । घरभित्र आमा र छोरा सुतिरहेका बेला पहिरोले बगाएको हो । घरमूली मनबहादुर भने घरमा नरहेकाले जोगिएको प्रहरीले जनाएको छ…
झापा, २६ असार । कैलालीको लम्कीचुहा नगरपालिकाकाको दुई भिन्न स्थानमा अचेत अवस्थामा फेला परेका दुई पुरुषको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको लम्कीचुहा नगरपालिका–५ का ५१ वर्षीय सागर विक रहेका छन्। नाम, थर, वतन नखुलेको अर्का मृतक एक जना करिब ५६ वर्षका पुरुष लम्कीचुहा–३ खैरेनीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमाथि अचेत अवस्थामा फेला परेका थिए । उनीहरु दुवै जनाको मृत्यु भइसकेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। इलाका प्रहरी कार्यालय लम्कीबाट खटेको प्रहरी टोलीले उपचारको लागि स्थानीय अस्पताल भल्कामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । घटनाको अनुसन्धान प्रहरीले गरिरहेको जनाइएको छ ।
झापा, २६ असार । अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ । कोपा–अमेरिकाको ४८औँ संस्करणको पहिलो सेमिफाइनल खेलमा क्यानडालाई २–० ले हराउँदै विश्व विजेता अर्जेन्टिना उपाधि रक्षा नजिक पुगेको हो । अमेरिकाको न्यु जर्सीमा मङ्गलबार बेलुका भएको खेलमा अर्जेन्टिनाको लागि पहिलो गोल २२ औँ मिनेटमा जुलियन अल्भारेजले गरे । दोस्रो हाफको ५१ औँ मिनेटमा लियोनल मेसीले एक गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका थिए । कोपा–अमेरिका फुटबलको इतिहासमा अर्जेन्टिना सबैभन्दा सफल राष्ट्र हो । कोपा–अमेरिकामा अर्जेन्टिनाको यो ४४औँ सहभागिता हो । अर्जेन्टिनाले हालसम्म सर्वाधिक १५ पटक कोपा–अमेरिकाको उपाधि चुमिसकेको छ भने १४ पटक उपविजेता बनेको छ ।
झापा, २५ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहने छ । कोशी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र गण्डकी प्रदेशका…
झापा, २६ असार । ताप्लेजुङको तापेथोक वरपर केन्द्रबिन्दु बनाएर बिहीबार बिहानको राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १ः४६ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्पबाट कुनै क्षतिको विवरण आएको छैन ।