झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, ३० असार । माई नदीले धार परिवर्तन गरेसँगै झापा गाउँपालिका–२ सुखाबथानका सन्थाल बस्ती कतिबेला बग्ने हो भन्ने त्रासमा छन् उक्त बस्तीका बासिन्दा । सन्थाल बस्तीका सुखाबथान क्षेत्रको सतहभन्दा माई नदी बग्ने सतहमाथि छ । वर्षायाममा माई नदी उर्लेर कतिखेर गाउँ पस्छ, ठेगान नभएकाले उनीहरू सधैँ पिरोलिने गरेका छन् । माई नदी कटानले सन्थाल बस्ती तीनपटक स्थानान्तरण भइसकेको छ, अब पनि डुबान भयो भने आफ्नो जमिन नै बाँकी नरहने ६५ वर्षीय गोपाल टुटो बताउँछन् । “सयौँ वर्षदेखि यहीँ बसोबास गर्दै आएका छौँ, कटानले गर्दा माई नदी किनारमै बास हुनपुगेको छ, उत्तरतिर कालो बादल मडारिएको देख्नेबित्तिकै हाम्रो बस्तीमा त्रासको स्थिति सिर्जना…

Read More

झापा, ३० असार । झापाको बिर्तामोड नगरपालिका–७ स्थित डाँडागाउँमा गएराति हात्तीले चार वटा घरमा क्षति पु¥याएको छ । राति करिब २ बजे आएको चार वटा हात्तीले बिर्तामोड–७ डाँडागाँउका चार वटा घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो । हात्तीले ती घरमा क्षति पु¥याउँदा रू तीन लाख १० हजार बराबरको क्षति भएको उहाँले बताउनुभयो । हात्तीले बिर्तामोड–७ डाँडागाँउका नवराज लिम्बूको घरमा क्षति पु¥याउँदा रू एक लाख ५० हजार, डम्बर बिकको घरको पर्खाल भत्काएर अन्नपात खाँदा रू ५० हजार, सोनु सुनुवारको पर्खाल भत्काएर घरभित्र अन्नपात खाँदा रू ७० हजार र खगेन्द्र घिमिरेको टाँडे घरको घेराबेरा भत्काएर घरभित्रको…

Read More

झापा, ३० असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली प्रदेश र…

Read More

झापा, ३० असार । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालको पहिरोसँगै त्रिशूलीमा खसेका दुई यात्रुवाहक बस खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालका ९० जनाको सुरक्षा फौज परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित ४५ जनाको टोलीले सोनार क्यामरा प्रयोग गरी घटनास्थलदेखि नारायणी नदीसम्म खोजी कार्यलाई निरन्तरता दिएको छ । त्यस्तै अर्को सर्च टोलीले यसअघि प्रयोग भएका विभिन्न डिभाइसहरूको प्रयोग गरी घटनास्थलदेखि एक किलोमिटर तल अर्थात् भरतपुर महानगरपालिका–१६ स्थित देवघाटदेखि ज्ञानेश्वर सामुदायिक वनसम्म खोजी कार्य गर्नेछ । त्यसैगरी नम्बर १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको सुरक्षा फौज घटनास्थलदेखि…

Read More

कनकाई, ३० असार । आमाको स्मृतिमा सञ्चारकर्मी रामप्रसाद निरौलाले कनकाई नगरपालिका–४ कोटीहवनस्थित संस्कृत विद्यालयलाई सहयोग गरेका छन् । सुरुङ्गाबाट प्रकाशित कनकाई खबर साप्ताहिकका सम्पादक निरौलाकी स्वर्गवासी माता हेमकला निरौलाको जन्मजयन्तीमा कोटिहवनस्थित कनकाई गायत्री विद्यापीठका लागि आवश्यक पर्ने विशेष किसिमको कार्पेट प्रदान गरेका हुन् । एक कार्यक्रमका बीच पिता टीकाराम निरौला, धर्मपत्नी शान्ता निरौला, छोरा सार्थक र छोरी समृद्धि निरौला लगायतले कोटीहवन धार्मिक संस्थाका वरिष्ठ उपाध्यक्ष निर्मल खतिवडा सहित पदाधिकारीहरु, विद्यापीठका अध्यक्ष एवम् कनकाई धाम धार्मिक विकास संस्था कोटीहवनका सचिव यामप्रसाद खतिवडा, प्रधानाध्यापक आचार्य योगेश खतिवडा लगायतलाई सामाग्री हस्तान्तरण गरेका थिए । निरालाकी माता हेमकलाको २०८० को चैत १७ मा निधन…

Read More

झापा, ३० असार । झापाको मेचीनगरबाट प्रहरीले लागुऔषधसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जिलिङ खोरीबारी पानीटंकीका ३६ वर्षीय बब्लु राय रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शनिबार बेलुका मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलमा लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बरको WB 74 Y 2141 को मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा रायले लगाएको पाइन्टको गोजीबाट सेतो रङको प्लाष्टिकमा पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको लागूऔषध जस्तो देखिने (खैरो हेरोइन) नापतौल गर्दा प्लाष्टिक बाहेक ११ दशमलव ३००…

Read More

बिर्तामोड, २९ असार । सरकारी सवारी चालक एसोसिएशन नेपाल झापाले बिर्तामोड ५ का स्वर्गीय राजुमान लिम्बुको परिवारलाई आर्थिक सहयोग गरेको छ । असार २१ गते उपचारका क्रममा निधन भएका बिर्तामोड नगरपालिकाका जेसिभी चालक लिम्बुको परिवारलाई नगद ७० हजार रुपैयाँसहित दाल, चिनी, साबुनलगायत खाद्यन्न सहयोग गरेको हो । एसोसिएशन झापाका उपाध्यक्ष पवन राजवंशी, महासचिव खेमराज नेपालसहितको टोली स्वर्गीय लिम्बुको घरमा पुगेर समवेदना प्रकट गर्नुका साथै उनकीश्रीमती रिना लाओती ९ मगर०लाई सहयोग हस्तान्तरण गरेको हो । एसोसिएशनले बिर्तामोड, दमक, अर्जुनधारा, झापा, गौरादह, मेचीनगर, कमल, भद्रपुर, शिवसताक्षीबाट संकलन गरिएको रकम सहयोग गरीएको संस्थाका महासचिब नेपालले जानकारी दिनुभयो ।

Read More

झापा, २९ असार । झापाको कचनकवल गाउँपालिका–५ स्थित आमजुवानीमा स्थानीय युवाहरुले सडकमै धान रोपेर विरोध जनाएका छन् । सडक नाली सफा गर्दा निकालिएको फोहोरले सडक हिलाम्मे भएपछि आक्रोशित स्थानीयहरुले यस्तो कदम चालेका हुन् । विगतमा पटक–पटक स्थानीय सरकारलाई सडकको अवस्था सुधार्न अनुरोध गरिए पनि कुनै सुनुवाइ नभएको र मर्मत कार्य नहुँदा, आज बिहान स्थानीय युवाहरुले सडकमै धान रोपेर आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । युवाहरुको यो अनौठो विरोधपछि, कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी घटनास्थलमा पुगेका थिए। उनले युवाहरुलाई भोलिदेखि सडक मर्मतको काम सुरु हुने आश्वासन दिएका छन् । ‘सडकको मर्मत कार्य भोलिबाट सुरु गर्नेछौं’, अध्यक्ष राजवंशीले आक्रोशित युवाहरुसँग…

Read More

झापा, २९ असार । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी फागुन १५ गते गर्ने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले २०८१ सालको शैक्षिक क्यालेन्डर स्वीकृत गर्दै स्ववियु निर्वाचन २०८१ फागुन १५ गते स्ववियु निर्वाचन गर्ने समेत निर्णय गरेको हो । शैक्षिक क्यालेन्डरमा नै स्ववियु निर्वाचनको मिति तोकेको हो । त्यस्तै अर्को निर्वाचन २०८३ को फागुन १४ गते हुनेछ । यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन गरेको थियो । चैत ५ गते त्रिविका ६२ वटा आंगिक क्याम्पसहरूमध्ये उक्त दिन ४४ मा निर्वाचन भएको थियो । केही आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा पछि समेत निर्वाचन…

Read More

झापा, २९ असार । नारायणी नदी किनारमा आज दिउँसो दुईवटा शव फेला परेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–७ गैरीस्थित नारायणी नदीमा दुईजना पुरुषको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलकानुसार नवलपुरतर्फ नारायणी नदीको बीच भागको टापुमा दिउँसो ३ः३० बजेको समयमा शव फेला परेका हुन् । नदीले बगाएर ल्याएका अन्दाजी २५–३० वर्षका पुरुषको शव फेला परेको स्थानीय बोटेहरूले जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थलमा इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी निरीक्षक हस्तबहादुर सुनारको नेतृत्वमा खटेको पाँचजनाको टोलीले अर्को शव पनि फेला पारेको पौडेलले बताए । पहिलो शवभन्दा करिब १० फिटको दूरीमा…

Read More