झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २९ असार । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा शनिवारदेखि हात्ती प्रभावित क्षेत्रका जंगलमा वृक्षारोपण अभियानको सुरुवात भएको छ । कार्कीले प्रजापति र जामुनबारी सामुदायिक वन क्षेत्रमा वृक्षारोपन गरेर ‘जनावरमैत्री जंगल’ अभियानको सुरुवात गरेका हुन् । अभियान अन्तर्गत जंगल क्षेत्रमा जंगली जनवारका लागि आवश्यक फलफूल तथा रुख बिरुवा रोप्न सुरू गरिएको हो । उनको यो अभियानलाई सामाजिक कार्यमा सक्रिय रहेका लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी, लायन्स क्लव कन्काई, दुर्गापुर, वाल क्लब सञ्जाल, राजनीतिक दलका नेता तथा कार्यकर्ता, सामाजिक व्यक्तित्व, कन्काई नगर प्रमुख राजेन्द्र कुमार पोखरेललगायत यहाँका सामाजिक कार्यमा सक्रिय क्लब तथा युवाहरूले साथ दिएका छन् । उनले जसको…

Read More

द्रोण अधिकारी गुयेलीनेपाली राजनीतिले विधि र प्रकृया बिर्सदा २०६२/०६३ को आन्दोलनबाट प्राप्त उपलब्धी निकै सकसपूर्ण अवस्थामा पुगेको छ । जसरी २०४६ सालको परिवर्तनको उपलब्धी जोगिन सकेन त्यसैगरी पछिल्लो उपलब्धी पनि नजोगिने हो कि भन्ने प्रश्न गर्ने ठाउँ प्रशस्त देखिन थालेको अवस्था छ । गणतन्त्रको शुत्रधार मान्ने माओवादी र संघीयताको शुत्रकर्ता ठान्ने मधेशी जनअधिकार फोरम नाम लिएर जन्मिएका पार्टीकै कारण सत्तालिप्सा आचरणले संघीयता र गणतन्त्र धराप अवस्थामा पुगेको सत्य बिर्सन सकिदैन । परिवर्तित व्यवस्थाको उपलब्धीको सुरक्षा गर्ने दायित्व बिर्सिएर माओवादी र मधेशवादी दल सत्तारोहणमा रमाइरहँदा परिवर्तन बिरोधी बलिया हुँदै गए भने परिवर्तनका पक्षधर सकिने अवस्थामा पुगेका छन् । यो राजनीतिको सवैभन्दा…

Read More

बिर्तामोड, २९ असार । झापाको बिर्तामोड नगरपालिका–३ स्थित बुद्धनगरमा गुरुङ जातिको सङ्ग्रहालय निर्माण भइरहेको छ । गुरुङ जातिको मौलिक भेषभूषा, प्राचीन सरसामान संग्रहित गर्ने उद्देश्यले सङ्ग्रहालयको निर्माण भइरहेको हो । यस समुदायको आफ्नै शास्त्र, संस्कार र संस्कृति छन्। तीमध्ये अधिकांश मौखिक मात्र रहेको र लिखित दस्तावेज नरहेको स्थानिय सलबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो , ुगुरुङ जातिको संस्कृति झल्कने विभिन्न सामग्री राख्ने योजना गरिरहेका छौँ, संग्रहालयभित्र छिरेपछि जन्मेदेखि मृत्युसम्मको सबै संस्कार अवलोकन गर्न पाइन्छु । भवनमा गुरुङ समुदायको इतिहास झल्कने मौलिक तथा परम्परागत वस्तुको सङ्ग्रहालयदेखि पुस्तकालयसम्म उपलब्ध हुने छ ।तोमु ह्युल छोंज धीं गुरुङद्वारा निर्माण गरिएको भवन तीन तलाको बन्ने…

Read More

झापा, २९ असार । झापाको अर्जुनधारा नगरपालिकामा ‘एक युवा, पाँच विरुवा’ अभियान शुरु भएको छ । विश्वमा जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रम न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय युवा सङ्घ केन्द्रीय कमिटीले शुरु गरेको अभियान अन्तरगत अर्जुनधारा नगरपालिकामा समेत वृक्षारोपण शुरु भएको हो । अर्जुनधारा ८ नम्बर वडा कमिटीको आयोजनामा आज वृक्षारोपण गरिएको छ । सङ्घका वडा अध्यक्ष प्रदीप तामाङले युवा सङ्घ केन्द्रीय कमिटीको एक युवा पाँच बिरुवा वृक्षारोपण अभियान अन्तरगत अर्जुनधारा–८ पशुहाट परिसरमा वृक्षारोपण गरिएको जानकारी दिनुभयो । वातावरणमा सुन्दरता ल्याउन, प्राकृतिक प्रकोप न्यूनीकरणसँगै हरियो वन नेपालको धन भन्ने भनाइलाई थप मजबुत बनाउन वृक्षारोपण अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ । …

Read More

झापा, २९ असार । निरन्तर वर्षाका कारण झापामा डेङ्गु सङ्क्रमणको जोखिम बढेको छ । झापामा असार २७ गतेसम्ममा एक सय २७ जनामा डेंगु पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्लामा यस वर्षको सुरुवात भएसँगै पछिल्लो तीन महिनामा आठ सय चार जनालाई परीक्षण गर्दा ७१ जनालाई डेंगु पुष्टि भएको छ । झापामा वैशाखमा एक सय ६० जनालाई परीक्षण गर्दा १८ जनालाई डेंगु पोजेटिभ देखिएको थियो भने जेठमा तीनसय जनालाई परीक्षण गर्दा २१ जनालाई पोजेटिभ देखिएको थियो । यसै गरी असारमा तीन सय ३६ जनालाई परीक्षण गर्दा ३२ जनामा डेंगु पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी…

Read More

सोलुखुम्बु, २९ असार । यहाँको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा पर्ने दिङ्बोचेका गाउँलेले यसवर्ष पनि एक महिनाका लागि गाउँ छाडेका छन् । यसरी गाउँ छोड्ने परम्परालाई यहाँका स्थानीय शेर्पा समुदायले ‘डिइ’ भन्ने गर्छन् । बौद्ध परम्पराअनुसार एक महिना देवतालाईसमेत आराम दिन, गाउँ शान्त बनाउन गाउँ छोड्नुपर्ने मान्यता यहाँको शेर्पा समुदायमा छ । दिङ्बोचे समुन्द्री सतहबाट चार हजार चार सय १० मिटरको उचाइमा पर्दछ । विश्वकै आकर्षक हिमाल आमादब्लमको काखमा अवस्थित दिङबोचे हुँदै सगरमाथा जानुपर्ने भएकाले यस गाउँको आफ्नै पहिचान छ । यहाँ ६० घर शेर्पा समुदाय बस्छन् । जसमा ३० वटा जति होटल तथा लज छन् । गाउँलेको मुख्य पेसा होटल…

Read More

झापा, २९ असार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गरेका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए । ‘वधुशिक्षा’…

Read More

झापा, २९ असार । कोशी प्रदेशमा शुक्रबार सम्ममा ६१ दशमलव ६७ प्रतिशत रोपाइँ सम्पन्न भएको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । गएको वर्ष यस अवधिमा ५५ दशमलव नौ प्रतिशत रोपाइँ भएको थियो । झापा, मोरङ र सुनसरीमा ६४ दशमलव ८१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा ४४ दशमलव २५ प्रतिशत, मध्यपहाडी क्षेत्र इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा, खोटाङ र उदयपुरमा ५६ दशमलव ६६ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको जानकारीअनुसार कोशी प्रदेशमा ८ लाख २६ हजार ६ सय ४६ हेक्टर खेतीयोग्य जमिनमा दुई लाख ७६ हजार तीन सय ८६ दशमलव…

Read More

झापा, २९ असार । नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बस र यात्रु खोज्न ड्रोन र सोनार क्यामेरा प्रयोग गरिएको छ । शुक्रबार बिहान पहिरोसँगै दुई बस त्रिशुली नदीमा खसेका थिए । ड्रोन र पानीभित्र पनि हेर्न मिल्ने सोनार क्यामेरा प्रयोग गरी आज बिहानैदेखि खोजी थालिएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताउनुभयो । पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टमसहित खोजी कार्य सुरु गरिएको उहाँले बताउनुभयो । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय (कुरिनटार) बाट ९ जना गोताखोरसहित २५ जना र १७ नम्बर गण (चितवन) बाट विपद् व्यवस्थापन तालिम प्राप्त ११ जनासहित…

Read More

बिर्तामोड, २८ असार । वित्तिय साक्षरता सम्वन्धि एक दिवसीय तालिम बिर्तामोडमा सम्पन्न भएको छ । गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले तालिमको आयोजना गरेको थियो । महिलाहरुलाई आत्मनिर्भर, सशक्तिकरण र उद्यमशिलतासंग जोडेर तालिमको आयोजना गरिएको नगरका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले बताउनुभयो । सहभागीहरुले तालिम फलदायी रहेको प्रतिक्रिया दिएका छन् । उनीहरुले बचत गर्ने बानीको विकास र आर्थिकरुपमा सक्षम हुनुका लागि आवश्यक उद्यमशिलताको विषयमा महत्वपुर्ण जानकारी प्राप्त गरेको धारणा व्यक्त गरेका छन् । विजय तिम्सिनाले सहजीकरण गर्नु भएको तालिममा बिर्तामोडका ८ वटा लघु उद्यमी समूहबाट २५ जना महिलाहरुले सहभागीता जनाएका थिए । नगरको आर्थिक विकास समिति…

Read More