झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कनकाई, ३ साउन । तपाईं आफ्नो जन्म दिन कसरी मनाउनु हुन्छ ? साथीभाइलाई जम्मा गरेर पाटी दिएर कि विभिन्न ठाउँमा घुमफिर गरेर वा सबै परिवार जम्मा भई खानपिन गरेर ? अधिकांशको जन्म दिन मनाउने तरिका यस्तै हुन सक्छ । तर, हाम्रो समाजमा यस्ता पनि व्यक्ति छन् जो जन्मदिनमा मात्रै होइन, जोकसैलाई सारो–गाह्रो होस् वा कसैलाई खान लाउनको समस्या होस्, त्यहाँ पुग्नुहुन्छ र सहयोग गर्नुहुन्छ, झापा कनकाई नगरपालिका–१ का निर्माण व्यवसायी तथा समाजसेवी शेरबहादुर थापा र उनकी पत्नी निर्मला थापा । यसैक्रममा शेरबहादुर थापाले आफ्नी धर्मपत्नी निर्मलाको जन्मदिन सुस्त श्रवण बालबालिकासँग मनाउनुभएको छ । सामाजिक व्यक्तित्व निर्मला थापाको आज ५७ जन्मोत्सवको…

Read More

सन्तोष शर्माझापा, ३ साउन । झापामा एक वर्षको अवधिमा छ जना मानिस र चार वटा हात्तीको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा परी छ जना मानिसको मृत्यु भएको र विभिन्न स्थानमा चार वटा हात्ती मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो । विगत १४ वर्षको तथ्यांक हेर्दा हात्ती मृत्युको संख्या उच्च हो । आव २०६७÷०६८ देखि आव २०७९÷०८० सम्म एक–दुई र आव २०७५÷०७६ मा तीन वटा हात्तीको मृत्यु भएको कार्यालयको तथ्यांकमा छ । दाह्रा काटिएको अवस्थामा हात्ती मृत फेला परेकाले जिल्लामा हात्तीको शिकार भइरहेको पुष्टि भएको…

Read More

बनियानी, ३ साउन । कचनकवल गाउँपालिका भित्रका स्थानीय सडकहरूमा ग्राभेल हाल्नका लागि पालिकाबाट छुट्याइएको २० लाख अन्यामितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ। कचनकवल गाउँपालिका वडा नं ३ का वडाध्यक्ष ग्यास अजमल मियाको संयोजन, रञ्जित लिम्बू, लेखनाथ खत्री वडाध्यक्ष द्वय र पालिका कर्मचारीहरू साजन राइ र केशव मैनाली सदस्य रहेको समितिले बर्खाको समयमा पालिकाका सडक मर्मत सम्भारका लागि मिक्स गिटी हाल्ने कार्यमा अनियमितता भएको शङ्का उब्जिएको भन्दै अख्तियारमा उजुरी परेको हो। पालिकाले पहिले १० लाख खर्च गर्ने भनेता पनी समिति बनाएर पछि २० लाख बराबरको खर्च गर्ने गरि शीर्षक छुट्याइरहेको अवस्थामा प्रत्येक वडालाई छुट्टा छुट्टै रकम उपलब्ध गराइ काम गराउन भनी वडाध्यक्षहरूले…

Read More

मेचीनगर, ३ साउन । खबर मञ्च साप्ताहिक ९औं वर्षमा प्रवेश गरेको छ। पत्रिकाले आज आफ्नो वाषिर्कोत्सव समेत मनाएको छ। पत्रिकाका सम्पादक प्रकाश पौडेलको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका-७ का वडाध्यक्ष प्रल्हादमणि ओलीले समाजमा भएको विकृतिलाई सञ्चार क्षेत्रले निर्मम प्रहार गर्नुपर्ने मा जोड दिनुभयो ।  नगरले स्थानीय सञ्चार प्रतिष्ठानलाई भने जसरी सहयोग गर्न नसकेको बताउनुभयो। कार्यक्रम मेचीनगर प्रेस क्लबका अध्यक्ष डम्बर बराल, प्रेस क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्य, जीएन शर्मा लगायतले पत्रिकाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।  पत्रिकाका सम्पादक पौडेलले पत्रिकाका बारेमा जानकारी दिनुभएको थियो । खबर मञ्च साप्ताहिक प्रेस काउन्सिलबाट ‘क’ वर्गमा वर्गीकृत पत्रिका हो।

Read More

भद्रपुर, ३ असार । झापाको भद्रपुरमा एक घर एक बिरुवा अभियान सुरु भएको छ। भद्रपुर नगरपालिकाको आयोजनामा सञ्चालित अभियान अन्तर्गत आज ४५० वटा बिरुवा रोपिएको छ। भद्रपुर नगरपालिका वडा नं २ को सिता चौक स्थित बाटोको दाँया बायाँ साइडमा करिब ४५० विरुवाहरु रोपिएको हो। कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेल, २ नं वडा अध्यक्ष रामबहादुर कडेल, वडा सदस्य, स्थानीयबासीहरुको बाक्लो उपस्थित रहेको नगर प्रमुखका स्वकिय सचिव राजा मण्डलले जानकारी दिनुभयो ।

Read More

झापा, ३ साउन । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु तीन सयले घटेको छ । बुधबार प्रतितोला रु एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज भने रु एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ । बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो । त्यस्तै, बुधबार प्रतितोला रु एक लाख ४९ हजार एक सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४८ हजार आठ सय निर्धारण भएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय ९५ मा कारोबार…

Read More

धरान, ३ साउन । धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर बाबाधाममा बोलबम मेला सुरु भएको छ । एक महिनासम्म सञ्चालन हुने मेलामा करिब तीन लाख भक्तजन सहभागी हुने अनुमान गरी सोहीअनुसार व्यवस्था मिलाइएको बोलबम मेला आयोजक समितिले जनाएको छ । साउनभरि लाग्ने मेलामा पिण्डेश्वर बाबाधाममा जल चढाउन तथा दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि मूल आयोजक समितिले सुरक्षाका साथै वर्षाका बेला मन्दिरभित्र एक हजारभन्दा बढी भक्तजनलाई ओतको व्यवस्था गरेको समितिका सल्लाहकार वासुदेव बरालले बताए । सप्तकोशी नदीको सङ्गमस्थलबाट ल्याएको जल चढाउँदा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएकाले तीन लाख भक्तजनको आगमन हुने अपेक्षा गरिएको बरालले बताए । मेलामा विशेषगरी पहँेलो लुगा…

Read More

कनकाई, ३ साउन । झापाको कनकाई माईधाम कोटिहोममा श्रावणी सोमबारे धार्मिक मेला आयोजना हुने भएको छ । विगतको वर्षमा भव्यरुपमा आयोजना हुने गरेको सोमबारे धार्मिक मेला कोरोना कहरले गर्दा धाम समितिले आयोजना स्थगन गरेको थियो । यस वर्षदेखि भगवान शिवको महिना साउनमा पर्ने सोमबार धार्मिक मेला योजना गर्ने तयारी गरिएको संस्थाका अध्यक्ष शेरबहादुर थापाले जानकारी दिए । आगामी सोमबार विविध धार्मिक विधि र परम्परा अनुसार जल बोकेर यात्रा गरिने बोलबम परम्परालाई पनि निरन्तरता दिइने छ । सोमबार कोटीहोम मूल मन्दिर केटीयश्वराय र सामुन्य रहेको कनकेश्वर महादेवको प्रतिमा तथा शिवलिङ्गमा जल चढाउने व्यवस्था मिलाइएको धाम समितिले जनाएको छ । पवित्र कनकाई…

Read More

झापा, ३ साउन । प्रवासी नेपाली मञ्च कतारको सातौँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कतार प्रस्थान गर्नुभएको छ । आगामी शुक्रबारदेखि हुने अधिवेशनलाई प्रमुख अतिथिका रूपमा पोखरेलले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको वरिष्ठ उपाध्यक्ष पोखरेलको सचिवालयले जनाएको छ । पोखरेल पाँच दिनपछि स्वदेश फर्किने कार्यक्रम छ । पोखरेलसँगै एमाले कोसी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा पनि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । अधिवेशनमा सहभागी हुन एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमाशङ्कर अरगरिया यसअघि नै कतार पुगिसक्नुभएको छ । अधिवेशन सम्पन्न गर्न अफसरअलि खानको संयोजकत्वमा अधिवेशन आयोजक समिति गठन गरिएको थियो । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय…

Read More

झापा, ३ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रही गण्डकी प्रदेशको केही, कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बाग्मती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति…

Read More