झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २८ बैशाख । बिर्तामोड नगरपालिकाले वडा नम्बर ६ मा बाख्रा वितरण गरेको छ । नगरको मेयर पकेट प्याकेज ग्रामीण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई आज बाख्रा वितरण गरिएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले याग्राङ्ग सिङ्ग कृषक समूहलाई ४५ वटा पाठी र एउटा बोयर जातको विउ बोका वितरण गर्नु भयो । समूहमा रहेका १५ जनाले तीन तीन वटाको दरले बाख्रा प्राप्त गरेका छन् । मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत बाख्रा प्राप्त गरेको समूहले एक वर्षपछि त्यति नै संख्यामा बाख्रा अर्को समूहलाई हस्तान्तरण गर्नु पर्ने व्यवस्था छ । आज प्रदान गरिएको बाख्रा वडा नम्बर ८ को किशान भिट्टा…

Read More

झापा, २८ जेठ । रेमिटेन्स आप्रवाह १९.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू वर्षको १० महिनाको अवधिमा १९.२ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिटेन्स भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा २३।४ प्रतिशतले रेमिटेन्स आप्रवाह बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७।१ प्रतिशतले वृद्धि भएको छ । यससँगै यस अवधिमा ९ अर्ब २ करोड डलर रेमिटेन्स भित्रिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३।४ प्रतिशतले बढेको थियो । यस्तै समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको सङ्ख्या ३ लाख ७४ हजार ८८७ छ ।…

Read More

सन्तोष शर्माझापा, २८ जेठ । कृषिका लागि झापा आफैँमा उर्वर भूमि हो । सरकारले धान र नगदेबाली प्रवद्र्धनका लागि यो जिल्लामा विभिन्न कार्यक्रम संचालन गरिरहेको छ । अझ संघीयता कार्यान्वयन भई प्रदेश सरकार गठन भएसँगै झापामा कृषि क्षेत्रको प्रवद्र्धनमा कोशी प्रदेश सरकारले पनि लगानी बढाउँदै लगेको छ । पछिल्लो चार वर्षमा कोशी सरकारले मात्र झण्डै १८ करोड रुपैयाँ कृषि क्षेत्रमा लगानी गरिसकेको छ । यसको प्रतिफलसमेत प्राप्त भई किसान लाभान्वित हुन थालेका छन् । तिनैमध्येकी एक हुनुहुन्छ झापा गाउँपालिका–३ मा दिदीभाइ कृषि फर्म सञ्चालन गरिरहनु भएकी पूजा खनाल । उहाँले व्यावसायिक केरा खेती गर्दै आउनुभएको छ । अनुदानमा प्राप्त भएको…

Read More

झापा, २८ जेठ । झापाको दमकमा आइतबार राति मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । आइतबार राति करिब ११ बजे दमक–३ मावापुल स्थित दमक–मिक्लाजुङ सडक खण्डमा मधुमल्लबाट दुम्सेतर्फ आउँदै गरेको मे ५ प ९७३१ नं. को मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ मिक्लाजुङ–१ घर भई दमक–५ मा डेरा गरी बस्दै आएका २२ वर्षीय सगुन राईको मृत्यु भएको हो । अनुहार र घुडामा चोट लागेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि आम्दा अस्पताल खरखरे ल्याइएको थियो । सोही अस्पतालका डाक्टरले उनलाई राति ११ः३५ बजे मृत घोषणा गरेका थिए । शव तत्काल सोही अस्पतालमा…

Read More

नविन उप्रेती झापा, २८ जेठ । झापाको दक्षिणी सिमावर्ती गाउँपालिका कचनकवल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ को नीति, कार्यक्रम तथा बजेटका लागि यहाँका युवासँँग सुझाव संकलन गरेको छ। गाउँपालिकाको सभाहलमा आइतबार स्थानीय युवासँग अन्तरक्रिया गर्दै सुझाव संकलन गरिएको हो । गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, वडाध्यक्ष लगायत जनप्रतिनिधहरुले युवासँग सुझाव, जिज्ञासा एवम् गुनासा संकलन गरेका हुन् । जनप्रतिनिधिसँगको भेटमा युवाहरुले कृषि, खेलकुद, सडक, स्वास्थ्य बिमा तथा अस्पताल, शिक्षा, पूर्वाधार लगायतका विषयमा जिज्ञासा तथा सुझाव दिएका थिए । पालिका अध्यक्ष राजवंशी र उपाध्यक्ष भट्टराईले सबैलाई धन्यवाद दिँदै युवाका भावना, आवश्यकता अनुरुप आगामी अर्थिक वर्षका लागि योजना तथा कार्यक्रमहरु बनाउनकै लागि…

Read More

बिर्तामोड, २८ जेठ । समाजसेवी जयनारायण ढुंगाना र अञ्जना ढुंगानाद्वारा बिर्तामोड–२ स्थित श्रीजय ड्रिमलेण्ड पार्क र दाहालगाउँ जोड्ने नवनिर्मित अजय पुल बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईलेले उद्घाटन गरेकी छिन् । सो पुल ढुंगाना दम्पतिले आफ्नो निजी लगानीमा निर्माण गरेका हुन् । बिर्तामोड नगरपालिकाद्वारा पुल निर्माणको लागि बिनियोजित रकम समेत अस्वीकार गर्दै सम्पूर्ण पित्री तरणतारणको लागि भन्दै ढुंगाना दम्पत्तिले सो पुल निर्माण गरिदिएका हुन् । सो अवसरमा नगरप्रमुख प्रसाईले यस अघि पनि ढुंगाना दम्पत्तिले सामाजिक धार्मिक शैक्षिक तथा पर्यावरणको क्षेत्रमा धेरै काम गरिसकेका कारण समाजकोमुर्धन्य व्यक्तित्व भएको बताइन् । समृद्ध समाज निर्माणको लागि राज्यको मात्र बाटो हेर्ने सोच परिवर्तन गर्न…

Read More

झापा, २८ जेठ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ । देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने छ। तातो हावा तथा तातो लहरको सम्भावना…

Read More

अर्जुनधारा, २७ जेठ । झापाको अर्जुनधारा नगरपालिकाका दुई वटा सामुदायिक विद्यालयमा अध्ययनरत ४६५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । अर्जुनधारा–९ को कालिस्थान माध्यमिक विद्यालय र अर्जुनधारा–१० को सिंहबाहिनी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आज शैक्षिक सामाग्री वितरण गरिएको हो । मनराम हिमालय हेन्डिक्रयाफ्ट प्रालि अन्तरगत लायन्स मनोरम प्रतिष्ठान २००५ को आर्थिक सहयोगमा अर्जुनधारा नगरपालिकाले ती विद्यालयमा तीन लाख ५० हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री वितरण गरिएको हो । कालिस्थान माविका ३३५ जना विद्यार्थीलाई एक हजार ७ सय ३ थान कापी, २७५ वटा पेन्सिल, एक सय १० वटा साप्नर, ११० वटा इरेजर र ९ सय वटा डटपेन वितरण गरिएको छ…

Read More

झापा, २७ जेठ । करोडौं रकम अचपलन गरेको आरोपमा काठमाडौँको मख्खनमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ७ करोड ४० लाख ८७ हजार रकम अपचलन गरेको आरोपमा सहकारीका अध्यक्ष बासुदेव मान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछेँलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी होविन्द्र बोगटीले बताएका छन् । आरोपीहरूले बचतकर्ताका सावाँ र ब्याज फिर्ता गर्नुको साटो सहकारी नै बन्द गरेको आरोप छ ।

Read More

झापा, २७ जेठ । सुन तस्करीमा कनेक्सन देखिएका दुई वटा भुक्तानी सेवा प्रदायक कम्पनी ‘पेवल नेपाल’ र ‘सजिलो पे’ का छ कर्मचारीलाई छ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करीमा भुक्तानी दिएको देखिएपछि अनुसन्धानका लागि पक्राउ गरेको थियो । शुक्रबार यी दुई कम्पनीका ६ कर्मचारीलाई पक्राउ परेका थिए । अवैध हुण्डी र सुन, क्रिप्टोको अवैध कारोबारमा जोडिएपछि ६ जनाई नियन्त्रणमा लिइएको थियो । पक्राउ पर्नेहरूमा भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा, काश्यव मानन्धर र अथुकछाक खम्पा थिए । पक्राउ परेका मध्ये खम्पा मेट्रो अस्पतालमा भर्ना भएका छन् भने…

Read More