
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
महोत्तरी, २ असार । हिन्दूधर्मका अनुयायी आज गङ्गा दशहारा पर्व मनाउँदैछन् । पुराणअनुसार सत्ययुगमा सूर्यवंशी राजा सगरका छोराहरूको मुक्तिका निम्ति भगीरथले तपस्याद्वारा गङ्गालाई पृथ्वीमा ल्याएको मानिने ज्येष्ठ शुक्ल दशमीका दिन मिथिला क्षेत्रमा यो पर्व मनाइने परम्परा छ । गङ्गा स्नान गर्न नसक्नेले नजिकका नदी तथा तलाउमा स्नान गरी यो पर्व मनाउँछन् । सूर्योदयअघि स्नान गरेर नुहाएको जलाशयलाई गङ्गा रूप मानेर पूजाअर्चना गरिन्छ । यसैगरी शिवजीलाई जलाभिषेक गरेर यो दिन उपवास बसे कायिक ९शरीरबाट हुने०, वाचिक ९बोलीबाट हुने० र मानसिक ९चेतनाबाट जानाजान हुने० १० प्रकारका महापाप यस दिनको स्नान र उपवासले नास हुने जनविश्वास छ । जेष्ठ शुक्ल दशमीका दिन गङ्गा…
सन्तोष शर्मा झापा, २ असार । झापामा कृषि क्षेत्रको प्रबद्र्धनका लागि कोशी प्रदेश सरकारले रू १० करोड ५३ लाख अनुदान उपलब्ध गराएको छ । चालू आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लामा कृषि क्षेत्रको प्रबद्र्धनका लागि कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले यहाँका १४ वटा स्थानीय तहलाई रू नौ करोड पाँच लाख र कृषि ज्ञान केन्द्र झापामार्फत् रू एक करोड ४८ लाख उपलब्ध गराएको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले जानकारी दिनुभयो । कोशी प्रदेश सरकारले स्थानीय तहलाई उपलब्ध गराएको सशर्त अनुदानमा कृषि बजार निर्माण र सिञ्चाईलाई बढी प्राथमिकता दिएको छ । जिल्लाका छ पालिकाका १२ स्थानमा कृषि बजार…
झापा, २ असार । झापाको कनकाई नगरपालिका–६ का वडाध्यक्ष दीर्घवहादुर थापाको निधन भएको छ । थापाको गए राति १ः५० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । विगत लामो समयदेखि अस्वस्थ भई विभिन्न अस्पतालमा भएको उपचारपछि थापा जेठा छोरा रुद्रबहादुर थापा र बुहारीसहित श्रीमतिको रेखदेखमा रहँदै आएका थिए । थापाको आज कनकाई घाटमा अन्त्यष्टि गरिने जनाइएको छ । थापाका जेठा छोरा रुद्रबहादुर थापा सुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पसका प्राध्यापक साथै चम्पापुर माविका सहायक प्रधानाध्यापक समेत हुन् भने कान्छा छोरा विशाल थापा समेत शिक्षण पेशामा आवद्ध छन् । थापाका दुईजना श्रीमति, दुई छोरा, एक बुहारी र एक छोरी र नातीनातिना छन् ।…
भद्रपुर, २ असार । झापाको भद्रपुरमा शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण एउटा पुलमा क्षति पुगेको छ । भद्रपुर नगरपालिका–१ लाहुरे चौक नजिक रहेको राजपैनी खोलामा रहेको करिब ५० मिटरको सिमेन्टले बनेको कल्वर्ड पुल पानीले क्षति पुगेको हो । पुल जोखिम अवस्थामा रहेकाले भद्रपुरदेखि बनियानी केचना चल्ने भित्री मेची राजमार्ग सडक खण्डमा आवतजावत गर्ने सवारी साधनहरुलाई डाइभर्सन गराइ वैकल्पिक मार्गद्वारा सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भद्रपुर, १ असार । झापाका विभिन्न संस्थागत विद्यालयबाट प्रताडित भएका शिक्षक कर्मचारीहरूको भेलाले प्रतिकार समूह गठन गर्ने निर्णय गरेका छन् । नितेश सिंहको नेतृत्वमा भद्रपुरमा सम्पन्न भेलाले विधि र प्रकृया विपरित शिक्षक कर्मचारी प्रताडित गर्ने संस्थागत विद्यालय बिरूद्ध प्रतिकार गर्ने निर्णय गरेको हो । जिल्लाभर सयौं शिक्षक कर्मचारी विनाकारण सञ्चालकबाट पीडित भएपछि प्रतिकार गर्न संगठित हुनु पर्ने अवस्था आएको प्रताडित शिक्षक कर्मचारीको भनाइ छ । यस वर्ष मात्र झापाका १० जना बढी शिक्षक कर्मचारीले काम गरेको समयको पारिश्रमिक माग गर्दा निस्काशनमा पर्नु परेको पीडित बताउँछन् । श्रम तथा रोजगार कार्यालयमा झापाका निजी विद्यालयले तलव नदिएपछि पारिश्रमिक विवादका ७ वटा मुद्धा…
झापा, १ असार । बिर्तामोड उद्योग संघले स्थापना गरेको व्यवसायी राहत कोषमा व्यवासयी घनेन्द्रराज पाण्डे सहयोग गरेका छन् । पाण्डेले जन्मदिनको अवसरमा २१ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका हुन् । पाण्डेले संघका अध्यक्ष राजु न्यौपानेलाई रकम प्रदान गर्दै संघका अध्यक्ष लगायत सबै पदाधिकारीलाई धन्यवाद समेत दिए । सो कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे ‘राजु’, कोषाध्यक्ष युवराज निरौला, व्यवसायी राजेन्द्र थापा, सञ्चार उद्यमी राजेन्द्र चम्लगाई लगायतको उपस्थिति रहेको थियो ।
बिर्तामोड, १ असार । नेपाल दशनामी समाज झापाले गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशनको मिति तोकेको छ । समाजले भदौं मसान्तसम्ममा गाउँपालिका तथा नगरपालिकाको, कार्तिक मसान्तसम्म क्षेत्रको र चैत मसान्तसम्ममा झापा जिल्लाको अधिवेशन गर्ने भएको हो । समाजका झापा अध्यक्ष केदार गिरीको अध्यक्षता तथा केन्द्रिय संरक्षक भरतलाल गिरीको प्रमुख आतिथ्यमा बिर्तामोडमा आज (शनिवार) बसेको पूर्ण बैंठकले अधिवेशनको मिति तय गरेको झापा सचिव युवराज गिरीले जानकारी दिए । सचिव गिरीका अनुसार बैठकले समाजको बुट्टाबारीमा रहेको समाजको भवनमा शौचालय निर्माणलगायतका निर्णयसमेत गरेको छ । कार्यक्रममा केन्द्रिय सहकोषाध्यक्ष गोबिन्द गिरी, पूर्व केन्द्रिय सदस्य लवकुश गिरी, समाजका कोशी प्रदेश सदस्य कृष्ण बन, सिता भारती,…
द्रोण अधिकारी गुयेलीवर्तमान नेपाली समाजको चित्रले नेपाल कतै झारी खाने बाटोमा लागेको त होइन ? भन्ने प्रश्न उठाइरहेको छ । आदर्श मानिएकाहरू नै समाज र देशको हित विपरित आचरण बिगारिरहेको अवस्था छ । नेपाली समाजको नेतृत्व गरिरहेकाहरू हरेक पटक कुनै न कुनै रूपमा भ्रष्ट आचरण बिरूद्ध धारे हात लगाएर बोलिरहेको सुनिन्छ तर, उनीहरूकै व्यवहारले भ्रष्ट आचरणको पालक पोषक उनीहरू नै हुन् भन्ने देखाइरहेको हुन्छ । लोभ र महत्वकाँक्षाका कारण नेपाली समाजमा हरेक वर्ष भ्रष्ट आचरण भएका व्यक्तिको संख्या बढ्दै छ । तिनै व्यक्तिहरू समाजको नेतृत्वमा पुगिरहेका हुन्छन् । बोल्दा एउटा र गर्दा अर्कै आचरण देखाएर विस्तारै समाजलाई नै भ्रष्टीकरणमा नराम्ररी…
भद्रपुर, १ असार । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले संघीय शिक्षा मन्त्रालयले जारी गरेको शिक्षक कर्मचारीको सेवा सुविधा सम्बन्धी निर्देशन अनिवार्य कार्यान्वयन गर्न स्थानीय सरकारलाई आग्रह गरेको छ । जिल्ला भेलापछि सार्वजनिक गरेको विज्ञप्तिअनुसार इस्टुले वर्तमान संविधान तथा कानुन अनुसार मन्त्रालयले जारी गरेको निर्देशन अक्षरशः कार्यान्वयनका लागि स्थानीय सरकारलाई आग्रह गरेको हो । अध्यक्ष होमराज खतिवडाद्वारा जारी विज्ञप्ति अनुसार विगतमा भएका सहमती कार्यान्वयनमा लैजान प्याब्सन, एन प्याब्सन नेतृत्व असफल देखिएका कारण संस्थागत विद्यालयका शिक्षक कर्मचारीको अधिकार स्थापित गर्न सशक्त रूपमा अगाडि बढ्ने जनाइएको छ । विज्ञप्ति अनुसार हरेक वर्ष शिक्षक, कर्मचारीले पाउने सरकारले तोकेको २४ दिनको विदा सुविधा विद्यालयहरूले…
अभिनेता जितु नेपाल अहिले फिल्म ‘ज्वाइँ साँप’ छायाङ्कनमा व्यस्त छन् । एक फिल्म छायाङ्कनमा रहेकै समय उनी फिल्म ‘कङ्गारु’मा पनि कलाकारको रूपमा भित्रिएका छन् । सम्राट् बस्नेतको निर्देशन रहने फिल्ममा उनी मुख्य अभिनेताको रूपमा भित्रिएका हुन् । फिल्ममा यसअघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अर्पण थापा अनुबन्धित भएका थिए । राजीव गुरुङ ‘दीपक मनाङे’को प्रस्तुतिमा फिल्म बन्न लागेको हो । यसअघि ‘लाखे’ निर्देशन गरेका बस्नेतले यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको बताए । फिल्मका लागि अभिनेत्री छनौट हुन बाँकी छ । ३५ दिनको छायाङ्कन सेड्युल निर्धारण गरिएको फिल्म अस्ट्रेलियाको सिड्नी, न्यूकासल, क्यानबेरा लगायतमा हुनेछ ।…