झापा, १ असार । बिर्तामोड उद्योग संघले स्थापना गरेको व्यवसायी राहत कोषमा व्यवासयी घनेन्द्रराज पाण्डे सहयोग गरेका छन् ।
पाण्डेले जन्मदिनको अवसरमा २१ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका हुन् । पाण्डेले संघका अध्यक्ष राजु न्यौपानेलाई रकम प्रदान गर्दै संघका अध्यक्ष लगायत सबै पदाधिकारीलाई धन्यवाद समेत दिए । सो कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे ‘राजु’, कोषाध्यक्ष युवराज निरौला, व्यवसायी राजेन्द्र थापा, सञ्चार उद्यमी राजेन्द्र चम्लगाई लगायतको उपस्थिति रहेको थियो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

