
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २३ जेठ । नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेस, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा…
सन्तोष शर्माझापा, २२ जेठ । झापा जिल्ला अदालतले झुठा मुद्दा लगाउने वादीबाट प्रतिवादीलाई क्षतिपूर्ति उपलब्ध गराउने भनी फैसला गरेको छ । अनुचित समृद्धीको मुद्दामा वादी विन्द्र राजवंशीले प्रतिवादी बन्दना भारद्वाज उपर झुठा मुद्दा दर्ता गरेको भन्दै रू ७५ हजार क्षतिपूर्ति भराउन अदालतले फैसला सुनाएको जिल्ला अदालतका सुपरिवेक्षक शाखा अधिकृत रामचन्द्र बस्नेतले जानकारी दिनुभयो । वादीले झुठ्ठा मुद्दा दिएको ठहर गर्दै सोमबार जिल्ला अदालतका प्रमुख न्यायाधीश अशोककुमार बस्नेतको इजलासबाट वादी विन्द्र राजवंशीले प्रतिवादी बन्दना भारद्वाजलाई उक्त रकम क्षतिपूर्ति भराई दिने भनी फैसला सुनाउनुभएको थियो । ‘कसैले कसैलाई दुखः दिने वा हानी नोक्सानी पु¥याउने नियतले झुट्ठा उजुरी दिएको ठहर भएमा सम्बन्धित अदालतले…
बिर्तामोड, २२ जेठ । नेकपा एमाले बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले सपथग्रहण गरेका छन् । आज जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजित सपथग्रहण तथा पदहस्तान्तरण कार्यक्रमको आयोजना गरी नयाँ नेतृत्वले सपथग्रहण गरेको हो । निर्वाचन समितिका संयोजक राजेन्द्र भट्टराईले नवनिर्वाचित अध्यक्ष सुवास भट्टराई लगायत पदाधिकारी, सदसयहरु र लेखा समिति सदस्यहरुलाई सपथग्रहण गराएका हुन् । सपथग्रहणपछि नवनिर्वाचित अध्यक्ष भट्टराईले पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्पीरिड र जनताको बहुदलीय जनवादलाई मार्गनिर्देश मानेर बलियो एमाले बनाउने बताए । उनले मिसन ८४ मा एमालेलाई वडादेखि संघसम्म एमाले नेतृत्वलाई विजयी गराउने…
१. शरीरलाई ठंडारचिसो राख्छ : दहीमा पानी मिसाई लस्सी बनाई वा मही बनाई पिउनाले शरीरमा पानीको मात्रा प्रशस्त हुनुका साथै पेटको गर्मी पनि हराएर जान्छ ।२. पसिनाको गन्धबाट मुक्ति स: दही र बेसनलाई मिक्स गरेर त्यो मिश्रणले मालिस गर्नुहोस् केही समयपछि नुहाउनुहोस् यसले पसिनाको गन्धबाट मुक्ति दिलाउँछ । ३. हड्डीलाई मजबुत बनाउँछ : दहीमा प्रसस्त मात्रामा पाइने क्याल्सियमले हड्डीलाई मजबुत र स्वस्थ राख्न मद्दत गर्छ ।४. स्वस्थ मुटु : दहीले शरीरबाट कोलेस्टेरोलरको मात्रा घटाउने काम गर्छ । यसले तपाईंको मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।५. जोर्नीको दुखाईबाट मुक्ति : दहीमा हिंग मिसाएर खानाले जोर्नीको दुखाईबाट मुक्ति मिल्छ ।६. पाचन प्रक्रियामा…
हिरोको परम्परागत मानकमा अटाउँछन्, कबीर खड्का । उनको लुक्स चकलेटी छ । कद अग्लो छ । यसैले त लभस्टोरी फिल्ममा उनी रोजाईमा परिरहेका छन् । करिब ७ वर्षअघि प्रदर्शनमा आएको ‘लम्फू’बाट डेब्यु गरेका उनी यसपछि ‘गुञ्जन’ र ‘एक भगवत् र एक गीता’मा देखिए । अब उनको चौंथो फिल्म ‘लण्डन टू पेरिस’ यही जेठ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ ट्रेलर हेर्दा कबीरको पात्रले साथीलाई प्रेम गर्न सिकाइरहेको देखिन्छ । यसैले उनी आफ्नो पात्रलाई ‘लभ गुरु’ भन्न रुचाउँछन् । उनी भन्छन्, ‘फिल्ममा म निश्चल खड्का ९मुख्य अभिनेता०को मिल्ने साथी हुँ । एकहिसाबले उसको ‘लभ गुरु’ हुँ । यो फिल्म गर्दा…
काठमाण्डौ, २२ जेठ । सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ एक हजार सात सय रुपैयाँले बढेर तोलाको एक लाख ४२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलाको एक लाख ४१ हजार रुपैयाँ रहेको थियो । यसअघि जेठ १८ गते सुनको मूल्य अहिलेसम्मकै उच्च एक लाख ४२ हजार दुई सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
काठमाडौँ, २२ जेठ । नेपाल पत्रकार महासंघको चुनाव सर्ने भएको छ । जेठ २६ गते हुने भनिएको चुनाव मतदाता नामावलीका विषयमा उत्पन्न विवादका कारण सर्ने भएको हो । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा भएको छलफल अनुसार जेठ २६ गते हुने चुनाव सर्ने देखिएको महासंघका उपाध्यक्ष उदय जीएमले बताए । ‘केन्द्रीय समितिमा रहेका भूगोलका साथीहरुको विवाद समाधान नभएका कारण केही समयका लागि सार्ने हो कि भनी सुझाव दिनु भएको छ, आज पनि त्यस विषयमा छलफल गरी एउटा टुङ्गोमा पुगिन्छ’, उनले भने, ‘मतदाता नामावलीमा लगभग सहमति भइसकेको छ, निर्वाचन समितिलाई नामावली बुझाउने सम्भावना छ ।’ जिल्लाबाट सर्वसम्मतिमा आएका नामावलीलाई यथावत् राख्ने र…
सन्तोष शर्माझापा, २२ जेठ । अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु हुँदा मृतकका आफन्त भन्दा पनि स्वार्थ समूहका कारण स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था आक्रमणको शिकार बनिरहेको सरोकारवालाहरुले बताएका छन् । नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालय काठमाडौंले शनिबार झापाको बिर्तामोडमा आयोजना गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन–२०६६ (पहिलो शंशोधन–२०७५) प्रचार–प्रसार अन्तरक्रियामा सहभागी सरोकारवालाहरुले त्यस्तो बताएका हुन् । झापा जिल्ला अदालतका न्यायाधीश अशोक बस्नेतले आमनागरिकले चिकित्सकमाथि धेरै विश्वास हुने बताउनुभयो । “चिकित्सकहरुले गरेको त्रुटीको उजुरी गर्ने ठाउँ छ”, उहाँले भन्नुभयो, “त्यो विषयमा पीडित भनिएकाहरुलाई जानकारी गराउनु पर्छ ।” नेपाल चिकित्सक संघका मेची शाखा अध्यक्ष डा. सीपी यादवले त्रसित र भयभित भएर…
झापा, २२ जेठ । काठमाडौँ महानगरपालिकाले अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्नका लागि तय गरेको प्रणालीमा ५२ अस्पतालका ३७४ शय्या सुनिश्चित भएको छ। निजी अस्पतालले विपन्न, बेवारिसे र असहाय बिरामीका लागि १० प्रतिशत शय्या अनिवार्य एवं निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने प्रावधानअनुसार ५२ अस्पतालले ३७४ शय्या विपन्न र असायका लागि छुट्याएका हुन्। महानगरपालिकाको स्वास्थ्य विभागका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार २०८० फागुनमा शुरु भएको यो सेवाबाट अहिलेसम्मा ७० बिरामी लाभान्वित भइसकेका छन्। यसरी सेवा लिन आउनेमा काठमाडौँ उपत्यकाको भन्दा पनि उपत्यका बाहिरका नागरिक बढी रहेका उनले जानकारी दिए। कानुनी व्यवस्थालाई निजी अस्पतालले अटेर गरेपछि महानगरले निःशुल्क स्वास्थ्य उपचारसम्बन्धी कार्यविधि,…
झापा, २२ जेठ । नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बङ्गलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, मधेस, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती, र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी…