
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
धनकुटा, २७ जेठ । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् खानेपानी मन्त्री राजेन्द्र राईले धनकुटामा फेरि पनि ‘क्लिन स्वीप’ गर्ने गरी लाग्न एमाले नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । नेकपा एमाले जिल्ला पार्टी कार्यालय श्रीवानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता राईले यस्तो निर्देशन दिएका हुन् । धनकुटामा संघ, प्रदेश, सात वटै स्थानीय तह र ६० वटै वडा जित्न सक्ने सामर्थ्य एमालेसँग रहेको भन्दै उनले एकजुट भएर मिसन–२०८४ मा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । ‘जनताको पक्षमा काम गरेर सबैको मन जित्न सफल रहेकाले एमाले धनकुटामा सबैभन्दा ठूलो र शक्तिशाली पार्टीको रुपमा स्थापित छ,’ नेता राईले भने, ‘सबै जना एकजुट भएर लाग्नुस्,…
झापा, २७ जेठ । बैंकिङ कसुर मुद्दामा फरार झापाको कनकाईका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । झापा जिल्ला अदालतको २०८० चैत १४ गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा फरार रहेका कनकाई–५ का ४० वर्षीय विष्णुकुमार दर्जीलाई प्रहरीले पक्राउ गरेको हो । उक्त मुद्दामा अदालतले दर्जीलाई एक महिना कैद, १६ लाख रुपैयाँ जरिवाना र पीडित राहत कोषमा ६४ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क तोकेको थियो । दर्जीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले आज पक्राउ गरी फैसला कार्यान्वयनको निमित्त सम्मानित झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो । अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा…
बनियानी, २७ जेठ । झापाको दक्षिणी गाउँपालिकाले कचनकवलले आगामी आर्थिक वर्ष २०८१–८२ को नीति, कार्यक्रम र बजेटका लागि सरोकारवाला पक्षसँग छलफल शुरु गरेको छ । गाउँपालिकाले सोही सन्दर्भमा यहाँका युवासँग अन्तरसँवाद कार्यक्रम मार्फत सुझाव संकलन थालेको हो । स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आगामी असार १० गतेभित्र गाउँसभामा पेस गरिसक्नुपर्ने छ । बजेट निर्माण अघि राय–सुझाव संकलनका लागि ‘जनतासँग जनप्रतिनिधि सँवाद’ कार्यक्रम मार्फत प्रत्येक वडाका गाउँ टोलका नागरिकहरुको सल्लाह र सुझाव लिएको कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिह राजवंशीले बताउनुभयो । बजेटलाई युवा, महिला, कृषकका आवश्यकता र माग अनुसार उपलब्ध स्रोत र साधनलाई प्रभावकारी बनाउन सुझाव माग…
बनियानी, २७ जेठ । झापाको कचनकवल गाउँपालिकाले उत्कृष्ट दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई र प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र सुमनले संयुक्त रुपमा उनीहरुलाई छात्रवृत्ति प्रदान गरेका हुन । कचनकवल गाउँपालिकाकी विद्यार्थी अस्मिता देवान कक्षा–१२ को परीक्षामा जिल्ला उत्कृष्ट र खञ्जन राजवंशी वक्तृत्वकला प्रतियोगितामा झापा जिल्ला उत्कृष्ट हुनुभएका उनीहरुलाई जनही २५/२५ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो । गाउँपालिका अध्यक्ष राजवंशीले गाउँपालिकाभित्रको शिक्षालाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले उत्कृष्ट विद्यार्थीलाई थोरै भए पनि सहयोग पुर्याउने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको बताउनुभयो ।
झापा, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज भारतको औपचारिक भ्रमणमा जाँदै छन् । आज बेलुका नयाँ दिल्लीमा हुने प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्डका साथ उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहनेछन् । लोकसभा चुनावमा एनडीएको २९२ सिटमा जितसँगै नरेन्द्र मोदीले तेस्रो पटक भारतको प्रधानमन्त्रीको शपथ लिँदै छन् । मोदी र सरकारको मन्त्रिपरिषद्का केही सदस्यले आज शपथ लिनेछन् । कार्यक्रममा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ…
झापा, २७ जेठ । हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ । आज राति कोशी र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी…
कनकाई, २६ जेठ । झापाको कनकाई नगरपालिकास्थित कनकाई बिहानी क्लबमा नयाँ नेतृत्व चयन भएको छ । क्लबको आज भएको वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा लोकनाथ उप्रेती र सचिवमा निर्मला बस्नेत चयन हुनुभएको छ । क्लबको उपाध्यक्षमा रमेशकुमार बारकोटी, सह–सचिवमा बालिका चौहान, कोषाध्यक्षमा मुना मैनाली चयन हुनुभएको छ भने सदस्यमा देवीप्रसाद न्यौपाने, गीता कार्की, दिपक कोइराला, मुना खवास, टेकेन्द्र माझी र डिल्लु भुजेल सर्वसहमत चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ। क्लबका अध्यक्ष मनोज बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेल रहनुभएको थियो । सह–सचिव मुना मैनालीले स्वागत गरेको कार्यक्रममा अध्यक्ष बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।…
हल्दिबारी, २६ जेठ । झापाको हल्दिबारी गाउँपालिका–३ रङ्गेडाडास्थित देउनिया खोलामा शवदाहस्थल निर्माण कार्य धामधम भइरहेको छ । प्रदेश सभा सदस्य छविलाल चुडालको पहलमा पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशमार्फत प्राप्त २४ लाख रुपैयाँ र देउनिया खोला मलामी घाट निर्माण समिति मार्फत उपभोक्ताबाट संकलित २ लाख ७४ हजार २४४ रुपैयाँमा लागतमा शवदाहस्थलको निर्माण कार्य भइरहेको निर्माण समितिका सचिव अर्जुनप्रसाद गिरीले जानकारी दिए । शवदाहलस्थल निर्माण भएपछि हल्दिबारी–३, ४ र ५ का बासिन्दालाई दाहसंस्कारमा सहज हुने उनले बताए । हल्दिबारी–२ स्थित देउनिया खोलामा अधुरो अवस्थामा रहेको छ । हल्दिबारीमा व्यवस्थित आर्यघाट नहुँदा बर्खाको समयमा समस्या हुने गरेकाले आगामी असार २० गतेसम्ममा…
भद्रपुर, २६ जेठ । झापाको भद्रपुर नगरपालिकाले कृषिजन्य बाली उत्पादन गर्ने कृषकलाई विद्युतीय महसुलमा ५० प्रतिशत अनुदान दिन थालेको छ । चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत कृषि सिँचाइ विद्युत् महसुल मूल्य अनुदान कार्यक्रम कार्यान्वयन गरिएको हो । कार्यक्रमबाट नगरपालिकामा सूचीकृत कृषि सिँचाइ विद्युत् मिटर भएका करिब एक हजार सात सय किसानले लाभ लिइरहेका नगर प्रमुख गणेश पोखरेलले बताए । “स्थानीय कृषकलाई आर्थिक राहात प्रदान गर्दै कृषि उत्पादकत्व अभिवृद्धि गर्नुका साथै सिँचाइको दिगो प्रयोग अभ्यासलाई प्रवद्र्धन गर्ने कार्यक्रमको उद्देश्य छ”, उनले भने । कृषि विकास अधिकृत सुमन विमलीका अनुसार किसानले कृषिजन्य बाली उत्पादन गर्दा हुन आउने विद्युत् महसुलको आधा रकम…
बिर्तामोड, २६ जेठ । बिर्तामोड नगरपालिकाको बेरुजु ७.५८ प्रतिशतले घटेको छ । महालेखा परीक्षकको कार्यालयले जेठ १३ गते सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७९–८० को बेरुजु ४.५४ प्रतिशत छ ।यो आर्थिक वर्ष ०७८–७९ को प्रतिवेदन अनुसार ७.५८ प्रतिशतले कमी हो । उक्त आर्थिक वर्षमा बिर्तामोडको बेरुजु १२.१२ प्रतिशत उल्लेख थियो । २४ करोड ६० लाख १६ हजार रहेको अघिल्लो आर्थिक वर्षको वेरुजु रकम घटेर १२ करोड ९५ लाख ४१ हजार रुपैयाँमा आएको नगरका लेखा अधिकृत तेजिन्द्र तामाङले जानकारी दिनुभयो । बिर्तामोडमा सैदान्तिक बेरुजु, नियमित गर्नु पर्ने बेरुजु, प्रमाण पेश गर्नु पर्ने बेरुजु, असुलउपर गर्नु पर्ने र…