झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २५ जेठ । बिर्तामोड नगरपालिका–९ स्थित डाँडागाउँमा रहेको कोशेली अचार उद्योगलाई प्रविधि हस्तान्तरण गरेको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले अचार हाल्ने ड्रम र तौल लिने मेसिन हस्तान्तरण गरेको हो । उक्त सामग्री नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्योगका अध्यक्ष शान्ता रिजाल लगायतलाई हस्तान्तरण गर्नुभयो । तीन सय लिटर क्षमताका ५ वटा र पाँच सय लिटर क्षमताका २ वटा गरी ७ वटा प्लाष्टिकका ड्रम र १ थान तौल मेसिन हस्तान्तरण गरीएको हो । संक्षिप्त कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले उद्यमी महिलाहरुले सञ्चालन गरेको यस उद्योगलाई थप व्यवसायिक बन्नका लागि प्रेरित गर्दै सामाग्री हस्तान्तरण गरेको…

Read More

चन्द्र बस्नेतकनकाई, २५ जेठ । वर्षायाम सुरु भएसँगै मनसुनजन्य विपद्का घटनाबाट सचेत रहन झापाको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको आग्रह गर्नुभएको छ। मौषमविद्वका अनुसार यसवर्ष देशकै उच्च जोखिममा झापा जिल्ला रहेको भनी पुर्वअनुमान गरेकाले नगरप्रमुख पोखरेलले सचेत रहन आग्रह गर्दै कुनै आपत–विपद आइपरे जनप्रतिनिधि, प्रहरी प्रशासन लगायलाई खबर गर्न आग्रह गर्नुभएको हो । नगरप्रमुख पोखरेलले कनकाईमा जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएपछि पहिलो प्राथमिकतामा राखेर खोलाको सही निकास, व्यवस्थित तठबन्धनमा ढुंगाजाली, माछीकाडा, कल्वट निर्माण गर्नुका साथै खोलाको दुवै किनारमा वृक्षरोपण लगाउने काम निरन्तर गरिरहेको जानकारी दिनुभयो । उहाँले कनकाईका ठुला नदीहरु कनकाई, सुरुङ्गा, विरिङ, घाग्रा लगायत साना खहरे खोल्साहरुले पनि प्रत्येक…

Read More

झापा, २५ जेठ । यस वर्षको मनसुनमा झापाका ४२ हजारभन्दा बढी मानिस बाढी र डुबानको समस्याबाट प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् प्रतिकार्य योजना २०८१ अनुसार करिब ४२ हजार मानिस बाढी र डुवानबाट प्रभावित हुने प्रक्षेपण गरिएको हो । समितिको प्रक्षेपण अनुसार १५वटै पालिकाका नौ हजार घरपरिवार मनसुनजन्य विपद्बाट प्रभावित हुन सक्नेछन् । जिल्लामा मनसुनजन्य विपद्मा बाढीको समस्या धेरै हुने गरेको बिगतको तथ्याङ्कलेदेखाउँछ । उक्त अनुमान अनुसार अहिलेदेखि नै जोखिम न्यूनीकरण र व्यवस्थापनको तयारी तीव्र बनाइएको समितिले जनाएको छ । समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बाढीको उच्च जोखिमबाट समुदायलाई…

Read More

झापा, २५ जेठ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले बनाएको महिला हिंसा तथा मानव वेच बिखन बिरुद्ध जनचेतनामुलक भिडियो “सचेतना” को बिहीबार सार्वजनिक गरिएको छ । सामाजिक विकास मन्त्री पाँचकर्ण राईले कोशी प्रदेश प्रहरी कार्यालयको सभा हलमा आयोजित एक कार्यक्रमका बीच उक्त भिडियो सार्वजानिक गर्नु भएको हो ।सामाजिक विकास मन्त्रालयको सहयोगमा कोशी प्रदेश प्रहरी कार्यालयद्वारा निर्मित भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री राईले समाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणको लागि महिला हिंसा तथा मानव बेचबिखनको बास्तविक घटनालाई उजागर गरी चेलिबेटीलाई रोक्नुपर्नेमा जोड दिनुभयो । उहाँले गाउँ–गाउँमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी आमनागरिकमा चेतना फैल्याउने कार्य निरन्तर सञ्चालन गर्न र त्यस्ता…

Read More

कनकाई, २५ जेठ । झापाको कनकाई–३ सुरुङ्गामा मधुबन ट्रेडर्स सुरुङ्गाद्वारा सञ्चालित हिरो मोटरसाइकलको स्वरुम आफ्नै भवनमा सरेको छ । पुरानो ठाँउ पूर्व बसस्टेन दक्षिणबाट आफ्नै कुमुदिनी भवनबाट सेवा सुरु गरेको सञ्चालक कुमारमणि पोखरेलले जानकारी दिनुभयो । विभिन्न संघ–संस्थाको नेतृत्व गर्नु÷गरिरहनुभएका व्यवसायी पोखरेलले मोटरसाइकल बिक्रीबाट नाफा भन्दा पनि सेवाग्राहीलाई सुविधा दिँदै आएको बताउनुभयो । पोखरेलकी श्रीमती सरला दाहाल पोखरेलले पनि व्यवसायको बृद्धि–विकासमा महत्वपूर्ण सहयोग गर्दै आउनुभएको छ । सुरुङ्गा जेसीज, कनकाई उद्योग वाणिज संघ र रोटरीक्लब कनकाई सुरुङ्गाको नेतृत्वमा रही सफलता हासिल गरिसक्नु भएका पोखरेल हाल उद्योग वाणिज संघ कोशी प्रदेशको उपाध्यक्ष पनि हुनुहुन्छ ।

Read More

झापा, २५ जेठ । नेपालमा स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम,कर्णाली र गण्डकी प्रदेशका एक–दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ । आज राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि…

Read More

भद्रपुर, २४ जेठ । झापाको दमकबाट लागुऔषध ब्राउनसुगर र नदगसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका–४ की ४८ वर्षीया गायत्रा गौतमलाई ९ ग्राम ५३० मिलिग्राम ब्राउनसुग र ३ लाख ३६ हजार ४०० सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गौमतले लागुऔषध बिक्री–वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनको शरीर तथा घर कोठाहरु खानतलासी गर्दा उनले बट्टाभित्र लुकाई राखेको प्रतिबन्धित लागूऔषध ब्राउनसुगर ९ ग्राम ५३० मिलिग्राम र उनी सुत्ने बेडको सिरानी मुनी राखेको विभिन्न दरका ३ लाख ३६ हजार ४०० र आइटेल कम्पनीको…

Read More

झापा, २४ जेठ । टायल्स तथा मार्बल व्यवसायी संघ झापाले पूर्णता पाएको छ । व्यवसायी कुशल खतिवडाको अध्यक्षतामा गठित संघले पूर्णता पाएको हो । खतिवडा बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव समेत हुन् । संघको वरिष्ठ उपाध्यक्षमा विजयकुमार गोयल, उपाध्यक्षमा जय प्रकाश सिटौला र सोम खनाल रहेका छन् । सचिवमा बलदेव योगी, सह–सचिवमा बिक्रम खरेल र कोषाध्यक्षमा मदन अग्रवाल रहेका छन् । सदस्यमा सुसन प्रसाई, तुलसी उप्रेती, भानुभक्त अधिकारी, राम सिटौला, चन्द्र प्रसाद भट्टराई रहेका छन् । नेत्रप्रसाद विमलीको संयोजकत्वमा गठन भएको सल्लाहकार समितिको सदस्यमा श्याम लम्साल र अजय नाटा छन् । झापामा एक सय बढी मार्वल व्यवसायी रहेको जनाएको छ…

Read More

बिर्तामोड, २४ जेठ । वीरता लेडी जेसीजले वातावरण दिवस मनाएको छ । सचिवालय परिसरमा वृक्षारोपण गरी लेडी जेसीजले वातावरण दिवस मनाएको हो । वातावरण दिवसको अवसरमा सचिवालय परिसरमा विभिन्न जातका २० वटा बिरुवा रोपिएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताइन् । बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बीच वृक्षारोपण गरिएको हो । अस्मिता कुरुङवाङको संयोजकत्वमा आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष शारदा रिजाल, पूर्व अध्यक्षहरू राधा सुब्बा, सुष्मा पौडेल, पार्वता बिमलीको आतिथ्य रहेको थियो । निवर्तमान अध्यक्ष संगीता गिरीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन महासचिव मुना ढुंगेलले गरेकी थिइन् ।

Read More

शिवसताक्षी, २४ जेठ । झापा शिवसताक्षी ७ स्थित बाल सेवा आधारभूत विद्यालया विद्यार्थीहरुले नगर प्रमुखलाई गहकिला प्रश्न सोधेका छन् । विद्यार्थी सँग मेयर तथा सीप मुलक व्यवहारिक शिक्षा प्रवद्र्धन कार्यक्रममा बालसेवा आधारभूत विद्यालयका विद्यार्थीहरुले दर्विला र गहकिला प्रश्न सोधेका हुन् । नगरप्रमुखसँग विद्यालय मै आफ्ना गुसानाहरु राख्न पाउँदा विद्यार्थीहरुले खुसी समेत व्यक्त गरेका छन् । विद्यार्थीहरुले नगरप्रमुखसँग आफ्ना गाउँका धेरै मानिसहरुले छोरालाई बोर्डिङ्ग स्कुल र छोरीलाई सरकारी विद्यालय पढाउने गरेका छन् यस्ता विभेदलाई हटाउँन तपाईले के गर्नु हुन्छ भनेर प्रश्न गरे । त्यस्तै विद्यार्थीेले यस विद्यालय पढ्ने विद्यार्थीका आमा बुबा नभएको उनीहरुलाई पढ्नको लागि आर्थिक समस्या परेको हुँदा यस बारेमा…

Read More