
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २४ जेठ । बिर्तामोड नगरपालिका वडा नं. १० मा उदघोषण, माइन्युट लेखन तथा फरदर करियर सम्बन्धी तालिम शुरु भएको छ । बिर्तामोड नगरपालिका वडा नं. १० को आर्थिक सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा एसईई र कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थी लक्षित गरी शुरु भएको तालिमको बिर्तामोड नगरपालिका वडा नं. १० का अध्यक्ष दुर्योधन गुरुङले उदघाटन गरेका छन् । उदघाटन कार्यक्रम बोल्दै अध्यक्ष गुरुङले बिधार्थी लाई भित्री मनबाटै सिक्न आग्रह गरे ।तालिमको समय अवधिको बीच बीचमा आफनो निगरानी रहने भन्दै उनले सिकेका अनुभवलाई आफुले हेर्ने बताए । वडा सदस्य पृथ्वी बस्नेतले सहभागी भाई बहिनीहरुलाई नबुझेका कुरा प्रशिक्षकलाई…
भद्रपुर, २४ जेठ । विश्व वातावरण दिवसको अवसर पारेर चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा एक हजार वृक्षरोपरण गरिएको छ । वातावरण संरक्षण कार्यक्रम अन्र्तगत चन्द्रगढी वन क्षेत्रभित्र पर्ने ऐतिहासिक स्थल चन्द्रगढ क्षेत्रको लगभग २ विघाह क्षेत्रफलमा विभिन्न जातका एकहजार बढी विरुवाहरु रोपिएको हो । वृक्षारोपण कार्यक्रम भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले कार्यक्रमको उद्घाटन गर्दै स्वस्थ वातावरणका लागि वन जंगलको सम्वद्र्धन र संरक्षण गर्नु पर्ने बताए । समूह अध्यक्ष दुर्गाप्रसाद भट्टराईको अध्यक्षता तथा सचिव पार्वती मल्लले संञ्चालन गरेको कार्यक्रममा डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राई, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा समूहमा आबद्ध उपभोक्ता,…
भद्रपुर, २४ जेठ । अपराधमा संलग्न भएका कैदी बन्दीले अदालतले तोकेको धरौटी रकम समेत तिर्न नसकेर झापा कारागारमा कैद भुक्तान गरिरहेका ९ जना कैदी बन्दी मुक्त भएका छन् । सामान्य धरौटी रकम भुक्तान गर्न नसकेर झापा कारागारमा कैदी जीवन विताइरहेका ९ जनालाई कैदी बन्दी समाजसेवी दिनबन्धु गोयलले धरौटी रकम जम्मा गरेर कैद मुक्त गराएका हुन् । विभिन्न अभियोग लागेर अदालतले बिगो वापतको रकम वुझाउन आदेश दिएको भए पनि सामान्य धरौटी रकम पनि वुझाउन नसकेका कैदीहरुलाई सामान्य धरौटीमा कारवासमा बस्नु पर्ने बाध्यताबाट मुक्त गर्न रकम भुक्तान गरिदिएको गोयलले जानकारी दिए । झापा कारागारमा बुधबार भएको कार्यक्रममा पाँचहजार देखि २० हजारसम्म धरौटी…
बिर्तामोड, २३ जेठ । झापाको बिर्तामोडमा आज एक दिने पत्रकारितामा एआई प्रभाव र प्रयोग विषयक प्रशिक्षण दिइएको छ । पूर्वाञ्चल दैनिकको आयोजनामा प्रशिक्षण दिइएको हो । नेपालमा एआई प्रविधिको प्रयोग तथा विश्वले पत्रकारिता क्षेत्रमा प्रयोगमा ल्याएको अवस्थाका विषयमा प्रशिक्षक सञ्चारविद् डा. भानुभक्त आचार्यले प्रशिक्षण दिएका थिए । प्रविधिको प्रयोगसँगै अनलाइन पत्रकारिताले प्राथमिकता पाइरहेको समयमा एआई प्रविधि मार्फत यसलाई अझ सरल र सहज बनाउन सकिने सञ्चारविज्ञ आचार्यको भनाइ छ । इलाम र झापाका ४५ जना पत्रकारहरुको सहभागिता रहेको थियो । पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रधानसम्पादक एकराज गिरीले गरेका थिए ।
झापा, २३ जेठ । दार्चुलाबाट धनगढीतर्फ गइरहेको जिप डोटीको जोरायल गाउँपालिका–१ खडिनामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य सातजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार आज बिहान जि दुर्घटनामा परेको हो। दुर्घटनामा दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौलीदेवी धामीको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीका अनुसार सोही वडाकी तीन वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका सात जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। जिपमा चालकसहित नौजना सवार थिए।
भद्रपुर, २३ जेठ । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाको वडा नं ३ कार्यालयले आफ्नै भवनबाट सेवा प्रदान गर्न थालेको छ । २०७४ देखि भाडाको घरबाट वडाको कामकाज गर्दै आएको वडा कार्यालयले भच्चकवस्तीमा निर्मित भवनको उद्घाटन गरिएपछि मंगलबारदेखि सोही भवनबाट वडावासीलाई सेवा दिन थालेको हो । वडा कार्यालय परिसरमा आयोजित एक समारोहका बीच भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल तथा उपप्रमुख राधा कार्कीले संयुक्त रुपमा व्यानर खोलेर भवनको उद्घाटन गरेका थिए । वडाध्यक्ष हेमबहादुर कार्कीको अध्यक्षतामा आयोजित सोही समारोहका बीच वडा कार्यालय भवनका लागि निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरु ओमप्रकाश सरावगी, सत्यनारायण तायल, धनुहाङ सुहाङ, कल्याणकुमार राई, आइतबहादुर लिम्बू, श्याम थापा मगर,…
अर्जुनधारा, २३ जेठ । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित नयाँ बसपार्कको जग्गा सरकारी स्वामित्वमा नरहेको बताइएको छ । अर्जुनधारा नगरमा मंगलबार भएको छलफलले त्यस्तो निष्कर्ष निकालेको छ । कानून व्यवसायी, सरोकारवाला, स्थानीय र सञ्चारकर्मीबीच भएको अन्तरक्रियाले बसपार्कको जग्गा सरकारी स्वामित्वमा नरहेको निचोड निकालेको हो । करिब एक महिनाअघि गिरीबन्धु टी इस्टेटभित्र उक्त जग्गा रहेको भनी कानूनले व्याख्या गरेर वडा नं. ११को (५१ बिगाह जमिन) नयाँ बसपार्कका बासिन्दाहरुलाई त्रसित बनाइरहेको बेला त्यसैलाई समातेर केही युट्युबर र मिडियाले समाचार लेखेपछि अर्जुनधारा नगरपालिकामा छलफलको आयोजना गरिएको थियो । छलफल कार्यक्रममा बसपार्क समन्वय समितिका अध्यक्ष सुजन शिवाकोटीले तथ्य कुरा अर्कै भए पनि केही मिडियाहरुले बसपार्कबासीहरुलाई…
बिर्तामोड, २३ जेठ । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा स्टाफ नर्स शैक्षिक कार्यक्रम सञ्चालनका लागि सम्बन्धित निकायको समन्वयमा आवश्यक प्रकृया अगाडि बढाइने भएको छ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मेची अस्पतालमा स्टाफ नर्स शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक प्रक्रिया अगडि बढाउने उल्लेख छ । प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आवका लागि प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
मेष : अरूलाई प्रभावमा पारेर काम बन्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। साँझमा कलहको योग भएकाले आफूलाई कमजोर भएको अनुभूति हुनेछ।भाग्यशाली रङ खैरो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने। वृष : नजिकका व्यक्तिबाट सहयोग मिल्नेछ। मानसम्मान बढ्नेछ। शरीर स्वस्थ नै रहनेछ। वैदेशिक क्षेत्रको महत्त्वपूर्ण काम बन्नेछ। तर, अल्छीपन नत्यागेमा आँटेको काममा सफलता…
झापा, २३ जेठ । भारतीय लोकसभा निर्वाचन–२०२४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जम्मा ५४३ सिटमा भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) २४० सिटमा विजयी भएको छ । उसले गएको चुनावको तुलनामा ६३ सिट गुमाएको हो । कसले कति सिट जित्यो ? Party/Alliance2024 Leads2024 Wins2024 Total NDA0292292 BJP0240240 TDP01616 JD(U)01212 SHS077 LJPRV055 JD(S)022 RLD022 JSP022 AGP011 UPPL011 AJSUP011 NCP011 HAM(S)011 ADAL011 TMC(M)000 NPF000 INDEPENDENT000 SBSMP000 PMK000 AMMKMNKZ000 NDPP000 IND000 RLM000 BDJS000 INDIA0234234 INC09999 SP03737 AITC02929 DMK02222 SHS (UBT)099 NCP (SP)088 RJD044 CPM044 IUML033 AAP033 JMM033 JKNC022 VCK022 CPI022 CPI(ML)(L)022 KC011 RLTP011 BADVP011 MDMK011 RSP011 ASMJTYP000 AIFB000 JKPDP000 VSIP000 OTH01717 IND077 YSRCP044 SKM011 ASPKR011 SAD011 AIMIM011 VOTPP011 ZPM011