झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३२ जेठ । झापामा दुई जना बच्चा र आमा मृत फेला परेका छन्। शुक्रबार बिहान शिवसताक्षी नगरपालिका–३ स्थित एक घरमा दुई जना बच्चा र आमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए। आमा अन्जली बेस्रा, उनका ७ वर्षीय जेठा छोरा विशाल र कान्छा छोरा २ वर्षीय आयुष मृत फेला परेका हुन्। आमा झुन्डिएको अवस्थामा फेला परेकी हुन्। विशाल र आयुष बेडमा मृत भेटिएका हुन्। अहिले थप भन्न सकिने अवस्था छैन। अनुसन्धान हुँदैछ,’ एसपी केसीले भने। प्रहरीका अनुसार घटनास्थलमा बमिट समेत गरिएको देखिएको छ। त्यस्तै विषादी समेत गन्ध आइरहेको प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा प्रहरी…

Read More

कनकाई, ३२ जेठ । झापाको कनकाईमा आर्थिक वर्ष २०८१–०८२ को योजना तर्जुमा प्रक्रियामा बालबालिकाहरुको अर्थपूर्ण सहभागीता गराउन र बालमैत्री स्थानीय शासन अभियान लाई कार्यनयन गर्न बाल भेला २०८१ संचालन भइरहेको छ । कनकाई नगरपालिकाको आयोजना तथा रुपान्तरण नेपालको प्राबिधिक सहयोग, समन्वयमा नगरपालिका अन्तर्गतका सम्पुर्ण वडा हरुमा वडा स्तरीय बाल भेला सञ्चालन भइरहेको र वडा पश्चात् नगर स्तरीय बाल भेला समेत संचालन गरिने बाल कल्याण अधिकारी उमानाथ ढकालले जानकारी गराउनु भयो । नगरपालिकाको आयोजना भए पनि बालबालिकाको कार्यक्रम भएकाले बालबालिकाकै अध्यक्षतामा र वडा अध्यक्ष ज्युको प्रमुख आतिथ्यतामा कार्यक्रम संचालन भइरहेको र कार्यक्रममा बालबालिकाले आफ्ना मनमा लागेका बिचार भावना र योजनाहरु प्रष्ट…

Read More

कचनकवल, ३२ जेठ । झापाको कचनकवल गाउँपालिकामा सुविधा सम्पन्न पशु अस्पताल धमाधम निर्माण भइरहेको छ । कोशी प्रदेश सरकारको ४० लाख र गाउँपालिकाको ४ लाख गरी ४४ लाख रुपैयाँको लगातमा सुविधा सम्पन्न पशु अस्पताल निर्माण भइरहेको गाउँपालिकाका पशु शाखा प्रमुख मसिन्द्र यादवले जानकारी दिनुभयो । हाल गाउँपालिकाले पशुपंक्षी तथा मत्स्य विकाश शाखा र कचनकवल–३ स्थित पशु अस्पतालबाट सेवा दिँदै आएको छ । गत पुस महिनादेखि भाडाको भवनबाट सेवा दिँदै आइएकोमा चालू आर्थिक वर्षभित्रै आफ्नै भवनमा सञ्चालन गर्ने लक्ष्य रहेको जनाइएको छ । भाडाको भवनमा सञ्चालन हुँदै आएको पशु अस्पताल / तस्वीर– नविन उप्रेती पशु अस्पतालको मापदण्ड अनुसार सेवा दिने योजनाका…

Read More

झापा, ३२ जेठ । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। आज कोसी प्रदेशमा साधारणतया बदलीको छ। मधेस र बागमती प्रदेशसहित देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोसी प्रदेशका थोरै स्थानमा तथा बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया…

Read More

खाँदबारी, ३२ जेठ । खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढी पहिरोले तीन घर बगाएको छ । करिब एक सय २५ भन्दाबढी परिवार विस्थापित भएका छन् । पहिरोले खाँदबारी– ११ आङ्ला गाउँमा तीन घर बगाएको हो । बुधबार राति भएको अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन् । त्यस्तै चट्याङ लागेर चिचिला गाउँपालिका–२ आहालेकी सावित्रा गुरुङको मृत्यु भएको छ । खाँदबारी नगरपालिका– ५ र ६ मा आएको बाढीले कुलो बगाउँदा कम्तीमा एक सय १० परिवारलाई प्रत्यक्ष असर…

Read More

फुङ्लिङ, ३२ जेठ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा बिहीबार राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् । पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो । यसैगरी ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीय छोरी घाइते भएको फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईंले बताउनुभयो । बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Read More

सरोज भट्टराईशिवसताक्षी, ३२ जेठ । झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ ले ५ वर्ष भित्रमा वडाका मुख्य सडकहरु कालो पत्रे गरिसक्ने लक्ष्य राखेर काम गर्दै आएको छ । वडाले कालो पत्रेलाई आफ्नो गुरु योजनाको रुपमा लिएर काम गर्दै आएको वडाध्यक्ष डिल्लीलाल फेम्बुले जानकारी दिए । चालु आर्थिक वर्षमा अधिकांश वडाका योजनाहरु सम्पन्न भएका छन् । केही स– साना योजनाहरुका काम भइरहेको र केही दिन भित्रै सम्पन्न हुने वडाध्यक्ष फेम्बुले बताए । वडामा मुख्य समस्याको रुपमा रहेको झरना खोला र भालु खेला कटान नियन्त्रणका लागि काम सुरु गरिएको छ । उनले भने, झरना खोला र भालु खोला किनारमा कोरिडोरको रुपमा सडक…

Read More

ताप्लेजुङ, ३१ जेठ । ताप्लेजुङमा बुधबार राति वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगाएको छ । बाढीले चार ठाउँमा पुल बगाएपछि तमोर करिडोरअन्तर्गतको सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको हो । बाढीले फक्ताङलुङ गाउँपालिकामा पर्ने सिसवा खोला, तावा खोला र सिस्ने खोलामा रहेका पुल बगाएको स्थानीय सुसन लिम्बूले जानकारी दिए । तावा खोलामा रहेको बेलिब्रिज र काठबाट निर्मित मोटरेवल पुल बाढीले बाढीले बगाएको हो । सो स्थानमा बुधबार रातभर वर्षा भएको थियो । बाढीले पुल बगाएपछि फक्ताङलुङ गाउँपालिकाको केन्द्र रहेको तापेथोकसहितका क्षेत्रमा सडक अवरुद्ध भएको छ । त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । सिसावा खोलामा आज…

Read More

भद्रपुर, ३१ जेठ । झापामा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि विवरण सङ्कलनको काम दैनिक दुई चरणमा गर्न थालिएको छ । दैनिक बिहान ७ बजेदेखि विवरण सङ्कलन गर्ने गरिएको छ । कर्मचारीलाई बिहान र दिउँसो गरी दुई चरणमा काममा खटाई राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र वितरण थालेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए । उनका अनुसार दैनिक तीन सयदेखि चार सयजनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने काम भइरहेको छ । “दैनिक एक सयको हाराहारीमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने काम भइरहेको छ । बिहान ७ बजेदेखि नै टोकन वितरण गर्छौँ, सेवा प्रवाहमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई प्राथमीकतामा राखेका…

Read More

झापा, ३१ जेठ । लोकसेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको परीक्षामा अधिकांश फेला भएका छन् । न्याय सेवा आयोगले प्रकाशन गरेको सूचनाअनुसार ४३ जनाको कोटामा जम्मा ८ जना मात्र उत्तीर्ण भएका छन् । २०८१ जेठ वैशाख २७ देखि ३० गतेसम्म सञ्चालन भएको जिल्ला न्यायाधीशको परीक्षामा २०३ जनाले परीक्षा दिएका थिए । तीमध्ये खुल्लामा ७ र आन्तरिक खुल्लामा ४ जनाले मात्र नाम निकालेका छन् । आयोगको बिहीबार बसेको बैठकले उनीहरूको नाम सार्वजनिक गर्दै असार ६ र ७ गते बोलाएको छ । अन्जनराज सापकोटा, कमलकान्त जोशी, चन्द्रमणि चापागाईं, तिलक कार्की, नारायण सापकोटा,नीतिज राई, वसन्तराज जोशी र मणिराम ज्ञवाली लोकसेवा आयोगको परीक्षाबाट लिखित…

Read More