
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २६ जेठ । कचनकवल गाउँपालिकाले सार्वजनिक खरिद ऐन विपरीत मसलन्द तथा कार्यालय सामग्री आफूखुशी खरिद गर्ने गरेको पाइएको छ । सामान्य र कार्यालय सामग्रीको सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता राख्ने सम्बन्धी मार्गदर्शन, २०७७ मा प्रदेश सरकार र स्थानीय तहहरु, सबै पदाधिकारीहरू र कर्मचारीहरूले समेत मार्गदर्शन बमोजिम मितव्ययी र प्रभावकारी तरिकाले खर्च गर्नुपर्ने उल्लेख छ । तर, कचनकवलले आर्थिक वर्ष ०७९/०८० मा सामान्य र कार्यालय सामग्री खर्च शीर्षकमा १९ लाख १ हजार ७५१ रुपैयाँ खर्च गरेको छ । कार्यालयलाई वर्षभरि आवश्यक पर्ने सामान एकमुस्ट विवरण बनाई सार्वजनिक खरिद ऐन र नियमावलीको प्रावधान बमोजिम खरिद योजना बनाई प्रतिस्पर्धात्मक तरिकाले खरिद गर्नुपर्नेमा…
झापा, २६ जेठ । आईसीसी टी–२० विश्वकपमा क्यानडाले आयरल्यान्डलाई हराएको छ। शुक्रबार राति न्युयोर्कमा भएको खेलमा क्यानडाले आयरल्यान्डविरुद्ध १२ रनको जित हासिल गरेको हो। क्यानडाले आयरल्यान्डलाई जितका लागि १३८ रनको सरल लक्ष्य दिए पनि उसले ७ विकेटमा १२५ रन मात्रै बनाउन सक्यो। आयरल्यान्डको यो लगातार दोस्रो हार हो। समूह ‘ए’मा रहेको क्यानडा उद्घाटन खेलमा भने अमेरिकासँग ७ विकेटले हारेको थियो। बिहीबार मात्र अमेरिकाले बलियो टेस्ट राष्ट्र पाकिस्तानलाई सुपर ओभरमा हराएको थियो। त्यसको भोलिपल्ट नै क्यानडाले आयरल्यान्डलाई हराएको हो। शुक्रबार रातिको खेलमा क्यानडाका निकोलस किर्टन ‘प्लेयर अफ द म्याच’ घोषित भए।
मेष : सफल यात्राको योग छ। शुभकार्यको चर्चा चल्नेछ। नयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्ने छ। तर, बाहिरी खानपान एवं मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। भाग्यशाली रङ रातो र अङ्क ५ हो भने प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६७, वैदेशिक कार्यमा ५६ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने। वृष : आकस्मिक यात्राको अवसर आउन सक्छ। यात्राबाट लाभ मिल्नेछ। प्रेम जीवन सफल रहनेछ। उपकार गरेर अरूको मन जित्न सकिनेछ। धार्मिक,…
इलाम, २६ जेठ । इलामको चुलाचुली गाउँपालिका–४ स्थित ऐना पोखरीमा डुबेर एक किशोरीको मृत्यु भएको छ । सोही स्थानकी १८ वर्षीया बिनिता जोगीको पोखरीमा डुबरे मृत्यु भएको हो । विनितासँगै सोही स्थानकी १८ वर्षीया रोजिना साम्बा लिम्बू र उनकी बहिनी १७ कि रोशा साम्बा लिम्बू ऐना पोखरीको डिलमा बसेर पोखरीको पानी खेलाउँदै गरेको अवस्थामा रोजिना पोखरीको डिलबाट चिप्लिएर पोखरीमा खसेको जनाइएको छ । उनलाई हातमा समातेर निकाल्ने क्रममा बिनिता हुत्तिएर पोखरीमा पसेको र उनको डुबेर मृत्यु जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
झापा, २६ जेठ । नेपाल प्रहरीमा जनपद समूहतर्फ २६३ जना सहायक हवल्दारहरुलाई हवल्दार पदमा बढुवा गर्ने निर्णय गरिएको छ । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकाश विभागको निर्णय अनुसार उनीहरू हवल्दार पदमा बढुवा भएका हुन् । बढुवा हुनेहरूलाई पदस्थापन पनि गरिएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्न मातहतका कार्यालयहरूलाई पत्राचार गरेको छ ।
झापा, २६ जेठ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। आज कोसी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोसी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ। आज राति पनि कोसी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने अनुमा छ। राति प्रदेशका थोरै…
बिर्तामोड, २५ जेठ । बिर्तामोड नगरपालिकाको अघिल्लो वर्षको तुलनामा बेरुजु रकम घटेको छ । महालेखा परीक्षकको कार्यालयले जेठ १३ गते सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७९–८० को बेरुजु ४.५४ प्रतिशत छ । यो आर्थिक वर्ष ०७८–७९ को प्रतिवेदन अनुसार ७.५८ प्रतिशतले कमी हो । उक्त आर्थिक वर्षमा बिर्तामोडको वेरुजु १२.१२ प्रतिशत उल्लेख थियो । २४ करोड ६० लाख १६ हजार रहेको अघिल्लो आर्थिक वर्षको वेरुजु रकम घटेर १२ करोड ९५ लाख ४१ हजार रुपैयाँमा आएको नगरका लेखा अधिकृत तेजिन्द्र तामाङले जानकारी दिनुभयो । बिर्तामोडमा सैदान्तिक बेरुजु, नियमित गर्नु पर्ने बेरुजु, प्रमाण पेश गर्नु पर्ने बेरुजु, असुलउपर…
झापा, २५ जेठ । नेपाल पत्रकार महासंघको चुनाव स्थगित भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गरी जेठ २६ गतेका लागि तोकिएको चुनाव स्थगित भएको जानकारी दिएका हुन् । विज्ञप्तिमा भनिएको छ स् ‘नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनले यहीँ जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकिएकोमा उक्त मितिमा मतदान नहुने भएको छ । मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने जानकारी गराइन्छ ।’ अध्यक्ष पोखरेलले निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन…
झापा, २५ जेठ । नेपालले आर्थिक वर्ष २०५४–०५५ देखि सिधा व्यापार सुरु गरेको दक्षिण एसियाली मुलुक बङ्गलादेशसँग व्यापार घाटा बढ्दो क्रममा छ । कुनै समय रु पाँच अर्बभन्दा बढीको मालसामान बङ्गलादेश निर्यात गरेको नेपाल अहिले केही करोडमै सीमित हुन पुगेको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख सुवास पाण्डेयका अनुसार नेपाल—बङ्गलादेशबिचको व्यापार पछिल्लो एक दशकयता निरन्तर खुम्चिँदो अवस्थामा छ । आव २०७०–०७१ सम्ममा द्विपक्षीय व्यापारमा आयात कम र निर्यात बढी हुने गरेकामा हाल निर्यातको अवस्था झरेको छ । मेची भन्सार कार्यालय काकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलले चालु आवको वैशाख मसान्तसम्म बङ्गलादेश निर्यात रु…
बिर्तामोड, २५ जेठ । बाह्रदशी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीलाई बाह्रदशी जेसीजले अभिभावकत्व ग्रहण गरेको छ । जेसीजको दिगो विकास कार्यक्रम अन्तरगत विद्यार्थीको सम्पूर्ण खर्च व्यहोर्ने गरी जेसीजले यस वर्ष १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको हो । योसँगै विद्यार्थीलाई विद्यालय पोशाकसहित आवश्यक पर्ने स्टेसनरी सामग्री, जुत्तामोजा समेत प्रदान गरेको छ । विद्यार्थीलाई वर्षभरि पुग्ने कपी, पेन्सिल,डटपेन सहितका शैक्षिक सामग्रीसँगै स्कूल ब्याग समेत प्रदान गरिएको छ । बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चम्लगाई,उपाध्यक्ष शान्तादेवी शिवाकोटी खरेल, प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला लगायतको सहभागीतामा गाउँपालिकामा आयोजित कार्यक्रमकाबीच जेसीजले १६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको…