
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २३ पुस । करोडौँ रुपैयाँ घोटाला गर्दै अयोग्य नागरिकलाई लाखौँको सङ्ख्यामा सवारी चालक अनुमति पत्र ९लाइसेन्स० बाँडेर ज्यान जोखिममा पार्ने काममा यातायात व्यवस्था विभागका उच्च पदस्थ कर्मचारीहरू नै संलग्न रहेको पाइएको छ । लाखौँ नागरिकले ट्रायल पास गरेर पनि एक वर्षसम्म स्मार्ट लाइसेन्स (विद्युतीय सवारी अनुमति पत्र) नपाउने तर बिचौलियामार्फत ट्रायल नै नदिएकालाई घरघरमै लाइसेन्स नै पुर्याइदिने काममा विभागकै कर्मचारीहरूको संलग्न रहेको अध्ययन प्रतिवेदनले खुलासा गरेको हो । यो प्रकरणमा चार सहसचिव कुमारप्रसाद दाहाल, गोगनबहादुर हमाल, नमराज घिमिरे र डा। टोकराज पाण्डे मुछिएका छन् । अवैध ढंगले लाइसेन्स वितरणको सुरुवाती कालमा सहसचिव दाहाल विभागमा महानिर्देशक थिए । त्यसपछि महानिर्देशक…
झापा, २३ पुस । मलेसियाले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेको छ । उसले पछिल्ला दिनमा बिनाभिसा लुकिछिपी बसेका नेपालीसहित विदेशी कामदार बसेको ठाउँमा छापा मार्दै दैनिक सयौं कामदारलाई पक्राउ गरिरहेको छ । मलेसियन प्रहरीले शुक्रबार कम्पुङ जालान केबुनमा रहेको रिसाइकल कारखानामा छापा मारेर चार महिलासहित सय विदेशीलाई पक्राउ गरेको हो । बुकित अमान सीआईडी एन्टी ट्राफिकिङ इन पर्सन एन्ड स्मगलिङ अफ माइग्रेट्स ९एटिप्सम० डी ३ का प्रमुख सहायक निर्देशक सोफियान सान्टोङले सेलान्गोर श्रम विभाग र वातावरण विभागसँगको सहकार्यमा उनको युनिटले गरेको छापामारीमा ६० वर्षीय वृद्ध पनि भेटिएको बताए । ‘इलेक्ट्रोनिक पार्टपुर्जाजस्ता वस्तु प्रशोधन गर्ने कारखाना सञ्चालनका लागि चिनियाँ नागरिकलाई भाडामा…
झापा, २२ पुस । अखिल नेपाल महिला संघ झापाका नेतृहरुले आइतबार आयोजित एक कार्यक्रममा आफ्नो गौरवपूर्ण बिगत नयाँ पुस्ताका कार्यकर्तालाई सुनाएका छन् । अनेमसंघ झापाले झापामा नेकपा एमालेको राजनीतिलाई भूमिगत कालदेखि अघि बढाउन योगदान पुर्याएका महिला अग्रज, संघका पूर्व अध्यक्ष र जनसंगठनका अगुवालाई आफ्नो क्रान्तिकारी बिगत सुनाउन एउटै मञ्चमा पहिलोपल्ट उभ्याएको थियो । अर्जुनधाराको सालबाडीस्थित सुखानी स्मृति पार्कमा भएको उक्त कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले मुख्य वक्ता हुनुहुन्थ्यो । उहाँले भूमिगत कालमा पार्टी राजनीतिलाई जनताको माझमा लोकप्रिय बनाउन महिला नेतृहरुले पनि पुरुषहरुले झैं कठिन परिस्थितिको सामना गरेको अनुभूति सुनाउनुभयो । उहाँले बिगतमा अनेमसंघको नेता र त्यसमा…
मेचीनगर, २२ पुस । झापाको मेचीनगरमा सञ्चालित प्रकृति सुपारी सहकारी संस्था लि. मेचीनगरको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । फुलमाया तामाङको अध्यक्षता तथा मेचीनगर-९ का वडाध्यक्ष कन्चन तामाङको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा सुपारी किसानलाई ब्यवसायिक बनाई उत्पादन, प्रशोधन र बजारीकरणमा लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सुपारी खेती विकास संस्थाका अध्यक्ष देबिप्रसाद खतिवडा, राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखा प्रबन्धक मुना घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष मनमाया तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन देबिमाया तामाङले गरेकी थिइन् । सभाले आब २०८०–२०८१ का लागि २ करोड ७० लाख रुपैयाँको प्रस्तावित बजेट पेस गरेको छ । सहकारीले बचत, ऋण कारोबारसँगै सुपारी…
बिर्तामोड, २२ पुस । पत्रकार तथा साहित्यकार गोपीकृष्ण खनालको स्मृतिमा स्थापित गोपीकृष्ण स्मृति पत्रकारिता पुरस्कार अग्रज साहित्यकार कोमलप्रसाद पोखरेलललाई प्रदान गरिने भएको छ । गोपीकृष्ण स्मृति प्रतिष्ठानको बैठकले यस सम्बन्धमा निर्णय गर्दै यसपटक साहित्यतर्फ प्रदान गर्न लागिएको जनाएको छ । सो पुरस्कार दुई वर्षअघि झापाका अग्रज पत्रकार तथा लेखक नकुल काजीलाई प्रदान गरिएको थियो । नेपाली साहित्य र पत्रकारिता क्षेत्रमा चार दशकसम्म क्रियाशील गोेपीकृष्ण खनालकोे २०७५ साल साउनमा सवारी दुर्घटनामा परी निधन भएको थियो ।भारत पश्चिम बंगालको शिलगढीमा रहँँदा स्थानीय बाडुली द्वैमासिक हुँदै नेपाली पत्रकारिता क्षेत्रमा प्रवेश गरेका खनालले विवेचना मासिक, अर्धसाप्ताहिक विश्वदीप, भानु, रहर, नयाँ विचार, मनकामना, नयाँ कामना…
झापा, २२ पुस । झापा नेत्रहीन सङ्घले ‘अँध्यारोमा खानपिन’ कार्यक्रमको आयोजना गरेर दृष्टिसम्बन्धी अपाङ्गता भएका विद्यार्थीलाई सहयोग जुटाएको छ । विर्तामोडको सिटीसेन्टरमा शनिबार साँझ भएको कार्यक्रममा सहभागिताका लागि जनप्रतिनिधि, सामाजिक सङ्घसंस्थाका अगुवा र व्यवसायीले रु सात सय शुल्क तिरेर प्रवेश टिकट खरिद गरेका थिए । सहभागीलाई अँध्यारोमा राखेर खानपिन गराइएको उक्त कार्यक्रममा कोशी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य एकराज कार्कीले आँखामा पट्टी बाँधेर सेतो छडीमा हिँडेर उद्घाटन गरेका थिए । दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिले कस्ता समस्या भोगिरहेका हुन्छन् भनेर अनुभूति गराउन एकछिन भए पनि उनलाई सेतो छडीको साहारामा आँखा छोपेर हिँड्न लगाइएको नेपाल नेत्रहीन सङ्घका केन्द्रीय महासचिव शिशिर खनालले…
इलाम, २२ पुस । अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । “अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ”, सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भनिन्, “कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य हुने भयो ।” गतवर्षभन्दा झण्डै तीन गुणा बढीले अलैँचीको भाउ बढेको ब्यवसायी जीवन पाण्डेले बताए । “गत वर्ष यस याममा प्रतिमन रु २८ हजार थियो, हाल राम्रो अलैँची प्रतिमन रु ८५ हजारसम्म बिक्री भइरहेको छ”, उनले भने । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेको छ ।…
झापा, २२ पुस । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा आज नियुक्त भएका अधिवक्ता रूपेश कोइरालाले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङ् र मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले कोइरालालाई पद तथा गोपनियताको शपथ ग्रहण प्रदेश प्रमुखको कार्यालयमा गराएका हुन् । मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले कोइरालालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए । मोरङको विराटनगर महानगरपालिका–९ का अधिवक्ता कोइराला प्रजातान्त्रिक कानून व्यवसायी संघ मोरङका पूर्वसभापति तथा हालका सल्लाहकार समेत रहेका छन् ।
बिर्तामोड, २२ पुस । झापामा नेकपा एमालेले पार्टी कामको स्वमुल्याङकन गर्ने भएको छ । त्यसका लागि जिल्ला संगठन विभागले पार्टी नेता र तहगत कमिटी मार्फत मुल्याङकनको सुरुवात गरेको हो । आज झापाको क्षेत्र नं. ३ मा जिल्ला कमिटी सदस्यहरुको बैठकबाट उक्त अभियानको प्रारम्भ गरिएको संगठन विभाग प्रमुख शिव ढुङ्गेलले जानकारी दिए । उनले १७ वटा प्रश्न तयार गरेर विभागले तल्लो तहमा पठाउने तयारी गरेको जानकारी दिएका छन् । क्षेत्र नं. ३ को बैठकमा जिल्ला सदस्यहरुलाई पहिलो चरणमा प्रश्नहरु वितरण गरिएको जनाइएको छ । क्षेत्रीय संयोजक लक्ष्मण पाठकको अध्यक्षमा सम्पन्न बैठकमा प्रमुख अतिथी प्रदेश कमिटीका सदस्य एवम् क्षेत्रीय इञ्चार्ज बसन्त बानियाँले…
झापा, २२ पुस । झापाको भिन्न दुई स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । झापाको भद्रपुर नगरपालिका–४ स्थित झिलिमिली पुल नजिकै मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको र बिर्तामोड नगरपालिका–२ स्थित चारपाने चोकमा शनिबार साँझ बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । ती दुई दुर्घटनामा तीन जना घाइते समेत भएका छन् ।शनिबार राति भद्रपुर–४ स्थित झिलिमिली पुलमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र.१–०१–०१३ प ९६०७ नम्बरको मोसाइकल अनियन्त्रित भई पुलको साइडको पिलरमा ठोक्किँदा मोटरसाइकल चालक…