झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २२ पुस । झापाको बिर्तामोड नगरपालिका–२ स्थित चारपाने चोकमा शनिबार साँझ बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र.१–०१–००२ ख ०१४९ यात्रुबाहक बस र सोही दिशातर्फ जाँदै गरेको मे १ प ७२४८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक कनकाई नगरपालिका–८ का ४४ वर्षीय तोयनाथ उप्रेतीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । दुर्घटनाबाट गम्भीर घाइते भएका उप्रेतीलाई उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी हस्पिलट पु¥याउनसाथ चिकित्सकले मृत घोषणा गरेको थियो । तीन जना सवार मोटरसाइकलमा पछाडि…

Read More

अर्जुनधारा, २२ पुस । झापा अर्जुनधारा नगरपालिका–११ का विनोद विश्वकर्मा मलेसिया गएको २० बित्यो । वैदेशिक रोजगारीको शिलशिलामा त्यहाँ गएका उनको अहिलेसम्म अत्तोपत्तो छैन । आर्थिक अवस्था कमजोर भएका उनी २०६० सालमा २२ वर्षको युवा अवस्थामा मलेसिया भासिएका थिए । पारिवारिक अवस्था उकास्ने मूल ध्येयका साथ विदेशिएका उनकी ६६ वर्षीया आमा सुकमाया विश्वकर्माले बताउँदै भनिन् , ‘२२ वर्षको हुँदा मलेशिया गएको थियो । गएको ४ वर्षसम्म सम्पर्कमा नै थियो । त्यहाँदेखि छोरो सम्पर्कमा छैन । मलेसिया गएको २० वर्ष भइसक्यो । छोरो अहिले ४२ वर्षको भयो । कहाँ छ, के गर्दै छ । अहिलेसम्म केहि थाहा पत्तो लागेको छैन ।’…

Read More

नवलपरासी, २२ पुस। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–१ मा बाघको आक्रमणबाट एकै घरका विष्णु पौडेल र मनादेवी पौडेलको यही पुस ९ गते ज्यान गयो । पुस ४ गते कावासोती–१ मा गैँडाको आक्रमणबाट पुष्प परियार घाइते भए । पुस १९ गते कावासोती–८ का पतिराम महतो गैँडाको आक्रमणमा परे । यसैगरी गत मङ्सिर १९ गते देवचुली–१० मा गैँडाको आक्रमणबाट भुलमाया विक र छमबहादुर सारू घाइते भए । वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउने र घाइते हुने यी केही पछिल्ला प्रतिनिधि घटना हुन् । जिल्लाको मध्यवर्ती आसपासका बासिन्दालाई आफूले लगाएको बालीसँगै हिजोआज ज्यान जोगाउने चिन्ताले सताउन थालेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती…

Read More

झापा, २२ पुस । झापामा डेढ वर्षको अवधिमा हात्ती आक्रमणबाट १२ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जङ्गलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट उनीहरुको ज्यान गएको हो । डिभिजन वन कार्यालयका अधिकृत ऋषि पराजुलीका अनुसार विसं २०८० को वैशाखदेखि हालसम्म एक गैरनेपालीसहित छजनाको हात्ती आक्रमणमा ज्यान गएको छभने छजना घाइते भएका थिए । यसैगरी, विसं २०७९ मा सातजनाको मृत्यु र आठजना घाइते भएको उनले जानकारी दिए । सोही अवधिमा छ हात्ती मरेको तथ्याङ्क वन कार्यालयमा रहेको छ । गत वर्ष तीन र चालु आर्थिक वर्षमा तीन गरी…

Read More

झापा, २२ पुस । सामाजिक सञ्जाल दर्ता नगरी सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना हुने गरी सरकारले सामाजिक सञ्जाल प्रयोग तथा नियमनसम्बन्धी विधेयक प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मस्यौदा विधेयक नागरिकको राय प्रतिक्रियाका लागि सार्वजनिक गरेको छ। दर्ताबाहेकका अन्य कसुरमा पाँच लाख रुपियाँसम्म जरिबाना र सामाजिक सञ्जाल व्यवस्थापन परिषद्, केन्द्रलगायतका प्रशासनिक निकाय पनि विधेयकले प्रस्ताव गरेको छ । मतियारलाई कसुरदारको आधा सजाय हुने व्यवस्था प्रस्तावित छ । यस्तै वैयक्तिक गोपनीयताको हकमा थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउने र एक पटकभन्दा बढी कसुर गरेमा जरिबाना दोब्बर हुने पनि विधेयकमा प्रस्तावित छ। कसुरका मुद्दाको सुरु क्षेत्राधिकार जिल्ला अदालत…

Read More

झापा, २२ पुस । संयुक्त राष्ट्रसङ्घले मालीमा शान्ति स्थापनाका लागि परिचालन गरेको शान्ति मिसन बन्द गरेको छ । अफ्रिकी मुलुक मालीमा पछिल्लो समय तनावको अवस्था बढ्दै गएको र त्यहाँको सङ्क्रमणकालीन सरकारको अपिलपछि संयुक्त राष्ट्रसङ्घले शान्ति मिसन बन्द गरेको हो । शान्ति मिसन बन्द भएसँगै त्यहाँ खटिएका नेपालसहित विभिन्न मुलुकका शान्ति सैनिकलाई फिर्ता बोलाइएको छ । मिनुस्मा मिसन नाम दिइएको मालीको शान्ति मिसनमा संयुक्त राष्ट्रसङ्घसहित विश्वका विभिन्न मुलुकका करिब १५ हजारभन्दा बढी शान्ति सैनिक तथा कर्मचारी खटिएका थिए । विद्रोही समूह र सरकार पक्षको लामो तनावपछि सन् २०१३ मा नयाँ सैनिक सरकारको गठन भएसँगै त्यहाँ शान्ति मिसनको अनुमति दिइएको थियो ।…

Read More

भद्रपुर, २२ पुस । गौतम बुद्ध आधारभूत विद्यालयको ६० औ वार्षिकोत्सवमा समाजसेवी दीनबन्धु गोयलले आफ्ना दाजु स्व.ओमप्रकाश गोयलको स्मृतिमा विद्यार्थीलाई जाडोको लागि स्वीटर तथा टोपी प्रदान गर्नुभएको छ। भद्रपुर नगरपालिका वडा नम्बर–५ मा रहेको कक्षा एकदेखि पाँच कक्षासम्म पढाइ हुने विद्यालयमा शनिबार आयोजित सो कार्यक्रममा नगरप्रमुख गणेश पोखरेल प्रमुख अतिथि हुनुहुन्थ्यो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आरती पन्तको सभापतित्वमा भएको कार्यक्रममा दाता दीनबन्धुको तर्फबाट उहाँका प्रतिनिधि सजल कुण्डले विद्यालयका १ सय जना छात्रछात्रालाई स्वीटर र टोपी प्रदान गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक शोभा गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको सोही कार्यक्रममा स्व.ओमप्रकाश गोयलको स्मृतिमा गोयलद्वारा स्थापित अक्षय कोषबाट प्रत्येक बर्ष प्रदान…

Read More

कनकाई, २१ पुस । झापाको कनकाई नगरपालिकाका जनप्रतिनिधिहरुले जनताका हरेक समस्यामा सधैं एकजुट हुने प्रतिवद्धता जनाएका छन् । समृद्धिको यात्रामा अघि बढ्दै गरेको कनकाई नगरपालिकाको विरुद्धमा आउने सबै किसिमका समस्यामा सधैं एकजुट हुने जनप्रतिनिधिहरुले प्रतिवद्धता जनाएका हुन् । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा सुक्रबार भएको १५औंं नगर सभामा उपप्रमुख आशा शिवाकोटीले स्वागत मन्तव्य राखेकी थिइन् । यसै अवसरमा ९वटै वडाका वडाअध्यक्षहरु क्रमशः सुशिलकुमार पोखरेल, बलराम राई(प्रताप), युवराज चम्लागाईँ, रोशन सुवेदी, नगर प्रवक्ता समेत रहेका कृष्णवहादुर राई, दिर्घवहादुर थापा, भिष्म सिटौला, लीलाबहादुर कटुवाल, राजेन्द्र उप्रेतीले क्रमैसँगले आ—आफ्नो धारणा राखेका थिए । हिउँदे अधिवेशनका रुपमा हेर्न सकिने नगर सभामा नगरपालिकामा रहेका…

Read More

भद्रपुर, २१ पुस । झापाको विभिन्न स्थानमा बेवारिसे अवस्थामा फेला परेको सवारी साधन मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ । जिल्लाका विभिन्न स्थानमा फेला परेको एउटा बुलेरो पिकअप र छ वटा मोटरसाइकल मेची भन्सार बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सवारी साधन लिन आउन सम्बन्धित धनीलाई पटक–पटक सूचना गर्दा पनि कोही नआएकाले भन्सार दाखिला गरिएको हो । दाखिला गरिएका ती सवारी साधनको मूल्य रू १९ लाख मूल्यांकन गरिएको छ । प्रहरीले पुस १५ गते बेलुका दमक नगरपालिका–४ मा गस्ती गर्दै जाने क्रममा महेन्द्र राजमार्गको दक्षिण किनारमा शंकास्पद अवस्थामा मे. १ च २१७५ उल्लेख भएको सेतो रङको बुलेरो करिब…

Read More

शिवसताक्षी, २१ पुस । शिवसताक्षी नगरपालिकाका स्थित दूधे आयुर्वेद औषधालयले स्तनपायी सुत्केरी आमाहरुलाई मातृशिशु सुरक्षार्थ दुग्धबर्धक जडिबुटी जन्य औषधि वितरण औषधि वितरण छ । आयुर्वेद औषधालयले आज स्तनपायी आमा तथा शिशुको स्वास्थ्य पवद्र्धन कार्यक्रम अन्तर्गत शिवसताक्षी नगरपालिका वडा नं. ११ को कार्यालयमा एक कार्यक्रम गरी २ सय जना सुत्केरी महिलाहशरुलाई औषधी वितरण गरेको हो । उनीहरुलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर र वडाध्यक्ष बहादुर आङ्गबोले औषधि वितरण गरेका हुन् । औषधि वितरण कार्यक्रममा बोल्दै उपप्रमुख कार्कीले आमा र बच्चाको स्वास्थ्य सुधारको लागि जरिबुटी जन्य औषधी अति उपयोगी हुने बताउदै सहि तरिकाले सेवन गर्न सुझाव दिइन् ।…

Read More