झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २ माघ । नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघको विर्तामोडमा १० वटै वडामा वडा समिति गठनका लागि संयोजक एवं सल्लाहकार सदस्य चयन गरिएको छ । नेपाली कांग्रेस विर्तामोड नगर समितिको संयोजनमा जिल्ला पार्टी कार्यालयमा सम्पन्न भेलाले वडा समिति गठनका लागि पार्टीका वडा सभापतिलाई संयोजक चयन गर्दै सल्लाहकार सदस्य चयन गरेको हो । जसअनुसार वडा नं १ मा पार्टीका वडा सभापति रघुनाथ सापकोटालाई संयोजक चयन गरिएको छ भने याम भुजेल सल्लाहकार रहनुभएको छ ।यसैगरी वडा नं २ मा देवीप्रसाद खरेल संयोजक, तेजबहादुर सुब्बा सल्लाहकार, यसैगरी वडा नं ३ मा प्रेमप्रसाद उप्रेती संयोजक एवं रामकुमार राजवंशी र कुमार कन्दङ्वा सल्लाहकार, वडा नं…

Read More

बिर्तामोड, २ माघ । दि लिटल प्रिन्स एण्ड प्रिन्सेस २०२३ को उपाधि सिनियरतर्फ जियाना भट्टराई र दिवाकर ओलीले उचालेका छन् । जुनियरतर्फ साम्याङ सुहाङ र निराजन बस्नेतले उचाले भने प्रि–जुनियरमा प्रिन्सेसतर्फ साम्राज्ञी श्रेष्ठ र प्रिन्सतर्फ स्वराज यादव विजेता बनेका छन् । ग्ल्यामरस नेपाल इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगितामा फर्स्ट रनरअपमा सिनियरतर्फ निविदिता खड्का, विराज आचार्य, सेकेन्ड रनरअपमा सम्झना राजवंशी र प्रसिद्ध कोइराला विजेता बनेका थिए । जुनियरतर्फ फर्स्ट रनरअप सुप्रिया श्रेष्ठ र रेजुन दाहाल, सेकेन्ड रनरअप निजु पौडेल–श्रेयासी भट्टराई र प्रिन्सतर्फ रिहान मोहोलीरसार्थक विमली बनेका छन् । प्रि–जुनियरतर्फ फर्स्ट रनरअप विलभानी भट्टराई र सहर्ष बाँस्कोटा, सेकेन्ड रनरअप सान्भी अग्रवाल र प्रयास…

Read More

झापा, २ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। सोमबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको हो। हिजो बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गरेको निगमले जनाएको छ।

Read More

झापा, २ माघ । नेपालले रुसलाई तीनपटक कूटनीतिक नोट पठाउँदा पनि नेपालीको शव पठाउन इन्कार गरेको छ । रुसी सेनामा भर्ती भई १० जना नेपालीको मृत्यु भएपछि परराष्ट्र मन्त्रालयमार्फत हालसम्म तीनपटक कूटनीतिक नोट पठाइसकेको छ । ‘हामीले पटक पटक नेपालीको शव पठाउन अनुरोध गयौं तर रुसले हाम्रो कुरालाई गम्भीर रूपमा लिएन’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘तीनपटक त कूटनीतिक नोट नै पठाइसक्यौं तर कुनै जवाफ आएको छैन ।’ एकपटक मस्कोस्थित नेपाली दूतावासमार्फत रुसी विदेश मन्त्रालय र दुईपटक काठमाडौंमा रहेको रुसी दूतावासमार्फत नेपालले कूटनीतिक असन्तुष्टि जनाएको हो । यता पीडित परिवारले सरकारसँग आफ्नो सन्तानको सद्गत गर्न शव पठाउन नसके अस्तु भए…

Read More

शिवसताक्षी, २७ पुस । इलाका प्रहरी कार्यालय झिलझिलेमा निर्माण भएको नव निर्मित भवनको उद्घाटन गरिएको छ। शिवसताक्षी नगरपालिका र स्थानीय दाताहरुको सहयोगमा निर्माण भएको २ कोठे जुनियर प्रहरी अधिकृत आवास भवनको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । भवनको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, झापा जिल्ला प्रहरी प्रमुख दुर्गाराज रेग्मीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । भवन निर्माण समितिले उक्त भवन इलाका प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको हो । स्थानीय दाताहरुबाट सहयोर्गा १६ लाखमा उक्त भवन निर्माण गरिएको निर्माण समितिका संयोजक सन्तोष थोप्राले जानकारी दिए । उनले भवन निर्माणका लागि शिवसताक्षी नगरपालिकाबाट ६ लाख र स्थानीय समाजसेवी…

Read More

झापा, २७ पुस । सरकारले ‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेश निकायस्तर कृषि पदाधिकारी र सरोकारवालासँग छलफल गरी ‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गर्ने तयारी गर्ने भएको हो । २४ पुस मंगलबार ‘सङ्घ, प्रदेश र स्थानीय तह (समन्वयन तथा अन्तरसम्बन्ध) ऐन २०७७’ को व्यवस्था अनुसारको विषयगत समितिको बैठकमा सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने छलफल भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा र कृषि क्षेत्रमा लगानी दशकको घोषणा गर्ने तयारीबारे प्रदेश सरकारका कृषि मन्त्री र सचिवहरूसँग छलफल गरेको थियो । मुलुकभर अमिलो जातको फलफूल ४८…

Read More

झापा, २७ पुस । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पत्नी वियोगकाे शाेक परेको छ । मन्त्री म्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको ५८ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ । लामो समय देखि लिभर क्यान्सरको उपचार गराइरहेकी लिम्बुको घरैमा निधन भएको हो । शुक्रवार बिहान १० बजे स्थानीय लेटाङ ६ को गुवाबारीमा रहेको दाहसंस्कार स्थलमा परम्परा अनुसार अन्त्येष्टि गरिने नेपाली काँग्रेसका क्षेत्रीय सभापति शंकर राईले जानकारी दिए । लिम्बुको १ छोरी र १ छोरा रहेका छन् । मन्त्री लिम्बुकी सासुआमाको गत बर्ष निधन भएको थियो । केही महिना अघि आफ्नी आमाको समेत निधन भएको थियो ।

Read More

कनकाई, २७ पुस । आज पुस २७ गते अर्थात् पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको सम्झना गरिँदैछ यो दिवस मनाईदैछ। तत्कालीन बाइसे–चौबीसे राज्यलाई समेटी एकीकृत नेपाल निर्माण गरेको श्रेय उहाँलाई छ। गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा १७७९ पुस २७ गते पृथ्वीनारायणको जन्म भएको थियो। टुक्रे राज्यलाई समेट्ने क्रममा १८२५ मा इन्द्रजात्राका दिन आक्रमण गरी उनको फौजले काठमाडौंमाथि विजय प्राप्त गरेको थियो। यसैबीच झापाको कनकाई नगरपालिकाले पनि आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस भब्य रुपमा मनाएको छ। गत वर्ष मात्रै पुर्व पश्चिम राजमार्ग अन्तर्गत नगरपालिका प्रवेश द्वारमा निर्माण गरिएको पृथ्वीनारायण शाहको…

Read More

शिवसताक्षी, २६ पुस । शिवसताक्षी नगरपालिका वडा नं. ८ ले वडाका किसानलाई कृषि सामाग्री र घरको सदस्य मृत्यु भएका विपन्न परिवारलाई राहत वितरण गरेको छ । वडाले एक कार्यक्रम गर्दै वडाका २६ जना किसानलाई मकै रोप्ने मेसिन र २६ जना किसानलाई स्प्रे ट्याकी र १७ विपन्न परिवारलाई मृत्यु राहत वितरण गरिएको वडा सचिव पुष्पलाल पाण्डेले जानकारी दिए । वडाका १७ विपन्न परिवारलाई नगद ५ हजारका दरले राहत वितरण गरिएको हो । उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा र वडाध्यक्ष सन्त फेउदिनले वितरण गरेका थिए । सामाग्री वितरणका क्रममा बोल्दै नगरप्रमुख थोप्राले वडाले किसान लक्षित कार्यक्रम गरेर यहँका कृषक पेशालाई मुख्य पेशा अबलम्न…

Read More

शिवसताक्षी, २६ पुस । झापाको शिवसताक्षीमा पाठ्यक्रम प्रबोधीकरण तथा विषयगत शिक्षक तालिम सञ्चालन भएको छ । नगरका सामुदायिक विद्यालयका शिक्षकहरुलाई शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विषय विज्ञ सहजकर्ताद्वारा प्रबोधीकरण गराइएको हो । शिवसताक्षीको दुधेमा सञ्चालित तीन दिवसीय तालिमको आज समापन गरिएको शिवसताक्षी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । नगरका कक्षा ४ देखि १० सम्म अध्यापन गराउने सामाजिक, नेपाली, अङ्ग्रेजी र गणित र विज्ञान विषयको शिक्षकहरुलाई प्रबोधिकरण गराइएको हो । तालिममा कक्षा ४ र ५ का १, ६ ७ र ८ बाट १ र ९ र १० बाट ४ गरेर १०५ शिक्षक शिक्षिकालाई चार समूहमा विभाजन गरी…

Read More