
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ४ माघ । झापाका तीन वटा स्थानीय तह नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि छनौट भएका छन् । छनौटमा परेका पालिकाहरुमा कमल, कचनकवल र झापा गाउँपालिका रहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यक्रमका लागि छनौट गरेका १०४ वटा पालिका मध्ये झापाका तीनवटा पालिका समावेश भएका हुन् । छनौट भएका स्थानीय तहहरूमा कार्यक्रम सञ्चालनका लागि एकमुष्ट रूपमा ८८ करोड ५० लाख रुपैयाँ पठाइएको मन्त्रालयको स्रोत परिचालन समन्वय शाखाका शाखा अधिकृत नमराज सापकोटाले जानकारी दिए । नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि–२०८० बमोजिम आर्थिक वर्ष २०८०÷०८१को कार्यक्रम सञ्चालनका लागि आवेदन दिने स्थानीय तहहरूमध्ये तोकिएको योग्यता…
बुधबारे, ४ माघ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विशेष योजना शुरु गरेको छ । सामुदायिक विद्यालयका कमजोर विद्यार्थीका लागि टोलटोलमा क्लोज क्याम्प शुरू गरेको हो । क्लोज क्याम्प वडाका विभिन्न नौ ठाउँमा हुने छन् । वडाको नमूना आधारभूत विद्यालयले क्लोज क्याम्प मंगलबारबाट शुरू गरेको छ भने बाँकी दुई सामुदायिक विद्यालयले क्याम्प सञ्चालनको तयारी गरेका छन् । क्लोज क्याम्पका लागि वडाका तीन वटै विद्यालयलाई वडाले बजेट विनियोजन गरेको छ । क्याम्प कम्तीमा दुई महिना सञ्चालन हुने वडाध्यक्ष अनिल वाग्लेले बताए । अंग्रेजी, गणित र विज्ञान विषयमा कमजोर देखिएका आधारभूत तहका विद्यार्थीलाई क्याम्पमा राखेर…
झापा, ४ माघ । नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारी र सदस्यमा दुई पटकभन्दा बढी बस्न नपाउने बाध्यकारी व्यवस्थासहितको विधान मसौदा तयार पारेको छ । १७ भाग, ७० धारा र ४२ पृष्ठ लामो विधानको मसौदालाई आगामी फागुन १ देखि ३ सम्म हुने सम्मेलनमा पेस गरेर पारित गर्ने तयारी छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डलाई बुझाइएको विधान मसौदा–२०८० मा विधान २०७८ मा रहेका केही व्यवस्था फेरबदल गरिएको छ । केन्द्रीय समितिको आकार २ सय ९९ बाट १५० मा झारिएको छ। यसैगरी भेट्रान कम्युनिस्ट मञ्च बनाउने प्रस्ताव छ। २०७८ मा यो व्यवस्था थिएन । यसैगरी, केन्द्रीय कार्यालयमा कोषाध्यक्ष थप गरिएको छ। २०७८…
झापा, ४ माघ । आज पनि देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विगत केही दिनदेखि देशका पहाडी क्षेत्रका कतिपय ठाउँमा हल्का वर्षा भइरहेको छ। यतिबेला देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बिहीबार बिहान तराई मधेशका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। हुस्सु र कुहिरोको कारण आज तराई मधेशको दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुनसक्ने असरबाट जोगिन पनि महाशाखाले सबैलाई अनुरोध…
झापा, ४ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले घुससहित वडाध्यक्षलाई पक्राउ गरेको छ । बनेपा नगरपालिका–९ का अध्यक्ष नृपेश बादेलाई घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख घुस लिएको आरोपमा आयोगको टोलीले पक्राउ गरेको हो । आरोपी अध्यक्षसँगै आएका बा ७ च १२९ नम्बरका कार चालक बाह्रबिसे घर भई भक्तपुरको दुवाकोट बस्दै आएका पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
झापा, ४ माघ । सवारीसाधन चुस्तदुरुस्त छ छैन भनेर परीक्षण गर्न नेपालभरमै एउटा मात्रै मेसिन छ । त्यो पनि एक दशकदेखि प्रयोगविहीन छ । कार्यविधि नहुँदा र अनिवार्य प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था नहुँदा सवारीसाधन परीक्षण गर्ने ‘भेहिकल फिटनेस टेस्ट लेन’ प्रयोगविहीन भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतकै काठमाडौँको टेकुस्थित सवारी परीक्षण कार्यालयमा मात्रै भेहिकल फिटनेस टेस्ट लेन छ । कार्यालय प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर मणिराम भुसालका अनुसार २०७८ सम्म भेहिकल फिटनेस टेस्ट लेन बिग्रिएर थन्किएको थियो । उनले भने “भेहिकल फिटनेस टेस्ट लेन त्यस्तो मेसिन हो, जसले कुनै पनि सवारीसाधनको परीक्षण गर्दा सवारीको अवस्था कस्तो छ भन्ने प्रस्ट खुल्छ । यसबाट राम्ररी…
झापा, ४ माघ । झापाकी सानी माया नेपाली (नाम परिवर्तन) लाई मानव तस्करले आकर्षक रोजगारीको प्रलोभन देखाएर गैरकानुनी बाटोबाट भारतको नयाँ दिल्ली हुँदै ओमान पु९याएर एक ओमानी नागरिकको घरमा बिक्री गरे । करिव एक वर्षअघि त्यहाँ पुगेकी उनलाई हरेक दिन घर मालिकले शारीरिक तथा मानसिक यातना दिन थाले । आफूलाई ओमानको बर्खर भन्ने ठाउँमा बन्दी बनाएर राखेको भन्दै उनले तत्काल उद्धार गरी नेपाल फर्काउन अनुरोध गरेकी छन् । ‘म यहाँ आएको एक वर्ष भयो, मलाई बन्दी बनाएर राखिएको छ, मेरो राहदानी त राख्यो राख्यो, मेरो नेपालको नागरिकता र नेपालको बैंक एकाउन्ट नम्बर पनि खोसेर राखेको छ, मैले एजेन्टलाई पनि मेरो…
झापा, ३ माघ । मुख्यमन्त्री केदार कार्कीले गैर आवासीय नेपाली संघलाई नेताहरूलाई चन्दा दिएर मगन्ते नबनाइदिन आग्रह गरेका छन् । गैर आवासीय महासंघद्वारा बुधबार आयाेजित प्रदेश सरकारलाई रगत संकलन माेवाइल बस हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले संघले नेताहरूलाई चन्दा दिने काम तत्काल बन्द गरिदिन आग्रह गरेका हुन् । ´गैर आवासीय नेपाली संघले प्रविधि र सीप दिने हाे, नेतालाई चन्दा दिएर मगन्ते बनाउने हाेइन,उनले भने, ´चन्दा दिएर नेता र देश बिगार्नु भन्दा देशकाे अर्थतन्त्र मजबुत बनाउन उद्याेग लगाउनु आवश्यक छ । अहिले विदेशमा गएर श्रम गर्न जानेहरूलाई नयाँ पार्टी र पूराना पार्टीका नयाँ नेताहरूले एयरपाेर्टमा फाेटाे खिचेर अपमान गर्छन् तर उनीहरूसँग नै…
ताप्लेजुङ, ३ माघ । ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम रु ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए । उनका अनुसार पुसमा मात्र कूल रु ३५ लाख २९ हजार भेटी रकम सङ्कलन भएको हो । पुसमा भक्तजनले पाथीभरा देवीका नाममा चढाएको र दान गरेको भेटी रकम सङ्कलन गरी सार्वजनिक गरिएको समितिले जनाएको छ । सङ्कलित यो रकम नेपाल बैङ्क लिमिटेड, सानिमा बैङ्क र एनएमबी बैङ्कमा रहेको समितिको खातामा जम्मा गरिएको पनि…
झापा, ३ पुस । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले पदभार ग्रहण गर्नु भएको छ । गृह मन्त्रालयको गत पुस २४ गतेको निर्णय अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल, काठमाडौंबाट कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा सरुवा भई हाजिर हुनु भएका प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले आज कार्यभार सम्हाल्नु भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा पदभार ग्रहण पश्चात वहाँले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई कानूनको परिधिमा रहेर आ–आफ्नो पदीय जिम्वेवारी वहन गरी समाजमा शान्तिसुरक्षा कायम राख्न अहोरात्र खटिई जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न…