झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ३ माघ । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज ज्येष्ठ नागरिकलाई न्यानो कपडा (ब्ल्यांकेट) वितरण गरेको छ । बिर्तामोड–६ स्थित बुट्टाबारीमा आज एक कार्यक्रमका बीच एक सय जना ज्येष्ठ नागरिकलाई संस्थाले मिष्ठान्न भोजन गराएर न्यानो कपडा वितरण गरेको हो । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत जाडोमा उनीहरुलाई न्यानो प्रदान होस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरेको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए । कार्यक्रममा ज्येष्ठ नागरिकलाई ब्ल्यांकेट वितरण गर्दै प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईंले सहकारी सुख दुःखको सारथि भएको बताइन् । उनले हरेक असहज परिस्थितिमा सहकारीले अभिभावकीय भूमिका…

Read More

झापा, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रूण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्ने गरी ऐनमा नै व्यवस्था हुनुपर्ने बताउँदै दीर्घकालीन र तत्कालीन उपाय अपनाएर सहकारीहरूलाई व्यवस्थित बनाउनुपर्ने बताए । प्रधानमन्त्रीले सहकारीको समस्या समाधानका सम्बन्धमा तत्कालीन र दीर्घकालीन ढंगले आवश्यक गृहकार्य गर्न सरोकार मन्त्रालय र निकायलाई निर्देशनसमेत दिए । उनले सहकारीको अनुगमनका लागि प्रभावकारी नियामक निकाय बनाउनुपर्ने विषयमा आफ्नो ध्यान गएको भन्दै सहकारी सम्बन्धी हाल कार्यरत नियामक संस्थाहरूलाई राम्रा,…

Read More

झापा, ३ माघ । लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको सङ्गमस्थल तीनजुरे, मिल्के, जलजले ९टिएमजे० क्षेत्रमा हिउँ परेको छ । गुराँसको राजधानी भनेर परिचित सो पर्यटकीय क्षेत्रमा गत भदौदेखि वर्षा नभएको बताइएको छ । सो क्षेत्रमा मङ्गलबार साँझ वर्षा भएसँगै हिउँ परेको हो । तीनजुरेडाँडा, फेदी, पाथीभरा मन्दिर परिसर, मङ्गलबारे र गुफा पोखरी हिउँले सेताम्ये भएका छन् । गुराँसका जङ्गल र नागीहरू हिउँले ढाकिँदा देखिने मनमोहक दृश्य हेर्न बर्सेनि यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक आउने गर्छन् । यस क्षेत्रबाट मौसम खुलेको समयमा कञ्चनजङ्गा, मकालु र कुम्भकर्ण हिमाल देख्न सकिन्छ भने यी क्षेत्रका पाँचपाखरी, खोपिङ पोखरी, गुफापोखरीमा ती…

Read More

झापा, ३ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराई मधेशका भूभागमा हुस्सु र कुहिरो लागेको छ। बुधबार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका बाँकी भूभागमा पनि आज आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । त्यसैगरी…

Read More

झापा, ३ माघ । सरकारले कृषि उपजको उत्पादनमा अभिवृद्धि गर्दै आत्मनिर्भर बनाउने उद्देश्यका साथ थप कृषि मिटर उपलब्ध गराउने विषयमा छलफल सुरु गरेको छ । सिँचाइका लागि कृषि मिटर जरुरी भएको र किसानको मागअनुसार खेतसम्म ग्रीड विस्तार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन लागिएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आज ऊर्जा मन्त्रालयमा राष्ट्रिय किसान आयोग, नेपाल विद्युत् प्राधिकरणका उच्च नेतृत्वसँग सो विषयमा छलफल गरे । छलफलमा सहज रुपमा कृषि मिटर वितरण गर्ने, ग्रीड विस्तारलाई विशेष प्राथमिकतामा राख्ने र सिँचाइको सहज उपलब्धताका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग मिलेर काम गर्ने सहमति भएको छ । मन्त्री बस्नेतले कृषि…

Read More

झापा, ३ माघ । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको दमक नगरपालिका–८ का ३५ वर्षीय नविन बस्नेतलाई पक्राउ गरेको हो । प्रहरीले शंका लागेर चेकजाँच गर्दा बस्नेतले लगाएको ज्याकेटको गोजीभित्र ब्राउनसुगर २ ग्राम ५०० मिलिग्राम फेला परेको थियो । उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, ३ माघ । विगत २ वर्षदेखि मन्दी र घरजग्गा वर्गीकरणका कारण शिथिल रहेको घरजग्गा कारोबार पुस महिनामा आएर उल्लेख्य वृद्धि भएको छ । पुस महिनामा मात्र १ लाख ३६ हजार ७ सय ७३ वटा घरजग्गासम्बन्धी विविध कार्य हुँदा सरकारलाई एकै महिनामा ३ अर्ब २० करोड ५२ लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पुस महिनामा कुल ४५ हजार २ सय ७७ वटा लिखत पारित भएका छन् । यो गत मंसिर महिनाको भन्दा ८ प्रतिशतबढीले जग्गा खरिद–बिक्री हुनु हो । मंसिरमा घरजग्गा कारोबारबाट २ अर्ब ८६ करोड राजस्व संकलन भएको थियो ।…

Read More

काभ्रेपलाञ्चोक, ३ माघ । लेउमा लागे लडिन्छ, छेउ लागे अडिन्छ । लेउबारेको सामान्य बुुझाइ यस्तै छ । तर लेउको स्वादिलो परिकार पनि बन्छ र त्यो दरबारमा राजा महाराजाको खान्की बन्छ भन्ने कमैलाई थाहा होला । काभ्रेपलाञ्चोक जिल्लाका रोसी खोला, बेथानचोक, ढुङ्खर्क र काठमाडौँको फुल्चोकी पहाड वरिपरि बग्ने ससाना ठाडा खोलामा पाइने लेउ साँच्चिकै स्वादिलो हुने भएकाले दरबार र पाँचतारे होटलसम्म पुग्ने गरेको छ । कात्तिकदेखि फागुनसम्मका पाँच महिनासम्म घाम लाग्ने सफा उच्च प्रवाहमा बग्ने पानीको ढुङ्गामा टाँसिएर रहने सिमाली त्यही लेउ हो । असला माछाको जस्तै स्वाद हुने यो लेउ एक हजार पाँच सयदेखि दुई हजार मिटर उचाइका खोलामा पाइन्छ…

Read More

धुलाबारी, २ माघ । एन–प्याब्सन झापाको आयोजना तथा इस्ट होराइजन माविको संयोजनमा एकदिने मन्टेश्वरी तालिम मंगलबार धुलाबारीमा सम्पन्न भएको छ । साना कक्षाका नानीहरुलाई कसरी असल शिक्षा प्रदान गर्न सकिन्छ भन्ने उदेश्यले तालिम आयोजना गरिएको हो । तालिम धुलाबारीको इस्ट होराइजन माविमा सम्पन्न भएको हो । तालिममा झापाका २५ बढी विद्यालयका गरी ८० जना शिक्षकको सहभागिता रहेको थियो । इस्ट होराइजन माविका शिक्षक विकास ग्वालले तालिम दिएका हुन् । एन–प्याब्सन झापाका अध्यक्ष प्रेम शेर्माको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य इस्ट होराइजन माविका प्रिन्सिपल सन्जिव राईले गरेका थिए । कार्यक्रमको सञ्चालन स्मारिका सामुदायिक अंग्रेजी स्कूल पाडाजुगीका प्रिन्सिपल गुणराज गिरीले…

Read More

मेचीनगर, २ माघ । आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय परिषद अध्यक्षमा रामबहादुर तामाङ (वाईबा) चयन भएका छन् । उनी नेपाल तामाङ घेदुङ मेचीनगर अध्यक्षसमेत हुन् । आदिवासी जनजाति महासंघ मेचीनगरको गत पुस २८ गते काँकरभिट्टामा ५ औं नगर अधिवेशन सम्पन्न भएको थियो । यद्यपि समिति पछि चयन गरिएको हो । महासंघको नगर महिला उपाध्यक्षमा कमला गुरुङ, उपाध्यक्षमा सन्जय मेचे र पदम सुनुवार छन् । यस्तै, सचिवमा कृष्ण बहादुर राई, सहसचिवमा राजकुमार थेवे र लक्ष्मीकान्ता खवास चयन भएका छन् भने कोषाध्यक्षमा ललित बहादुर प्रधान चयन भएका छन् । नगर परिषद समिति १९ सदस्य रहेको नेपाल तामाङ घेदुङ समन्वय समिति झापाका अध्यक्ष…

Read More