
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २५ पुस । चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई आज सजाय तोकिने भएको छ । नाबालिक किशोरीलाई बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका उनलाई आज सजाय तोकिने भएको हो । जिल्ला अदालत काठमाडौँले उनलाई पुस १३ गते किशोरी बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । लामिछानेलाई आज बलात्कार कसुरमा कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्न लागिएको छ । पीडितको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर उनले किशोरीलाई बलात्कार गरेको अदालतको ठहर छ। किशोरीको उमेर भने १८ वर्ष पुगेको अदालतले मानेको छ। त्यसको आधारमा लामिछानेलाई ७ देखि १० वर्षसम्मको कैद हुन सक्ने देखिएको छ। गौशाला २६ नाम दिइएकी ती किशोरीलाई काठमाडौँको सिनामंगलस्थित एक…
झापा, २५ पुस । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज बिहान कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराई मधेशका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार दिउँसो पनि कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहेन छ भने राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ। आज तीन प्रदेशमा मौसम बदली भएपनि कतै वर्षा र हिमपात हुने सम्भावना भने कतै नदेखिएको महाशाखाले जनाएको छ। भोलि पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा…
झापा, २५ पुस । भारतस्थित असमको स्पेसल टास्क फोर्स (एसटीएफ) र करिमगन्ज प्रहरीले मंगलबार ठूलो मात्रामा लागूऔषध बरामद गरेका छन्। यसलाई पछिल्ला वर्षहरूमा सबैभन्दा ठूलो सफलता भनिएको छ। असम प्रहरीका डीआईजीपी (एसटीएफ) पार्थ सारथी महन्ताले संयुक्त अपरेसनमा ५.१ किलो हेरोइन, ६४ हजार याबा ट्याब्लेट बरामद भएको जानकारी दिए । जसको मूल्य १०० करोड भारतीय रुपैयाँ रहेको बीबीसी हिन्दीले जनाएको छ । आसमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले ट्विट गर्दै असम प्रहरी र करिमगन्ज प्रहरीको यस अपरेसनको प्रशंसा गरेका छन् । यस कारबाहीमा चार जनालाई पक्राउ गरिएको मुख्यमन्त्रीले बताएका छन् ।
इलाम, २५ पुस । आफ्नै छोरा १९ वर्षीय जीवन राईको हत्या गरेको अभियोगमा माई नगरपालिका–६ बिहीबारे बस्ने ३६ वर्षीय दिलकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको क्रममा दिल कुमारले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका जीवनको उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी महमाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
फुङ्लिङ, २५ पुस । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा ( मुक्कुमलुङ) क्षेत्रमा राखिएका ‘साइन बोर्ड’ र ‘ब्यानर’ हटाइने भएको छ । वनस्पति तथा प्राकृतिक सुन्दरतामा असर पुगेको जनाउँदै पाथीभरा क्षेत्र विकास समितिले ब्यानर हटाउन आग्रह गरेको हो । यसका लागि समितिले आगामी माघ १५ गतेभित्र पाथीभरा जाने पदर्मागमा राखिएका विभिन्न साइन बोर्ड हटाउन सूचना समेत जारी गरेको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङद्वारा जारी सूचनामा तोकिएको समयसीमाभित्र सामग्री हटाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ । पाथीभरा पदमार्गका विभिन्न ठाउँमा अव्यवस्थितरूपमा र त्यहाँ रहेका वनस्पति तथा रुखमा फलामका काँटी ठोकेर राखिएका साइन बोर्डले प्राकृतिक सौन्दर्यतामा प्रतिकूल असर पु¥याइरहेको सूचनामा उल्लेख छ…
खोटाङ, २५ पुस । खोटाङ जिल्लाबाट यस वर्ष रु ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको आठ सय १० हेक्टर क्षेत्रफल जमिनमा सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएका छ । केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार जिल्लामा यस वर्ष तीन हजार सात सय ३५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यस वर्ष सबैभन्दा बढी जन्तेढुङ्गा गाउँपालिकामा सुन्तला उत्पादन भएको उनले जानकारी दिए । “जिल्लामा अहिले सात सय ४२ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले उत्पादन दिन थालेको छ । गत वर्षको तुलनामा यस वर्ष दश मेट्रिक टन बढी उत्पादन भएको…
झापा, २४ पुस । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तपस्वी रामबहादुर बमजन पक्राउ गरेको छ । उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । आफ्ना अनुयायीहरूमाथि बलात्कार र हिंसा गरेको आरोप लागेका बमजनलाई अदालतमा उपस्थित हुन भन्दै प्रहरीले बाराको निजगढ नगरपालिका १२ रतनपुरीस्थित उनको पुर्खौली घरमा २६ कात्तिक २०७७ मा प्रहरीले सूचना टाँस गरेको थियो । त्यतिखेर वडाध्यक्ष ज्ञानबहादुर गोलेको रोहवरमा उनको स्थायी ठेगाना भएको घरमा सूचना टाँस गरिएको प्रहरीले जनाएको थियो । एक आनीलाई बलात्कार गरेको आरोपमा सर्लाही जिल्ला अदातलमा बमजनविरुद्ध मुद्दा विचाराधीन छ । सोही मुद्दाको आधारमा बमजनविरूद्ध सर्लाही जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको…
बिर्तामोड, २४ पुस । नेकपा एमाले झापाले पार्टी कामको लागि जिम्मेवारी लिएका नेता कार्यकर्ताहरुबाट पछिल्लो कार्यकालमा पदीय जिम्मेवारीमा रहेर हालसम्म आफूले के के काम सम्पादन गरियो भन्ने सन्दर्भमा स्वमूल्याङ्कन कार्य सुरु गरेको छ । दुई दिन पहिले पुस २२ गते झापा निर्वाचन क्षेत्र नं. ३ मा जिल्ला कमिटी सदस्यहरुमाझ उक्त अभियानको प्रारम्भ गरिएको थियो । आज क्षेत्र नं. २ अन्तरगत बसोबास रहेका जिल्ला कमिटी सदस्यहरुको बैठकमाझ स्वमूल्याङ्कन सम्बन्धी अन्तरक्रिया गरिएको हो । जिल्ला सचिव तथा संगठन विभाग प्रमुख शिव ढुङ्गेलले पार्टी जिल्ला कमिटीले निर्धारण गरेको कार्ययोजनामा आधारित रहेर संगठन विभागले १७ वटा प्रश्न तयार गरी पार्टीका जिल्ला नेता र मातहत कमिटीमा…
झापा, २४ पुस । गृह मन्त्रालयले सात वटै प्रदेशका डीआईजी परिवर्तन गरेको छ । सँगै १६ जना डीआईजीहरुको सरुवासमेत भएको छ । कोशी प्रदेशमा चन्द्र कुवेर खापुङ, मधेसमा यज्ञ विनोद पोखरेल, बागमती प्रदेशमा विष्णु कुमार केसी र गण्डकीमा विकाश राज खनाललाई सरुवा गरिएको छ । कुवेर कडायतलाई लुम्बिनी, लालमणी आचार्यलाई कर्णाली र रवीन्द्र केसीलाई सुदूरपश्चिम प्रदेशमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । डीआईजीहरु सुरेन्द्र मैनाली नेपाल प्रहरी शिक्षालय भरतपुर, बुद्धिराज गुरुङ अख्तियार, किरण राणा सीआईबी र राजेश बास्तोला प्रहरी प्रधान कार्यालय स्थित अन्वेषण योजना तथा विकाश निर्देशनालयमा सरुवा भएका छन् ।
झापा, २४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद अम्बर बहादुर विष्ट कोशी प्रदेशसभाको सभामुखमा सर्वसम्मत चयन भएका छन् । कोशी प्रदेशसभाको आज बसेको बैठकबाट उनी सर्वसम्मत चयन भएका हुन् । गत साउन १६ गते सभामुखबाट बाबुराम गौतमले राजीनामा दिएपछि उक्त पद रिक्त बनेको थियो । मंगलबार बिहान बसेको कार्यव्यवस्था समितिको बैठकले आजै सकिने गरी सभामुखको निर्वाचन कार्यक्रम तालिका प्रकाशित गर्ने निर्णय गरेको थियो । प्रदेशसभा बैठकमा विष्टको एकल उम्मेदवारी परेको भन्दै राप्रपा संसदीय दलका नेता तथा प्रस्तावक भक्ति प्रसाद सिटौला र समर्थक प्रेमराज थाम्सुहाङले सभामुखमा निर्वाचित गर्न प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव एकल रहेको भन्दै उपसभामुख…